Published On:Sunday, February 1, 2015
Posted by Unknown
भारतीय गायकले नेपाली फ्यानलाई दिए गीत उपहार
केही प्रतिष्ठित भारतीय कलाकारले नेपाल र नेपालीप्रति चासो बढाईरहेको बेला चर्चित भारतीय गायक गौरब डगान्करले नेपाली गीत गाएका छन् ।
आत्मामा.. र गलियाजस्ता चर्चित गीतका गायक गौरवले आफ्ना नेपाली प्रशंसकका लागि भन्दै मिक्सअप भिडियो दिएका छन् । दुईवटा गीतको फ्युजन गरिएको यो गीतको भिडियो आफ्नो फेशबुक पेजमासमेत पोष्ट गरेका छन् ।
उनले नेपाली प्रशंसकका लागि दुई गीतको फ्युजन गरी मिक्सअप बनाएको उल्लेख गर्दै भनेका छन् ‘मेरो यो गीत शायद नेपाली दर्शकलाई मन पर्छ होला ।’
भारतको मुम्बईमा जन्मेका गौरब प्राय रक(पप शैलीका गीत गाउँछन् । उनी गायनको अतिरिक्त संगीत कम्पोज, उत्पादन र लेखनमा समेत सक्रिय छन् ।
हिन्दी फिल्म ‘जोक्कर’ मा उनले म्युजिक कम्पोज गरेको आइटम संगले निकै राम्रो चर्चा पाएको थियो । जुन गीतमा सुनिधी चौहानले स्वर दिएकी थिइन् ।
सन् २००८ मा उनको पहिलो एल्बम ‘कलेज डे’ सार्वजनिक भएको थियो । त्यसपछि लीक्वीर फिकर, अब लौट आ र क्वादा हो सार्वजनिक भएको छ ।
उनले केही हिन्दी फिल्ममा पनि संगीत दिएका छन् । लंका, वील यु म्यारी मि, जोक्कर लगायतका फिल्ममा पनि संगीत गरेका छन् उनले ।
