Published On:Saturday, January 3, 2015
Posted by Tekman Shakya
कसको आडमा ल्याए नेम्वाङले डरलाग्दो प्रस्ताव ?
पुस २०, काठमाडौं – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले मस्यौदा लेखनको विशेषाधिकार आफैंलाई दिन प्रस्ताव राख्दा मस्यौदा समितिका सभापति एवं कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला छक्क परे । पार्टी नेतृत्वको समेत सल्लाहमा कुरा उठाएको ठान्दै तत्काल सीधा प्रतिवाद गरेनन् ।
पछि उनले पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई सोधे । उनले आफूसँग सल्लाह नभएको जवाफ दिए । त्यसमा कोइरालाको भनाइ थियो,प्रक्रिया अगाडि बढाउनुहोस् भन्ने मात्रै मेरो भनाइ हो । मस्यौदा लेख्न विशेषधिका दिने विषयमा छलफल भएको छैन ।’
त्यसपछि उनी चुप बसेनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यही जिज्ञासा राखे । उनले पनि छलफल नभएको जवाफ फर्काए । ‘कसको आडमा नेम्वाङले यस्तो विकल्प ल्याए होलान् ?’ सिटौलाले भने,‘यो रहस्यपूर्ण छ,दलहरुबीच सहमति हुन नदिने र संविधानसभा नियमावलीको प्रक्रिया अघि बढन नदिने ग्राण्ड डिजाइन नै सुरु भएको छ । यसलाई चिरेर अघि बढ्न सकिएन भने ठूलै दुर्भाग्य हुनेछ ।’
संविधान र नियमावलीले सभाध्यक्षलाई तटस्थ भूमिका दिएकाले दलहरुका परस्परविरोधी अडानबीच मस्यौदा निर्माणको जिम्मेवारी लिएर गतिरोध तोड्न खोजेको नेम्वाङले तर्क गर्दै आएका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ ।