Published On:Thursday, February 12, 2015
Posted by dadad

फिफा बरियतामा नेपाल छ स्थानमाथि

२९ माघ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरी महिनाको सार्वजनिक गरेको बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १८० औं स्थानमा  पुगेको छ ।

फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनीले १७२९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ भने नेपाल ५५ दशमलव ४ अङ्कका साथ १८० औं स्थानमा आइपुगेकोछ । यसअघि डिसेम्बरमा नेपाल ४९ अङ्कका साथ १८६ औं स्थानमा रहेको थियो ।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको माल्दिभ्स चार स्थान तल झर्दै १३५ औं स्थानमा पुगेको छ ।  यस्तै दुई स्थान तल झरी अफगानिस्तान १ सय ४४ स्थानमा र ८ स्थान माथि उक्लदै बङ्गलादेश १५७ औं स्थानमा पुगेको छ । 

यस्तै भारत १७१ औं स्थास्थानमा कायमै रहँदा पाकिस्तानले आफूलाई १७ स्थान सुधार्दै भारतसँगको बरियतामा बराबरी गरेको छ । श्रीलङ्का १७३ औं स्थानमा रहँदा बरियतामा एक स्थान तल झरेको छ भने २०९ आंै स्थानमा रहेर भुटान विश्वमै सबैभन्दा पुछारमा रहेको छ । 

विश्व च्याम्पीयन जर्मनी शीर्ष स्थानमा कायमै रहँदा क्रमशः अर्जेन्टिना, कोलम्बिया, बेल्जियम, नेदरल्यान्ड, ब्राजिल, पोर्चुगल, फ्रान्स, उरुग्वे र स्पेन दोस्रोदेखि दशौं स्थानसम्म रहेका छन् । रासस

0 comments for "फिफा बरियतामा नेपाल छ स्थानमाथि"

Leave a reply

    Popular Posts

    Blog Archive