एउटा वास्तविकता—सिकाई भन्दा भोगाई हो शिक्षा

Posted by my storry | Saturday, February 28, 2015 | Posted in ,


बिज्ञानले संसारमा सबै थोकको समाप्ती छ भने पनि रुवाईको समाप्ती रहेनछ । आज मैले आफैबाट यो कुरा सिकें । जति बेला देब्रे हातले क लेख्न सिकें ख उल्टो लेख्थें । राम्ररी ज्ञ सम्म नआउने मेरो निरक्षर ममीले ख लेख्न सिकाउनु भयो । 

डेढ दशक भन्दाबढि समय घोकाई र सिकाईमै बित्यो । तर भोगाई त्यो भन्दा धेरै फरक रहेछ । त्यसैले आज म गर्व साथ भन्दैछु मैले अरुबाट भन्दा आफुबाट धेरै कुरा सिकें । जुन भोगाईले मलाई महशुस गरायो । मैले डेढ दशकभन्दा बढि समय लगाएर कण्ठ पारेका सुत्र र परिभाषा उनान्सय प्रतिशत सम्झना छैनन् । 


सन्तोष देउजा....
जीवनभरलाई पुग्ने गरी रुन पाए म दैलो थुनेर जोड जोडले ग्वा—ग्वाती रुने थें, रोएरै घण्टौ बेहोस हुने थें अनि सधैलाई खुसीहुने थें । तर त्यो हुदो रहेनछ् । बिज्ञानले संसारमा सबै थोकको समाप्ती छ भने पनि रुवाईको समाप्ती रहेनछ । आज मैले आफैबाट यो कुरा सिकें । जति बेला देब्रे हातले क लेख्न सिकें ख उल्टो लेख्थें । राम्ररी ज्ञ सम्म नआउने मेरो निरक्षर ममीले ख लेख्न सिकाउनु भयो । स्कुलमा निरन्जन सरले गणितमा ए प्लस बि को होल स्क्वायरको सुत्र देखि बिष्णु सरले सामाजिक शिक्षामा नेपाली समाजमा कसरी जिउने सम्म सिकाउनु भयो ।
मैले ध्यानदिई दिई सिक्थें । सिकाईमा कहिल्यै दोश्रो हुनु परेन् । डेढ दशकभन्दा बढि अध्ययनको सिकाईले मैले धेरै सुत्रहरु सिकें । गणितका कत्रा–कत्रा समस्याहरु हल गरें होला । बिज्ञानका कयैन् लामा–लामा परिभाषाहरु कण्ठ पारे होला । समाजशास्त्रीहरुको थुर्पै पेज नै भर्ने खालका भनाईहरु याद राखें होला ।
परिक्षा नजिकीदै गर्दा सधै मैले किताब भन्दा बढि डा. योगी बिकाशा नन्दको सुपर लर्निङ्ख पुस्तक पढेर केही सिक्नें प्रयास गर्थे । किनकी त्यहाँ कसरी लामा–लामा परिभाषाहरु चाडै कण्ठ पार्ने जस्ता उपाय लेखिएका हुन्थें । यसरी सिकाईमा म सधै प्रथम भए । मैले हरेक बर्ष मोटा मोटा स्कुलले दिएका उपहारका कपिहरु घरमा ल्याए । अनुहार अबिरले रंगाएर आए । त्यत्ति बेला लाग्थ्यो मैले जीवनमा सफलता प्राप्त गरें ।
तर त्यो सफलता होइन् रहेछ । भन्ने नै हो भने त्यो जीवन नै होईन रहेछ । सिकाईमा सधै प्रथम भए पनि आज भोगाईमा बारम्बार फेल हुदा मैले हिजो सिकेंका र सिकाउने सबैलाई गलत ठान्न थालेको छु ।
निरन्जन सर तपाईले शुल्क तिराएर सिकाउनु भएको ए प्लस बि को होल स्क्वायरको सुत्र मेरो जीवनमा अहिलेसम्म प्रयोग भएन् । बरु कहिले कहीं आशा राम बा पुजीको आध्यत्मिक ज्ञान हरु कहि कतै जीवनमा ठोक्किन पुगें । जुन तपाईले फुर्सदमा सित्तैमा सुनाउनु हुन्थ्यो ।
बिष्णु सर तपाईले गर्नुभएको नेपाली समाजको बयान अहिलेसम्म मेल खाएन् । तर कक्षा दुई पढ्दा कहिले काँही सुनाउनु हुने राम बनवास गएको रामायणको कथा जीवनमा मेल खानपुगें । बिज्ञान र समाजशास्त्रका पन्ना पन्ना भरिने परिभाषाहरु मेरा जीवनमा कहि कत्तै प्रयोग भएनन् । डेढ दशक भन्दाबढि समय घोकाई र सिकाईमै बित्यो । तर भोगाई त्यो भन्दा धेरै फरक रहेछ । त्यसैले आज म गर्व साथ भन्दैछु मैले अरुबाट भन्दा आफुबाट धेरै कुरा सिकें । जुन भोगाईले मलाई महशुस गरायो । मैले डेढ दशकभन्दा बढि समय लगाएर कण्ठ पारेका सुत्र र परिभाषा उनान्सय प्रतिशत सम्झना छैनन् । सम्झना छ त केवल कक्षा आठमा पढ्दा वक्तृत्वकला प्रतियोगितामा जिल्ला प्रथम हुदाको सम्झना छ । किनकी त्यहाँ मैले प्रत्यक्ष आफुलाई महशुस गराएको थिए । त्यही अनुभवले चार जना मान्छेको अगाडी उभिएर बोल्न नसक्ने मलाई आज लाखौंको अगाडी बोल्न सिकायो । पत्रकारिता पढ्दा बुद्धि गौतम सरले समाचारको शिर्षक लेख्न सिकाउदा असाध्यै गाह्रो भयो तर रेडियोमा काम गरेपछि सजिलै जानें । वास्तबमै सिकाई एउटा महशुस रहेछ । सिकेर जुन कुरा महशुस गर्न सकिन्छ त्यो नै एउटा सबोंत्कृष्ट शिक्षा हो । जसले भोलीलाई सहज बनाउन सक्दछ । आज म चाहिरहेको छु अक्षर चिन्न सक्ने भएपछि म मेरो सन्तानलाई ति सुत्र र परिभाषा रट्न बाध्य बनाउने छैन् । अंग्रेजीको ए फर एप्पल, एप्पल मिन्स स्याउ भन्न लगाउने छैन् । एप्पल मिन्स एप्पल पठाउने छु । अनि मात्र उनीहरु अंग्रेजी सिक्ने छन् । र मेरा सपनाको पछलग्गु बनाउने पनि छैन् । उनीहरुको ईच्छाको पछि पछि हुनेछु । म उनीहरुलाई सिकाउने भन्दा महशुस गराउने प्रयासमा हुनेछु । आगोलाई छुदा पोल्छ भनेर सिकाउने छैन्, म आगोमा पोलाएर महशुस गराउने छु । दुईहात र खुट्टा फटफट हल्लाए पछि पानीमा पौडन सकिन्छ भनेर सिकाउने छैन् । म सिधै उनीहरुलाई पोखरीमा धकेलि दिनेछु । एक दुई घुट्टी पानी नखाई उनीहरु पौडन जान्ने छैनन् । महशुस त्यस्तो शक्ति रहेछ जुन जीवनभर सम्झाई रहन्छ । किनकी त्यहाँ सिकाई भन्दा भोगाई थियो । यी सबै पछि म भन्दैछु जीवनमा त्यस्तो शिक्षाहोस् जहाँ सिकाई कम भोगाई ज्यादा होस् । जुन शिक्षा जीवनको अनन्तकाल सम्म रहिरहोस् । उसले आफुलाई कदम–कदम महशुस गरिरहन पाओस् ।
—लेखकको निजि बिचार हुन् ।

