Published On:Friday, January 2, 2015
Posted by Unknown
जिताउने कि सुनिललाई !
यो नेपालीको शान पनि हो । कुरा हो नेपाली फिल्म नगरीमा खलपात्रका रुपमा नम्बर वान सावित सुनिल थापा बलिउड फिल्म फेयर अवार्डमा ‘मेरी कोम’ बाट उत्कृष्ट सहअभिनेता तर्फ मनोनयनमा परेको । जसका लागि उनलाई यो अवार्ड जिताउन अनलाइनबाट भोट गर्नुपर्नेछ ।
थापा बलिउड चलचित्र ‘मेरी कोम’ मा नायिका प्रियंका चोपडाका गुरुका रुपमा देखिएका थिए । पछिल्लो समय सामाजिक सञ्जालबाट उनलाई जिताउन सबैले पहल गरिरहेका छन् । खासगरी भन्ने हो भने उनको अभिनय यात्राको थालनी बलिउड क्षेत्र बाट नै भएको थियो ।
मुम्बईमा राम्रो अवसर पाउँदा पाउँदै पनि नेपालमै केही गर्ने सोच सहित आएका सुनिल थापा एक सफल कलाकारका रुपमा सुपरिचित छन् ।