Published On:Saturday, January 3, 2015
Posted by Tekman Shakya
चुम्बनका फाईदै फाईदा
चुम्बन प्रेमको अभिव्यक्ति हो भन्ने धेरैलाई थाहा छ । यसले मानसिक फाइदा त दिन्छ नै, शारीरिक फाइदा पनि उत्तिकै दिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
एक अध्ययनले चुम्बनबाट महिलाको रोग प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने प्रमाणित गरेको छ । चुम्बनका फाइदाबारे नयाँ पत्रिका दैनिक लेख्छ–
तनाव कम गर्छ
चुम्बन गर्दा शरीरमा अक्सटोसिन हर्मोन पैदा हुन्छ । जुन शरीरलाई तनावमुक्त राख्न सघाउने प्राकृतिक हर्मोन हो । यसले एन्डोरफिन्सको स्तर पनि बढाउँछ, जसले मानिसलाई रोमान्टिक बनाउँछ ।
दाँत स्वस्थ्य बनाउँछ
चुम्बनले दाँत स्वस्थ राख्न पनि सघाउँछ । चुम्बन गर्दा साल्भिया नामक तत्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने ब्याक्टेरिया हटाउँछ ।
क्यालोरी कम गर्छ
क्यालोरी कम गर्न पनि चुम्बन सहयोगी साबित भएको विभिन्न अध्ययनले प्रमाणित गरेका छन् । एक मिनेटसम्म चुम्बन गर्दा दुईदेखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।
अनुहारको मांसपेशी मजबुत बनाउँछ
चुम्बनले अनुहारको मांसपेशीको व्यायाम हुन्छ । चुम्बन गर्दा अनुहारको ३० प्रतिशत मांसपेशीको प्रयोग हुन्छ, यसले गालालाई सही आकारमा राख्न सघाउ पुर्याउँछ ।
दुखाइ बिर्साउँछ
शरीरमा हुने सामान्य पीडालाई चुम्बनले कम गरिदिन्छ ।
एलर्जी हटाउँछ
चुम्बनले रगतमा एलजिई एन्टिबडिजको स्तर कम गर्छ । यसले एन्टिबडिज हिस्टामाइन निकाल्छ । यो हर्मोन हाछ्युँ र आँखाबाट पानी आउनेजस्ता समस्याको कारक हो । चुम्बनले यसलाई हटाउन सहयोग गर्छ ।
मुटुलाई फाइदा
चुम्बनले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्छ । चुम्बनले तनावमुक्त गर्छ र सम्बन्धलाई सन्तोषजनक बनाउँछ । यसको प्रभाव मुटुमा पर्छ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।