एयरबस राेकिएकामा छानबिन समिति

Posted by Unknown | Friday, February 27, 2015 | Posted in , ,


१६ फागुन, काठमाण्डौ,-प्रधानमन्त्री कार्यालयले नेपाल वायु सेवा निगमले तोकिएकै उडान तालिकाका दिन दिल्ली उडान नभरेको विषयलाई गम्भीरतापूर्वक लिई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई छानविन गर्न निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
मुख्य सचिव लिलामणी पौड्यालले बुधबारको उडान किन नभएको हो ? कस्को कमजोरी हो ? सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न निर्देशन दिएका हुन । पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीका अनुसार, मुख्य सचिवको निर्देशन अनुसार, पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
पर्यटन मन्त्रालयका सहसचिव साधुराम सापकोटाको संयोजकत्वमा गठन गरिएको छानविन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । यस समितीमा मन्त्रालयकै प्राविधिक उपसचिव प्रमोद नेपाल सदस्य छन् ।

खराब संगत, प्रेममा धोका र असफलताले कुलतमा

Posted by Unknown | | Posted in , ,

१६ फागुन, पोखरा- विद्यालयबाट घर फर्कंदा पोखरा बैदामका सुदीपले आमा र 'धर्म मामा' लाई बेडरुममा निर्वस्त्र देखे। बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुर्व्‍यवसन रोजे। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
पोखरा हिमाली टोलकी रुचिको आफ्नो रेस्टुरेन्टमा आउने एक ग्राहकसँग प्रेम बस्यो। प्रेमीले मायासँगै अनेक उपहार दिएपछि उनले तनमन सुम्पिदिइन्। प्रेमीले धोका दिएपछि घाइते बनेकी उनले चोट भुल्न लागूपदार्थको सहारा लिइन्।
 
बुटवलकी अञ्जनाले परिवारको विरोध हुँदाहुँदै छिमेकको एक केटासँग भागेर अन्तरजातीय विवाह गरिन्। सुखद संसारको कल्पना बुनेकी उनको जीवनसाथी दुर्व्‍यवसन रहेछ। लोग्नेलाई समाल्न खोज्दा दिनहुँ हुने झगडाले निरास बनेपछि उनी आफैं दुर्व्‍यवसनी बनिन्।
 
नसामा डुबेर आफू र परिवेशलाई बिर्सन खोज्ने यस्ता युवा पोखरामा हजारौं छन्। केहीलाई परिवारको सहयोगमा सुधारका लागि पुनस्र्थापना केन्द्रमा राखिएको छ। धेरैजसो घरपरिवार र समाजमा अपहेलित भएर जीवन बर्बाद पारिरहेका छन्।
 
पोखराका विभिन्न लागूपदार्थ पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेका युवा अनेक पीडा र परिवेशले दुर्व्‍यवसनको कुलतमा फसेको बताउँछन्।
 
 'घरनजिकै काम गर्न बसेको मान्छे ममीलाई दिदी र हामीलाई भान्जा भन्दै आइरहन्थ्यो', पोखराको एक उपचार केन्द्रमा राखिएका २१ वर्षीय सुदीपले भने, 'एक दिन त्यो मान्छे र ममीको नराम्रो काम देखेर मेरो मनमा ठूलो चोट पर्‍यो।
 
त्यसलाई भुल्न लागूपदार्थ खाँदा आफैं बर्बाद भएँ।' चुरोट र रक्सीबाट सुरु भएको कुलत चरेस र ब्राउनसुगरसम्म पुगेको उनले बताए।
 
भर्खर १८ वर्षमा टेकेकी रुचि कसैले माया गरेर नजिक हुन खोज्यो भने रिसले चुर हुन्छिन्। स्वार्थका लागि मानिसले मायाको नाटक गर्ने उनको बुझाइ छ। 'मलाई रिसाएर गाली गरेको मनपर्छ', उनले भनिन्, 'तर माया गरेको देख्दा साह्रै रिस उठ्छ।

मायाको नाटक गरेर मेरो जीवन बर्बाद पारेको म कहिल्यै बिर्सन सक्दिनँ।' नौ महिना उपचार गरेर घर गएको एक सातामै फेरि केन्द्रमै आएकी उनले भनिन्, 'यहाँ बसुन्जेल छाड्न सक्छुजस्तो लाग्छ तर घर पुगेपछि त्यही कुराले झस्काउँछ। कतिखेर मन बदलिन्छ, आफैंलाई थाहा हुँदैन।'
 
