Published On:Saturday, January 17, 2015
Posted by Unknown
जसले ६ महिनामा आधा सम्पत्ति गुमाए
४ माघ, न्युयोर्क, घटो पेट्रोलियम पदार्थको मूल्यले विकासशील मुलुकलाई राहत पुगेपनि एकजना तेल उत्पादकको सम्पत्ति ६ महिनामै आधा घटेको छ । तेल चुम्बक भनेर चिनिने हारोल्ड हामले घट्दो इन्धनको मूल्यबाट ठूलै धक्का खानुपर्यो । कान्तिपुर दैनिकमा समाचार छ ।
उनको कन्टिनेन्टल रिसोर्सेस इन्क भन्ने कम्पनीको मूल्य गत वर्षको जुनमा १८ दशमलव ५ अर्ब डलर थियो । जुन यस वर्ष जनवरीमा आएर ९ दशमलव ३ अर्ब डलरमा झरेको छ । अमेरिकामा सेल तेलको सुरुवात गर्ने व्यक्तिका रूपमा समेत चिनिने उनी फोर्ब्सको सूचीअनुसार ४८ औं धनी व्यक्ति हुन् । सम्पत्ति घटेर पनि उनी विश्वकै १३२ औं धनी व्यक्ति पनि हुन् ।
उनी यस वर्ष श्रीमतीसँग पनि अलग्गिए । उनले पूर्वपत्नी सुई एन अर्ननलसँगको पारपाचुके पनि एक अर्ब डलर रकम दिनुपर्ने अदालतले फैसला गरेको थियो । जुन अमेरिकी अखबारहरूमा ठूलो समाचारसमेत बनेको थियो । अन्त्यमा ९७ करोड ५० लाख डलर तिरेर उनले पारपाचुके गरेका थिए ।
सम्पत्ति घटे पनि कम्पनीमा हामको ६८ प्रतिशत सेयर छ ।