Published On:Friday, January 16, 2015
Posted by Unknown

‘नाई नभन्नु ल-३’ को शीर्ष गीत सार्वजनिक


तेस्रो सिरिज बनाउने पहिलो सिनेमा बनेको ‘नाई नभन्नु ल’ को तेस्रो सिरिज ‘नाई नभन्नु ल-३’ले आफ्नो शीर्ष गीत सार्वजनिक गरेको छ। गायक शिशिर योगीका छोरा संयोग योगी, राजेश पायल राई तथा रजिना रिमालले यस गीतमा स्वर दिएका छन। यसमा शब्द तथा संगीत वसन्त सापकोटाको रहेको छ।
मुस्कान ढकाल निर्देशित यस सिनेमालाई विकास आचार्यले लेखेका हुन। यस अघिका दुई सिरिजलाई विकासले नै निर्देशन गरेका थिए। २०७० सालमा रिलिज भएको ‘नाई नभन्नू ल- २’ सो वर्ष सर्वाधिक व्यापार गर्ने सिनेमा बनेको थियो।
‘नाई नभन्नू ल-३’मा सुरज सिंह ठकुरी, संचिता लुईटेल, प्रियंका कार्की,आर्यन सिग्देल, अनुभव रेग्मी आदिको मुख्य भुमिका रहेको छ। यस सिरिजका सिनेमाहरु आफ्ना लोकप्रिय संगीतका कारण चर्चित रहँदै आएको छ। फिल्म चैत २७ गतेदेखि रिलिज हुँदैछ।

(भिडियो सहित)

https://www.youtube.com/watch?v=xqDN-ltKW3Q

0 comments for "‘नाई नभन्नु ल-३’ को शीर्ष गीत सार्वजनिक"

Leave a reply

    Popular Posts

    Blog Archive