साथीहरूको संगत, पारिवारिक झगडा, प्रेममा धोका, असफलता, मनोरञ्जन, कौतूहललगायत कारणले युवकयुवती लागूपदार्थको दुव्र्यसनमा फसेका छन्।
 
धेरैजसो स्कुलमा पढ्दै गर्दा साथीहरूको खराब संगत, प्रेममा धोका र असफलताले कुलतमा लाग्ने गरेको लागूपदार्थविरुद्ध कार्यरत संस्था नौलो घुम्तीले जनाएको छ।
 
'आठ कक्षामा पढ्दादेखि साथीहरूको संगतले चुरोटबाट सुरु भएको कुलत बढ्दै जाँदा ब्राउनसुगरसम्म पुगेको पायौं', संस्थाका प्रशासकीय अधिकृत नारायणप्रसाद पौडेलले भने, 'पछिल्लो समय वैदेशिक रोजगारमा गएका परिवारका सदस्य पनि दुर्व्‍यवसनमा फस्दै गएका छन्।' १० महिलासहित ४० जना क्षमताको यो उपचार केन्द्र प्राय: भरिभराउ हुने उनले बताए।
 
पोखराका सातवटा उपचार केन्द्रमा ८० प्रतिशत १८ देखि ३५ वर्ष उमेरका दुव्यर्सनी छन्। तीमध्ये युवक बढी छन्। आठ वर्षका बालकदेखि ६५ वर्षका वृद्ध पनि उपचार गराउनेमा छन्। केन्द्रहरूले मासिक १२ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन्।
 
लागूपदार्थका दुर्व्‍यवसनी तीन महिना उपचारपछि निको हुने भए पनि धेरैजसो पारिवारिक र सामाजिक अपहेलनाले दुर्व्‍यवसनमा फर्किने गरेको पौडेलले बताए।
 
विद्यार्थी, प्राध्यापक, चिकित्सक, कर्मचारी, औषधि व्यापारी, गाविससचिव र स्वास्थ्यकर्मी पनि लागूपदार्थको कुलतमा फसेको पाइएको छ।
 
'समाजका प्रतिष्ठित पेसाकर्मी र व्यवसायी पनि दुर्व्‍यवसनमा फस्ने क्रम बढ्दो छ', पौडेलले भने, 'डाक्टर, प्राध्यापक र कर्मचारीसमेत उपचारका लागि हामीकहाँ आउन थालेका छन्। महत्त्वाकांक्षा पाल्ने र असफल भएपछि भुल्न उनीहरूले लागूपदार्थ लिएको पाइयो।
 
दुव्र्यसनीहरूले रक्सी, चुरोटदेखि गाँजा, चरेस, ब्राउनसुगर, नाइट्रोसन, नाइट्रोभ्याट, स्टारगन इन्जेक्सन, फेनरागन, नर्फिन, डाइजापामलगायत लागूपदार्थ प्रयोग गरेको पाइएको छ।
 
मुखबाट, सुँघेर र नसाबाट लिने लागूपदार्थका दुर्व्‍यवसन बढेका छन्। नसाबाट लागूपदार्थ लिनेहरूमा छाला, यौनजन्य रोग र एचआईभी संक्रमण देखिएको पौडेलले बताए। दुव्र्यसनीहरू एकान्तमा बस्न, कोठा र ट्वाइलेटमा लामो समय बिताउन रुचाउँछन्।
 
लागूपदार्थ खाने खर्च जुटाउन धेरैजसोले घरमा बढी रकम माग्ने, चोरी गर्ने, ढाँट्ने, छल्ने, घरका सामान बेच्नेलगायत गतिविधि गर्छन्। 'हामी दुवैले ब्राउनसुगर खान थालेपछि खर्च नपुगेर गहना, टीभी र भाँडाकुँडा बेच्यौं', बुटवलकी अञ्जनाले भनिन्, 'सबै सकिएपछि माइतीघरमा मागेर सताउन थालें।

परपुरुषसँग आमा रंगेहात भेटिँदा

Posted by Unknown | | Posted in , ,


१६ फागुन, काठमाण्डौ,- भखैरै टिजएजमा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा । उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने । त्यही मौकाको फाइला आमाले उठाँउदी रहेछिन् ।
एक दिन दिउँसाे उनी घर आउँदा आमा त परपुरुषसँग संभाेगरत । त्यसपछि उनले भान्सामा थएर तरकारी काट्ने चक्कु ल्इाएर ती परपुरुषलाई हानेछन् ।
तर, ती पुरुष ढोकाबाट निस्केर फुत्त भाग्न सफल भएछन् । गल्ती गर्ने आमाले पिटेपछि उनले घर छाडेर हिडेछन्, केह दिन । आमाको ब्याइफेन्डले पनि बारम्बार धम्की दिने ।
ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन् । घर फर्केपछि आमा र आमाको ब्याइफेन्डले पिट्छ भन्ने मनोविज्ञानका कारण । स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो । आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ ।
आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन ।
अन्नपूर्ण पोस्टका लागि  राजकुमार दिक्पालले डाक्टर गंगा पाठकसँग यौन र विचलन शिर्षकमा लेखिएको समाचार ।

नेपालभन्दा धनी ७३ जना

Posted by Unknown | | Posted in , ,


१६ फागुन, काठमाण्डौ,- धनीहरुको सूची प्रकाशित गर्ने फोब्र्स पत्रिकाको पछिल्लाे सूची हेर्ने हो भने नेपालको अर्थतन्त्र भन्दा बढी सम्पत्ति भएका ४३ जना अर्वपति विश्वभर फैलिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
गत वर्षको मुलुकको अर्थतन्त्र १९ अर्व डलर थियो । यो रकमभन्दा बढी सम्पत्ति हुनेको संख्या ४३ जना पुगेको छ । जुन वर्षेनी थपिने क्रममा छन् । १९ अर्बभन्दा बढी सम्पत्ति भएका ब्यक्ति भारतका मुकेश अम्बानी छन् । नेपाल भन्दा बढी धनीको पहिलो नम्बरमा नै उनी परेका छन् ।

