Published On:Friday, February 13, 2015
Posted by Tekman Shakya

सुचनाको हकका लागि नागरिक अभियानले अनलाईनबाट सुचना दिने

१ फागुन, काठमाडौं । सुचनाको हकका लागि नागरिक अभियानले अनलाईनबाट संविधानसभा र संसद सम्बन्धि सुचना दिने भएको छ ।

अहिले बाहिर आउन नसकेका संविधानसभा र संसदका गतिविधिहरु सबैमा पुर्याउन नसकिएको भन्दै नागरिक अभियानले अनलाईन संस्करण सार्वजनिक गरेको हो । राजधानीमा एक कार्यक्रम गरी अभियानले ‘पार्लिमेन्ट वाच डटओआरजी डटकमा’ अनलाईन संचालनमा ल्याएको हो ।

संविधानसभा र संसदका गतिविधि र तथ्य सुचनाहरु जनतासम्म पुग्न निक्कै गाहे भएकाले अनलाईन संचालनमा ल्याईएको अभियानका शुशिल पन्तले बताए । अनलाईनमा संविधानसभा तथा संसदका गतिविधिहरु, संविधानसभाका सदस्यहरुको चिनारी, संसद सम्बन्धि विचार र जनमतलाई विशेष प्राथमिकता दिईएको छ ।

कार्यक्रममासंसदीय पत्रकारिता गर्ने पत्रकारहरुले संविधानसभा र संसदबाट आअश्यक सामग्रीहरु उपलब्ध गराउन नसकिरहेको समयमा यसले थप टेवा पुर्याउने विश्वास गरे । पारदर्शीताको व्यापक अभियानलाई पनि नागरिक अभियानले अघि बढाईरहेको अभियानका पन्तले जानकारी दिए ।

0 comments for "सुचनाको हकका लागि नागरिक अभियानले अनलाईनबाट सुचना दिने"

Leave a reply

    Popular Posts

    Blog Archive