Published On:Thursday, February 12, 2015
Posted by Durga Acharya
त्रिशूली नदीमा रहेका तुईन हटाई झोलुङ्गे पुल निर्माण गरिने
फागुन१, धादिङ ।
धादिङमा रहेका तुईनहरुलाई हटाई आगामी पाँच वर्षभित्र सबै तुईनहरुमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । त्रिशूली नदीमा रहेका तुइनबाट आवतजावत गर्नेलाई हरेक दिन सास्ती पर्ने भएकाले जिल्ला विकास समितिले सबै तुइन विस्थापित गरेर पुल बनाउन लागेको हो । तुइन प्रयोगबाट हुने गरेका दुर्घटना, जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य बालबालिका र व्यावसायिक तरकारी उत्पादक किसानलाई बजारसम्म तरकारी र्पुयाउन भइरहेको असुविधालगायतका समस्यालाई ध्यानमा राखी तुइन विस्थापन गर्न लागिएको जिल्ला विकास समिति धादिङले जनाएको छ । हाल जीर्ण भइसकेका तुइनहरु विस्थावित गरी त्यस स्थानमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले जानकारी दिए । सलाङ गाविस– ५ स्थित मजुवाटार र बेनिघाट गाविस– ९ स्थित मालिङ्गा जोड्ने तुइन, पीडा गाविसको जरे र कुम्पुर गाविस जोड्ने तुइन, बैरेनी गाविसको बेल्खु र कल्लेरी गाविस जोड्ने तुइन, धुषाको चरौदी र गोरखाको घ्याल्चोक जोड्ने तुइनलाई विस्थापन गरी प्राथमिकताका आधारमा झोलुङ्गे पुल निर्माण गरिने स्थानीय विकास अधिकारी तामाङले बताए । तुइन विस्थापित गर्ने अभियानअन्तर्गत कुम्पुरको खरमटार र गजुरीको विहानी पम्प जोड्ने त्रिशूली नदी माथि झोलुङ्गे पुललगायतका पुललाई प्राथमिकतामा राखेर काम गर्नका लागि यस वर्ष निर्माण गर्ने गरी २२औँ जिल्ला परिषद्ले रु एक करोड २० लाख विनियोजन गरेको छ । पुल निर्माणका लागि स्विस सरकारले ३० लाख रूपैयाँ सहयोग गर्ने जिल्ला विकास समिति धादिङले जनाएको छ ।