ठमेलमा अब चौबिसै घन्टा बिजुली

Posted by Unknown | | Posted in ,


१५ फागुन  काठमाडौँ, -  राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अब चौबिसै घन्टा विद्युत् आपूर्ति हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्ले पर्यटकको भिडभाड रहने ठमेल क्षेत्रका मुख्य सडक र चोकमा सौर्यबत्ती जडान गरेपछि ठमेल रातमा पनि झलमल्ल हुने भएको हो।

परिषद्ले पहिलो चरणमा ठमेलको मुख्य प्रवेशद्वार त्रिदेवीमार्गस्थित सञ्चयकोष भवनअगाडि १५ र अस्कल क्याम्पसको पछाडिको क्षेत्रमा तीनवटा गरी जम्मा १८ सौर्यबत्ती जडान गरेको छ। सडकका दुवै किनारमा खम्बामा जडान गरिएको बत्तीको आकर्षणले सडकको शोभालाई बढाएको छ।
विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणमा ६० वाटका १८ बत्ती जडान गरिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जनाए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सहयोगमा ठमलेका अन्य क्षेत्रमा केही दिनभित्रै थप बत्ती जडान गरिने उनले बताए।
ठमेलको सात घुम्तीलगायत क्षेत्रमा ४० वाटका बत्ती ३५ मिटरको दुरीमा राखिनेछ। उक्त क्षेत्रको सडक साँघुरो भएकाले खम्बा राख्न समस्या भएपछि घरका छतमाथि सोलार बत्ती जडान गरिने परिषद्ले जनाएको छ।
परिषद्का अनुसार ठमेलको मुख्य क्षेत्र र भित्री सडकमा २०० भन्दा बढी सौर्यबत्ती जडान गरिनेछ। टानको १५ लाख रुपैयाँ, नेपाल पर्यटन बोर्डको १५ लाख र विभिन्न १६ बैंक र पाँच फाइनान्सको ४० सौर्यबत्ती, विद्युत् प्राधिकरणको ६० वटा बत्ती तथा अन्य व्यावसायिक संस्थाको ३० सौर्यबत्ती गरी जम्मा दुई करोड दुई लाख ६० हजारको लागतमा बत्ती जडान गरिनेछ।
नवीकरणीय ऊर्जा प्रालिमार्फत परिषद्ले ठमेल क्षेत्रमा सौर्यबत्ती जडान गरेको हो। परिषद्ले ठमेल क्षेत्रमा सौर्यबत्तीसँगै सिसी क्यामेरा पनि जडान गर्ने जनाएको छ। ठमेलका मुख्य चोकमा यसअघि आठवटा सिसी क्यामेरा राखिएको थियो। तिनलाई छोटो दुरीमा राखेर अब अझ प्रभावकारी बनाउन अत्याधुनिक क्यामेरा राखिने परिषद्ले जनाएको छ। पर्यटन प्रवर्द्धन र ठमेलको सौन्दर्यतालाई मध्यनजर गरी परिषद्ले सडक विभागलगायत विभिन्न निकायको सहयोगमा ठमेल क्षेत्रको सडक कालोपत्रे र चिल्लो गरेको थियो। रासस

राजनीतिक भागवण्डामा सिफारिस भए सदस्यहरु अख्तियारमा

Posted by my storry | | Posted in

१५ फागुन, काठमाडौं । 
संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्त पदहरुमा भागबण्डाका आधारमा ५ जनाको नाम सिफारिस गरेको छ ।
परिषदको शुक्रबार साँझ बसेको बैठकले साबित्री गुरुङ, दीप बस्नेत, नवीनकुमार घिमिरे, गणेशराज जोशी र राजनारायण पाठकलाई आयुक्तका लागि सिफारिस गरेको हो ।
संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान छ । 
प्रमुख पाँच दलबीच भागबण्डाको आधारमा आयुक्तको नाम सिफारिस भएको हो ।
सिफारिस पूर्वसचिव नवीन घिमिरे एमालेबाट, भोजपुरकी साबित्री गुरुङ कांग्रेसबाट र गणेशराज जोशी एमाओवादीबाट परेका छन् ।
त्यस्तै दीप बस्नेत राप्रपाको कोटाबाट सिफारिसमा परेका छन् भने राजनारायण पाठक मधेसी दलहरुको साझा कोटामा सिफारिसमा परेका हुन् ।

ब्वायफे्रन्ड देखाउने होडमा नायिकाहरु

Posted by Unknown | | Posted in


पछिल्लो समय हाम्रा हिरोइनहरु प्रेमको मामलामा खुल्न थालेका छन् । हत्तपत्त अफेयरमा रहेको नस्वीकार्ने, सधैं सिंगल छु, करिअर बनाउँदैछु, प्रेमको लफडामा पर्न चाहन्नँ, प्रेम गर्ने लउमेर भइसकेको छैन् जस्ता जवाफ दिएर उम्किने गरेका कतिपय हिरोइनले अचेल खुलेआम आफ्नो ब्वायफ्रेन्ड सार्वजनिक गर्न थालेका छन् ।
ब्वायफ्रेन्ड सार्वजनिक गर्ने सबैभन्दा सजिलो, प्रभावकारी र उचित माध्यम बनेको छ– फेसबुक । आजको नयाँ पत्रिका दैनिक लेख्छ– फेसबुकमा आफू र ब्वायफ्रेन्डको फोटो हालेर ‘मिस यु’, ‘फल इन लभ’, ‘माइ हार्ट’ देखि लिएर ‘इन अ रिलेसनसिप’ समेत लेख्ने गरेको पाइन्छ । कतिपयले त फेसबुक च्याटबाटै लभ पार्ने गरेका छन् ।
‘म त सानै छु,’ भन्दै आएकी नायिका नीता ढुंगानाले केही समयअघि को आर्टिस्ट रमेश भण्डारी आफ्नो ब्वायफ्रेन्ड भएको खुलासा गरिन् । अमेर र नीताले तँ, म र ऊ पछि फूलैफूलको मौसम तिमीलाई फिल्ममा जोडी भई अभिनय गरेका छन् ।
त्यस्तै निशा अधिकारी र क्रिकेटर शरद भेसवाकर प्रेममा छन् । उनीहरु प्राय सधैं सँगै देखापर्ने गर्छन् । छवि ओझासँग समबनधविच्छेद गरेपछि सुदर्शन गौतमको प्रेममा परेकी रेखा थापा सुदर्शन पाए त बिहे गर्थें भन्दै हिँड्थिन् । हिम्मतवाली रिलिजअघि उनीहरुको प्रेम चर्तिकला निकै देख्न पाइन्थ्यो । फेसबुकमा तालतालका फोटो र स्टाटस देख्न पाइन्थ्यो । 

