Published On:Monday, February 16, 2015
Posted by Tekman Shakya

एनआरएन अमेरिकाको सभापति पदमा केशव पौडेलको उमेदवारी


राजु आचार्य ,
न्युयोर्क, १६ फेव्रुवरी । एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि सभापति पदमा डा. केशव पौडेलले  आप्mनो उम्मेद्वारी घोषणा गरेका छन् । न्युयोर्कमा आयोजित एक कार्यक्रममा उनले  आप्mनो उम्मेदवारी घोषणा गरेका हुन् । 

आगामी मे महिनामा हुने एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा उम्मेद्वारी घोषणा गर्दै चिकित्सक पेशामा क्रियाशील पौडेलले अमेरिकामा रहेका नेपालीका हरेक समस्याको समाधानमा हातेमालो गर्दै अघि वढ्ने प्रतिवद्धता जाहेर गरे ।

 प्रवासी नेपालीको समस्या र अमेरिकामा रहेका नेपालीको हीतका विविध विषयमा १५ वुँदे प्रतिवद्धता अघि सार्दै उम्मेद्वारी घोषणासभामा पौडेलले अमेरिकामा रहेका दक्ष र सीपयुक्त जनशक्तिलाई नेपाल र नेपाली समुदायका निम्ति काम गर्ने अवस्था सिर्जना गर्ने, समस्यामा परेका नेपालीलाई सहयोग गर्नका लागि आकस्मिक राहतकोषमा वृद्धि तथा वितरणमा वैज्ञानिक मापदण्ड निर्माण गरिने आप्mना कार्ययोजना प्रस्तुत गरे । 

उनले दोहोरो करको झण्झटवाट नेपालीलाई मुक्ति दिलाउन नेपाल र अमेरिकी सरकारसँग पहल गर्ने तथा नेपालमा साना तथा ठूला पूँजि लगानी गर्न चाहनेलाई मद्दत गर्नेमा आफ्नो ध्यान केन्द्रीत हुने वताए । मेरो उम्मेद्वारी अमेरिकामा रहेका आम नेपाली दाजुभाइ दिदीवहिनीको हीत र उनीहरुको कल्याणमा समर्पित रहनेछ, उनले भने, मैले यस संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाएँ भने तीन महिनामा परिवर्तनको आभाष दिलाउनेछु । 

वृहत्तर एकताः एनआरएनको आवस्यकता भन्दै डा. पौडेलले एक पटकको नेपाली सधैंको नेपाली हुनेगरी आगामी संविधानमा गैर आवासीय नेपालीका लागि विशेष व्यवस्थाका लागि भइरहेका पहललाई अझ सशक्त वनाइने वताए । उनले एनआरएनलाई राजनीतिवाट मुक्त गर्नुपर्नेमा जोड दिए ।  

अमेरिकामा रहेका नेपालीको वास्तविक तथ्यांक सकलन गर्ने, यहाँ व्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गरी उनीहरुलाई तालिम र सीपको विकास गर्ने, वार्षिक कार्ययोजनाको क्यालेण्डर वनाई तीन तीन महिनामा कार्य योजना वनाई प्रगति विवरण सार्वजनिक गर्ने र अमेरिकामा नव आगन्तुक नेपालीलाई सूचना उपलव्ध गराउने र परामर्श केन्द्र स्थापना गर्ने कार्ययोजना पौडेलका छन् ।  

एनआरएन सदस्य विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका पौडेलले करिव साढे दुइ लाख नेपाली रहेको अनुमान गरिएको अमेरिकामा १२ हजार जनाले मात्र एनआरएनको सदस्यता लिनुलाई सकारात्मक मान्न नसकिने वताए । यद्यपी गत निर्वाचनमा करिव चार हजार जनाले मात्र सदस्यता लिएका थिए ।  

आर्थिक पारदर्शीताका विषयमा आलोचना खेपिरहेको एनआरएन अमेरिकाको हिसाव किताव पारदर्शी वनाउनुपर्नेमा जोड दिंदै पौडेलले भने, संस्थाले सवैले हेर्न सक्ने गरी पारदर्शी हिसाव राख्नेछ जुन एउटा प्रजातान्त्रिक संस्थाका लागि जरुरी पनि छ । 

स्कुले जीवनदेखि सामाजिक काममा सक्रिय तनहुँको सतिस्वारा गाविस ९ कलेस्तीमा जन्मेका डा. पौडेलसँग जुनियर रेडक्रस, विद्यार्थी हीतका लागि क्रियाशील संघ संगठन, स्वतन्त्र विद्यार्थी यूनियन तथा प्राविधिक विद्यार्थी संघको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव लगायत विभिन्न संघ  संस्थाको जिम्मेवार पदमा रहेर काम गरेको अनुभव छ । 

त्रिवि शिक्षण अस्पतालमा चिकित्सकका रुपमा सेवा गर्दा वर्षको उत्कृष्ठ मेडिकल अफिसर, अपस्टेट मेडिकल यूनिभर्सिटी न्यूयोर्कको अटेन्डिड अवार्ड तथा लिडरसिप अवार्ड पाएका डा. अध्यक्ष पदका प्रत्यासी डा. पौडेल मल्टीफयोर मेडिकल सेन्टरवाट न्यूयोर्कवाट पोष्ट ग्रयाजुएसन पछि केही समय सुनि अपस्टेट मेडिकल यूनिभर्सिटी कलेजमा प्राध्यापन गरेका उनी हाल अमेरिकाको लभलेस हेल्थ सिस्टमको मेडिकल डाइरेक्टरका रुपमा कार्यरत छन्  । 

0 comments for "एनआरएन अमेरिकाको सभापति पदमा केशव पौडेलको उमेदवारी"

Leave a reply

    Popular Posts

    Blog Archive