Published On:Saturday, January 17, 2015
Posted by Unknown

नर्सका नजर पनि विदेशतिरै

४ माघ, काठमाडौ । कुनै समय छोरीहरु नर्स अध्ययन गर्ने भनेपछि आफै हिच्किचाउँथे । अभिभावक पनि छोरीलाई हत्तपत्त नर्स पढाउन मान्दैनथे । नर्सिङलाई ‘विरामीको सुसारे’ ठानिन्थ्यो । समयक्रमसँगै चेतनास्तर फेरिदै गयो । अचेल ‘हटकेक’ भएको छ ।
सामाजिक दृष्टिकोण फेरिएको मात्रै होइन, मानसम्मान पनि मिल्न थालेको नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रर लक्ष्मी राई बताएको कारोबार दैनिकमा खबर छ ।
‘नर्स पढेकी छोरी भए घरमा स्वास्थ्यको हेरविचार पनि हुने सोंच विकास भएको छ,’ उनी भन्छिन्, ‘यही पेसाबाट समाजसेवा पनि हुन्छ, त्यसैले आकर्षण बढेको हो ।’
देशभरका २२९ इन्स्टिच्यूटमा प्रवीणता प्रमाणपत्र तह, बीएन, बीएससी नर्सिङ, एमएन नर्सिङ अध्यापन भइरहेको छ । नेपाल नर्सिङ काउन्सिलका अनुसार यी सबै तहका गरी २८ हजार ३६४ जनाले लाइसेन्स लिएका छन् ।
परीक्षा उत्तीर्ण नगर्नेको संख्या एक् हजार हाराहारीमा हुन सक्ने परिषद्ले जनाएको छ । नेपालमा ७ सय ९५ विदेशी नर्सले काम गरिरहेका छन् । आन्तरिक राजश्व विभागका अनुसार देशभर सरकारी, गैरसरकारी र निजी गरी करिब चार सय अस्पताल सञ्चालनमा छन् ।
नेपालबाट हरेक वर्ष ६ हजार नर्स उत्पादन भए पनि अवसर पाएका कम छन् । निजी अस्पतालले न्युन पारिश्रमिकमा काम लगाउन थालेपछि अधिकांश नर्स विदेश जान थालेका छन् । नेपाल नर्सिङ परिषद्को ०६९ देखि गत वर्ष चेतसम्मको तथ्याङ्क अनुसार ४,७४३ नर्स विदेसिएका छन् ।

0 comments for "नर्सका नजर पनि विदेशतिरै"

Leave a reply

    Popular Posts

    Blog Archive