प्रेम सम्बन्ध छुटाउन किशोरीलाई ६ वर्ष खोरमा थुनियो

Posted by Unknown | Thursday, February 26, 2015 | Posted in

artical

artica-2
एकजना युवकसँग राखेको प्रेम सम्बन्धका कारण एक युवतीले ६ वर्षसम्म खोरमा थुनिनु परेको छ,त्यो पनि आफ्नै बाउ आमाबाट ।

सुन्दैमा झसँग लाग्ने यो घटना चीनको हो । छोरीले प्रेम सम्बन्ध राखेको केटा आफुहरुलाई मन नपरेको भन्दै उक्त केटासँगको सम्बन्ध छुटाउन बाध्य पार्नका लागि एक निर्दयी दम्पतिले आफ्नै छोरीलाई ६ वर्षसम्म खोरमा थुनेर राखेको रहस्योद्घाटन भएको छ ।
मध्य चीनको हुबेइ प्रान्तस्थित जिनगांग गाउँकी २४ वर्षीया युवती झांग क्विलाई उनका बुवाआमाले खोरमा थुनेर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
आफुले प्रेम सम्बन्ध राखेको केटालाई बाउआमाले अस्विकार गरेपछि धेरैपटक झांग उक्त केटासँग बिहे गर्नका लागि घरबाट भाग्ने प्रयास गरिन् । छोरी भागेर केटासँग जाने आशंका उत्पन्न भएपछि उनका बाउआमाले कोहीपनि मानिस नबस्ने थोत्रो घरको एउटा कोठामा उनलाई थुनेर राखे ।
उनी थुनिएको खण्डहर घरको साथै उनी बस्दै आएको कोठाको दर्दनाक तस्वीरहरु सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चायो ।
ती युवतीका बुवाआमाहरु गाउँका निकै शक्तिशाली मानिसहरु भएका कारण छोरी लामो समयसम्म थुनेको अभियोगमा उनीहरु विरुद्ध उजुरी गर्ने हिम्मत गाउँलेहरुले गरेनन् । एक गाउँलेहरुका अनुसार यस विषयमा कसैलाई पनि नभन्न तथा आन्तरिक मामिलामा हस्तक्षेप नर्गका लागि ती युवतीका बुवाआमाले सबै गाउँलेहरुलाई धम्की दिएका थिए ।
तर स्थानीय ५० वर्षका चो जेन भने धम्कीको परवाह नगरीकन बेलाबेलामा युवती थुनिएको घरमा गएर भेटघाट गर्थे ।
उनैले ती युवती पशुजस्तै खोरमा थुनिएको तस्वीर सार्वजनिक गरिदिएपछि त्यसले सुरक्षा निकायको समेत ध्यान आकषिर्त गर्यो र प्रहरीले उक्त खोरबाट ती युवतीलाई उद्धार गर्यो ।
अहिले उक्त घटनाको बारेमा प्रहरीले छानविन गरिरहेको छ ।

बिहेभोजका लागि तीन दिन विद्यालय बन्द

Posted by Unknown | | Posted in , ,


१५ फागुन, बारा । पर्साको सेढवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरका छोराछोरीको बिहेभोजका लागि तीन दिन बन्द भएको छ। सार्वजनिक सूचनै जारी नगरी विद्यालय प्रशासनले बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गरेको हो।
प्रधानाध्यापक गौरकी छोरीको बिहे बिहीबार भएको छ भने उनका छोराको बिहे बुधबार भएको थियो। विद्यालयका सबै १४ शिक्षक हेडसरका छोराछोरीको बिहेमा सामेल भएकाले तीन दिन विद्यालय बन्द भएको विद्यार्थीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।


मंगलबार कक्षा सकिने बेला हेडसर गौरले विद्यार्थीलाई आइतबारमात्र विद्यालय आउन निर्देशन दिएका थिए। ‘हेडसरले अब आइतबारमात्र स्कुल खुल्छ भन्नुभयो’, कक्षा ९ मा अध्ययनरत विनोद साहले बिहीबार भने, ‘त्यसैले हिजो र आज स्कुल गइनँ। भोलि पनि जानु पर्दैन।’
स्रोतव्यक्ति नेपालेन्दु साहले स्रोत केन्द्रस्तरीय निर्णय नभई विद्यालयले सार्वजनिक बिदा दिन नमिल्ने बताए। यसअघि वीरगन्ज १४ श्रीपुरस्थित माउन्ट एड्मन्ड मावि एक शिक्षकको बिहेभोजका कारण गत माघ १८ गतेदेखि २० गतेसम्म बन्द थियो।
त्यस्तै पर्साको लवाहरथकरी ७ खेस्राहामा रहेको हरिहरराज उपाध्याय नेपाल राष्ट्रिय प्राविमा पनि गत माघ १४ गते हेडसरका छोराको टीकाटालोमा सबै शिक्षक गएपछि पढाइ भएन।

