Published On:Friday, January 2, 2015
Posted by Unknown

नेपाली तारामा ‘तथास्तु’का साथ रेखा !


चलचित्र चल्ने मिति नजिकिदै गर्दा ‘तथास्तु’ निर्माण यूनिट प्रचार प्रसारमा निकै जोड तोडका साथ लागेको छ । यसैबीच चलचित्रमा मुख्य भूमिका निभाएकी अभिनेत्री रेखा थापा नेपाली तारामा देखिएकी छिन् । 



उनी त्यहाँ अतिथि निर्णायक भूमिकामा देखिएकी हुन् । पौष २५ रिलिज फिल्म ‘तथास्तु’ को प्रचार प्रसारका लागि मात्र नभई राम्रो गायन क्षमता भएको एक जनालाई उनले राम्रो अवसर पनि दिने भएकी छिन् । 

रेखा फिल्मस्को ब्यानरमा निर्माण हुन गइरहेको चलचित्र ‘रामप्यारी’ का लागि पाश्र्व गायनमा नेपाली तारको टप थ्रिमा पर्नेले यो अवसर पाउने भएको हो । किन त टप थ्रिलाई अवसर रु पहिलो र दोस्रो स्थानमा आउनेले अवश्य अवसर पाउछ नै तर टप थ्रिका लागि यो अवसर हत्तपत्त नपाउने अवस्था भएकाले गर्दा हो अभिनेत्री रेखा थापाको जवाफ छ । 

सविर श्रेष्ठ निर्देशित चलचित्र ‘तथास्तु’ मा रेखा थापा एक्शन अवतारका रुपमा पर्दामा देखिएकी छिन् । उनका अलवा चलचित्रमा अभिनेता सुवास थापा र किशोर खतिवडाको पनि मुख्य भूमिका रहेको छ । बहुप्रतिक्षित चलचित्रका रुपमा हेरिएको यस चलचित्रले दर्शक हल सम्म कतिको तान्ने हो पौष २५ पछि थाहा हुनेछ । 

0 comments for "नेपाली तारामा ‘तथास्तु’का साथ रेखा !"

Leave a reply

    Popular Posts

    Blog Archive