Published On:Thursday, February 12, 2015
Posted by dadad

सूचनाको हक सम्बन्धमा जानकारी आवश्यक

१ फागुन, काठमाडौं । पत्रकारका लागि सूचनाको अधिकार विषयक एक दिवशीय तालिममा सूचनाको हक सूचना लिने र दिने दुवैका लागि आवश्यक हुनेमा जोड दिइएको छ ।

अष्ट्रेलियन दूतावासको सहयोगमा विकास सञ्चार समाज नेपालले गरेको तालिममा सहभागीहरूले सूचनाको हक सम्बन्धमा पर्याप्त जानकारी नहुँदा यसको सैद्धान्तिक र व्यबहारिक पक्षबीच अन्यौलता देखिएको बताए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वाँस्कोटाले सूचनाको हक्सम्बन्धी ऐन २०६४  आए पनि हकको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेको बताए ।

मन्त्रालयहरूबाट दिनुपर्ने सूचना समयमा नै प्रबाह गर्नुपर्नेमा जोड दिँदै उहाँले सूचनाको हकले प्रत्येक सर्वसाधारणमा सूचना माग्ने र पाउने अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सामाजिक विकास, बालबालिका, महिला तथा गाउँ घरका सूचनाहरूलाई प्रवाह गर्न सके ती स्थान, व्यक्ति तथा समूदायको विकासलाई उचित प्रोत्साहन मिल्न सक्ने धारणा व्यक्त गरे ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले सूचनाको हक सञ्चारकर्मीका लागि मात्र नभएर सम्पूर्ण सर्वसाधारणका लागि उपयोगी विषय भएको बताए । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दुले तथ्यसहितको विश्वसनीय पत्रकारिताका लागि सूचनाको हक निकै उपयोगी हुने बताए ।

डा. रामकृष्ण तिमल्सिनाले खोजी पत्रकारिताका लागि  सूचनाको हकले महत्वपूर्ण सहयोग पु¥याउने उल्लेख गरे । विकास सञ्चार समाज नेपालका अध्यक्ष डा. पियुस मिश्र, महासचिव प्रकाश घिमिरे, सञ्चारकर्मी विमल गौतम, श्रीराम पौडेल लगायतले सूचनाको हकको सही कार्यान्वयनका लागि सूचना लिने र दिने दुवै पक्षलाई यस सम्बन्धमा धेरै कुराहरूको जानकारी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

0 comments for "सूचनाको हक सम्बन्धमा जानकारी आवश्यक"

Leave a reply

    Popular Posts

    Blog Archive