महिला गर्छन् मित्रता पुरुषको दिमागमा भने घुम्छ सेक्सः नयाँ अनुसन्धान

Posted by Unknown | | Posted in


१५ फागुन, काठमाण्डौ- हामी एक्काइसौँ शताब्दिमा छौँ । आजकाल महिलाहरु पनि घरभन्दा बाहिर निस्केर अफिसमा काम गर्न थालिसकेका छन् । धेरैजसो अफिसमा महिला र पुरुष सँगै काम गर्नुहुन्छ र यस्तो अवस्थामा उनीहरु दिनको धेरैभन्दा धेरै समय सँगै बिताउने गर्दछन् त्यसकारण दुबैमा मित्रता हुनु सामान्य कुरा हो । तर हामीले महिला र पुरुषको मित्रता धेरै दिनसम्म टिकेको देखेका छैनौँ । उनीहरुमा केहि न केहि कुरामा खटपट परेको हुन्छ । तर उनीहरुबिच कस्तो कुरामा खटपट हुन्छ भन्ने कुरा एक नयाँ अनुसन्धानले बताएको छ ।

एक नयाँ अनुसन्धानका अनुसार महिलाहरुले पुरुषहरुमाथि गर्ने मित्रवत् व्यवहार पुरुषहरुले सेक्सको संकेतको रुपमा लिने बताइएको छ ।

द नर्वेजियन साइन्स एण्ड टेक्नोलोजिकल युनिभर्सिटी ९एनटीएनयू० ले गरेको नयाँ अनुसन्धानका अनुसार महिला र पुरुषबिच सेक्सको कुरामा बढि खटपट हुने गरेको छ । महिला र पुरुषको सोचाई भिन्न हुने भएकाले उनीहरुले एउटै सम्बन्धलाई गलत ढङ्गले ब्याख्या गर्ने बताइएको छ । महिलाको नजिक आउँदा पुरुषहरुको दिमागमा सेक्स घुम्ने गर्दछ जसका कारण समस्या पैदा हुने बुझिएको छ ।

तर, उक्त अध्ययनले पुरुष एक्लैलाई सम्बन्ध अन्त्य गर्नको लागि दोषी नदेखाई महिलाहरुको भ्रमका कारण पनि हुने बताएको छ । धेरैजसो पुरुषहरु महिलाहरुको सुन्दरताका कारण उनीहरुसँग मित्रता गाँस्ने गर्दछन् भने महिलाहरु पनि पुरुषको अनुहार नभई चरित्र हेरेर साथी बनाउने गर्दछन् ।

मित्रता निकै गहिरो हुने क्रममा धेरैजसो पुरुष साथीहरु महिलालाई अँगालो हाल्ने अथवा हात समात्ने गर्दछन् जसका कारण महिलाहरुलाई लाग्दछ कि उनका साथी उनीबाट सेक्सको आशा गरिरहेका छन् जुन मित्रताको परिधिभन्दा बाहिर हुन्छ । फलस्वरुप उनीहरु दुबैको मित्रतामा फाटो आउने गर्दछ ।

यो अनुसन्धान १८ देखि ३० वर्ष समूहका ३०८ मानिसहरुका बिच गरिएको हो । उनीहरुमध्ये आधाभन्दा बढि महिला र पुरुषको मित्रता यी कारणहरुले गर्दा बिग्रिएको थियो ।
स्रोतः साइन्स डेली

जघन्य अपराधमा क्षमादान व्यवस्था खारेज

Posted by Unknown | | Posted in , ,


१५ फागुन, काठमाण्डौ- सर्वोच्च अदालतले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले जघन्य अपराधमा पनि क्षमादान दिन सक्ने गरी यससम्बन्धी ऐनमा रहेका दुई प्रावधान खारेज गरेको छ। नागरिक दैनिकमा समाचार छ ।
न्यायाधीश कल्याण श्रेष्ठ, वैद्यनाथ उपाध्याय र चोलेन्द्रशमशेर राणाको विशेष इजलासले बिहीबार ऐनको दफा २६  २) र २९  १) मा रहेका त्यस्ता वाक्यांश खारेज गर्न आदेश दिएको हो।
दुई आयोग गठनका लागि बनाइएको ऐनका यी प्रावधानविरुद्ध द्वन्द्वपीडित २ सय ३४ जनाले दायर गरेको रिटमा बिहीबार सर्वाेच्चले अन्तिम फैसला सुनाउँदै क्षमादान दिने विषयमा आयोगलाई ऐनले दिएको तजबिजी अधिकार र गम्भीर मानवअधिकार उलंघनकर्तालाई मुद्दा चलाउने विषयमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई दिइएको अधिकार दुवै असंवैधानिक रहेको ठहरसमेत गरेको छ।
सर्वोच्चले मेलमिलाप र क्षमादानका लागि पीडितको सहमति अनिवार्य हुनुपर्ने एवं विभिन्न अदालतमा विचाराधीन मुद्दाहरु आयोगमा स्थानान्तरण हुन नसक्ने आदेश गरेको छ।
ऐनको दफा २६  २) मा अन्यत्र जे लेखिए पनि ‘बलात्कार र आयोगको छानबिनबाट क्षमादान दिन पर्याप्त आधार र कारण नदेखिएका गम्भीर प्रकृतिका अन्य अपराधमा संलग्न पीडकलाई आयोगले क्षमादानका लागि सिफारिस गर्न सक्नेछैन' भन्ने व्यवस्थालाई सर्वोच्चले ‘आपत्तिजनक' भनेको छ।
‘आयोगको छानबिनबाट क्षमादान दिन पर्याप्त आधार र कारण नदेखिएका' भन्ने वाक्यांशको सोझो अर्थ आयोगले चाहे गम्भीर प्रकृतिका अपराधका पीडकलाई समेत क्षमादानको सिफारिस गर्न सक्छ भन्ने भएकाले सो वांक्यांश बदरभागी छ,' सर्वोच्चको आदेशमा भनिएको छ।
‘गम्भीर अपराधका पीडकलाई न्यायको दायरामा ल्याई सजाय गर्ने आधार खोजी गर्नु आयोगको दायित्व हुने भई संविधान र कानूनसम्मत पनि हुन्छ,' मंगलबारको फैसलामा भनिएको छ, ‘अभियोग नै नलगाई कसूर नै कायम नगरी आममाफी दिएसरह क्षमादान गर्ने आधार र कारण आयोगले खोजी हिँड्न आवश्यक हुँदैन र सो आयोगलाई सुहाउँदैन पनि।'
त्यसैगरी, ऐनको दफा २९  १) मा ‘मानवअधिकारको गम्भीर उल्लंघन आरोपमा दोषी देखिएको पीडकउपर मुद्दा चलाउन आयोगबाट नेपाल सरकारसमक्ष सिफारिस भएमा मन्त्रालयले त्यस्तो पीडकउपर मुद्दा चलाउन महान्यायाधिवक्तासमक्ष लेखिपठाउनुपर्नेछ' भन्ने उल्लेख छ।
सर्वोच्चले यो दफामा प्रयोग भएको ‘नेपाल सरकारसमक्ष सिफारिस भएमा मन्त्रालयले त्यस्तो पीडकउपर मुद्दा चलाउन' भन्ने वाक्यांश हटाउन आदेश दिएको छ।
‘नेपालको अन्तरिम संविधानको धारा १३५ बमोजिम संविधानले प्रदान गरेको अभियोजनसम्बन्धी अधिकार विशिष्ट र स्वायत्त प्रकृतिको अधिकार हो,' सर्वोच्चको फैसलामा भनिएको छ, ‘यसरी संविधानतः सरकार वादी हुने मुद्दा चलाउने अख्तियारी भएको महान्यायाधिवक्तासमक्ष आयोगले सोको लागि सिधै सिफारिस गर्न नसक्ने र नगर्नुपर्ने कुराको कुनै विवेकसम्मत आधार देखिँदैन।'
द्वन्द्वपीडितहरु सुमन अधिकारी, मञ्जिमा ढकाल, सावित्री श्रेष्ठ र सृजना श्रेष्ठसहितका २ सय ३४ द्वन्द्वपीडितले सत्यनिरुपण आयोग र मन्त्रालयलाई ऐनले प्रदान गरेका तजबिजी अधिकारसहितका अन्य केही दफाका व्यवस्था संविधान, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार अभिसन्धिविपरीत रहेको भन्दै गत जेठमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए।
सोही मुद्दामा फैसला गर्दै सर्वोच्चले ऐनको दफा १३  २) मा विभिन्न अदालतमा विचाराधीन मुद्दाहरु सम्बन्धित अदालतको परामर्शमा आयोगले छानबिन गर्नेछ भन्ने रहेकोमा विचाराधीन मुद्दा स्थानान्तरण हुन नसक्ने ठहर गरेको छ।

