Published On:Friday, January 16, 2015
Posted by Unknown
मननपरेको भन्दै बुवाले जिउँदै गाडे आफ्नी १० वर्षीया छोरी

प्राप्त जानकारीका अनुसार हसनले श्रीमती बाहिर गएको मौका छोपेर छोरीलाई गाड्नका लागि घरपछाडि ठूलो खाल्डो खनेका थिए ।
छोरीको हात बाँधेर उनको मुखमा कपडा बाँधेर उनले छोरीलाई उक्त खाल्डोमा हालेर पुर्दै थिए । त्यहि समयमा श्रीमती आइपुगेको थाहा पाएर उनले हतार हतार एउटा ठूलो भाँडोले छोरीको टाउको छोपिदिएका थिए ।
आफ्नो श्रीमान् निकै आत्तिएको देखेर उनले शंका गर्दै घरको सबै खोजतलास गर्न थालिन् । घरपछाडि छोरीलाई गाडिएको अवस्थामा देखेर उनले कराउन सुरु गरिन् । उनको आवाजले उनका छिमेकीहरु एकै ठाउँमा जम्मा भए र घटनाको जानकारी पुलिसलाई दिए । उनीबिरुद्ध मुद्दा दर्ता भएको छ ।