आज निगम एयरबसको पहिलो उडान

Posted by Unknown | | Posted in , ,


१५ फागुन, काठमाण्डौ- भारतीय विमान नियामक निकायलाई कागजात पुर्‍याउन ढिलाई भएका कारण बुधबार पहिलो व्यवसायिक उडान गर्न नसकेको नेपाल वायु सेवा निगमको एयरबसले शुक्रबार विहान ८ बजे करिब १ सय यात्रु बोकेर दिल्ली उडान गर्दै छ ।  कान्तिपुर दैनिकमा समाचार छ
पहिलो व्यवसायिक उडानमा उताबाट करिब ३५ हाराहारी यात्रु विहान सवा १० बजे दिल्लीबाट काठमाडौं आउदैछन् । पूर्व निर्धारित समय अनुसार बुधबार विहान तोकिएको पहिलो उडान हुन नसकेपछी टिकट लिइसकेका १ सय ३० यात्रुलाई निगमले भारतीय विमानमार्फत बुधबार र विहीबार दिल्ली पठाएको थियो ।
त्यसैगरी दिल्लीबाट विहान सवा दश बजे काठमाडौंकालागी ८० जना यात्रुले टिकट खरिद गरेका थिए । तीमध्ये ६१ जना बुधबारै अन्य विहीबार भारतीय विमानबाट काठमाडौं ओर्लिएका थिए । यसैबिच बुधबारको उडान हुन नसकेपछी निगमले विमानस्थलमा रहेको अपरेशन विभागलाई स्पष्टीकरण सोधेको छ । 
भारतीय महानिर्देशनालयसग समन्वयन गर्न ढिलासुस्ती गर्दा यस्तो अवस्था सिर्जना भएको जनाउदै निगमले विभाग प्रमुख ओम बहादुर गुरुङलाई स्पष्टीकरण सोधेको हो । 'पहिलो उडान रोकिनु निगमको मात्रै नभई देशकै प्रतिष्ठासँग जोडीएको विषय भएकाले अपरेशन विभागमाथी छानविन हुदैछ ।' निगम स्रोतले भन्यो ।
निगमले सातामा सातामा चार दिन  दिल्ली उडान भर्दै छ । दिल्लीकालागी एकतर्फी भाडा ७ हजार ८४ र दुईतर्फी १५ हजार १ सय ११ तोकिएको छ । निगमले यो सहित १० वटा श्रेणीका टिकट खुल्ला गरेको छ । सबैभन्दा मंहगोमा एकतर्फी १५ हजार छ ।

स्वाइन फ्लु संक्रमित ३ जना बेस्सरी थलिए

Posted by Unknown | | Posted in ,

१५ फागुन, काठमाण्डौ- स्वाइन फलु संक्रमणले थलिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या बिहीबार तिन जना पुगेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिका अनुसार हाल राजधानीमा दुई र भरतपुरमा एक जना अस्पतालमा भर्ना छन । कान्तिपुर दैनिकमा समाचार छ ।


शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन परिक्षण गराउन आउनेहरुको संख्या बढदो रहेको अस्पतालका डा.राजेश साहले बताए । विहिवार समेत समेत भ्रमण इतिहास नभएका राजधानीको केहि व्यक्तिमा स्वाइन देखिएको उल्लेख गर्दे डा.साहले अनुसार संक्रमितलाइ परिक्षण पछि टैमी फलु औषधि दिएर पठाइएको बताए ।

हालको स्थितिमा मधुमेह, मुटू, कलेजो, स्नायु सहित दमका रोगी, बुढापाका, पाच वर्ष मुनीका वालवालिका, गर्भवतीहरुलाई स्वाइनको सम्भावित संक्रमण वाट आफूलाई जोगाउनु पर्ने डा.साह बताए ।

उनले मृगौला लगायत अंग प्रत्यारोपपण गराएकाहरुको साथै एचआईभी/एडस भएका वा रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई समेत  स्वाइन संक्रमण वाट वाच्ने सल्लाह दिए ।

मीनबहादुर फर्किए

Posted by Unknown | | Posted in ,


१५ फागुन, काठमाण्डौ- 'आफ्नै देश आइपुग्दा एकदम खुसी छु, अब केही टेन्सन हुदैन,' वायाँ कानमा मुन्द्रा, रातो रंगको हुक, निलो जिन्ससँगै कालो चम्पल लगाएका गुल्मी वडागाँउ-३ का मीनबहादुर सर्तुङ्गेले त्रिभुवनविमानस्थलमा उत्रेलगत्तै खुसी पोखे । कान्तपुर दैनिकमा समाचार छ ।

वर्षाले बिहीबार राजधानीको जनजीवन प्रभावित थियो । दिउँसो करिब साढे दुई बजे पानीले केही बेर 'ब्रेक' लगाउदा विमानस्थलमा ओर्लिएका २६ वषिर्य मीनबहादुरले थपे, 'आजको दिनमा म धेरै खुसी छु' । उनका लागि बिहीबारमात्र होइन, बुधबार पनि उत्तिकै विशेष दिन थियो । किनकी २९ महिनादेखिको कष्टपूर्ण संघर्षबाट यीनै दुई दिनमा उनले मुक्ति पाएका थिए ।

  भारतको गुजरात र पाकिस्तानको सिन्ध सामुन्दि्रक कुनोमा पाकिस्तानी प्रहरीले १३ जनालाई पक्राउ गर्दा मीनबहादुर पनि परेका थिए । १२ भारतीयसहित पक्राउ परेका उनी २९ महिनापछि बुधबार -फागुन २४) कराँचीस्थित मलिर जेलबाट छुटेका हुन् ।

'जेलबाट सिधै कराँची विमानस्थलमा आए, त्यसपछि थाइल्यान्डको बैंकक हुदै यहाँ आइपुगेको हुँ,' उनले भने । अब उनी विदेश जान चाहदैनन् । 'भारत त जादै जान्न, अरू देश पनि जान्न,' चार कक्षासम्म पढेका मिनबहादुरले भने,'अब यतै बस्ने गरि आएको छु । ऋण पनि लगभग सकिएको छ । गाउँमा बारी छ, मकै, कदो रोप्छु । घरमै बस्छु ।

एसपी शेखर कोइराला निलम्बित

Posted by Unknown | | Posted in ,


१५ फागुन, बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) शेखर कोइराला निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो। नागरिक दैनिकमा समाचार छ ।

जिल्ला प्रहरी कार्यालय बाँके मार्फत अपराध अनुसन्धानका लागि घुमुवामा खटिएका प्रहरी नायव निरिक्षक(सई) सुमन खरेललाई अख्तियार टोलीले गत माघ २३ गते बेलुका २५ हजार घुस सहित नेपालगन्जको एक रेष्टुरेन्टमा फेला पारेको थियो ।

खरेललाई नियन्त्रणमा लिन खोज्दा घुमुवा प्रहरी र अख्तियार टोलीबीच करिव ३ घण्टा घम्साघम्सी चलेको थियो। त्यसक्रममा अख्तियारका केही कर्मचारी समेत घाइते भएका थिए। आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पहलमा अख्तियार टोली घुमुवा प्रहरीको नियन्त्रणबाट मुक्त भएको थियो।

अख्तियारको काम, कारबाहीमा घण्टौ सम्म अवरोध पुर्‍याउँदा पनि कुनै कदम नचालेको आरोप तत्कालीन प्रहरी प्रमुख कोइरालाई लागेको थियो।

बूढानीलकण्ठमा पनि क्रिकेट मैदान निर्माण हुने

Posted by Unknown | | Posted in


१५ फागुन, काठमाण्डौ। नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेको क्रिकेटका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चौतर्फि दवाव आइरहेका बेला सरकारले काठमाडौंको बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने भएको छ ।

सुवर्णशम्शेर स्मृति क्रिकेट मैदान निर्माण परियोजना अघि बढाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

गत माघ १२ गते नै मन्त्रिपरिषद्को बैठकले वन तथा भूसंरक्षण मन्त्रालयलाई क्रिकेट स्टेडियम निर्माण परियोजनाका लागि वन क्षेत्रको भोगाधिकार उपलब्ध गराउने तथा रूख हटाउने स्वीकृति दिएको थियो ।

पैँतीस रोपनी क्षेत्रफलमा बन्ने सो स्टेडियमको यही फागुन १७ गते शिलान्यास गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान छैन । नेपालमा हुने अन्तराष्ट्रिय खेल त्रिभुवन विश्व विद्यालयको मैदन किर्तिपुर र इन्जिनियर क्याम्पसको मैदान पुल्चोकमा हुने गरेका छन् । मुलपानीमा निर्माण भइरहेको क्रिकेट मैदान लामो समय बितिसक्दा पनि पूर्ण हुनसकेको छैन ।

नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सानदार प्रदर्शन गर्दै शीर्ष ४ भित्र परेपछि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएकाले पनि क्रिकेट मैदान निर्माणको माग एक पटक फेरि जोडतोडका साथ उठिहरेको छ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने भएकाले पनि नेपालले समेत आयोजना गर्नु पर्ने हुन्छ ।

सन २०१५ ०१७ मा हुने सो प्रतियोगितामा तीन खेल नेपालले आयोजना गर्नेछ । ती खेलहरु किर्तिपुर मैदानलाई नै पुनर्निर्माण गरेर खेलाइने सम्भावना छ ।

लोकमानले खिल्ली उडाए अख्तियारको, मुख्यालयबाटै अन्माए छोरी

Posted by Unknown | | Posted in ,


१५ फागुन, काठमाण्डौ- अख्तियार दुरुययोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले आफ्नो पदीय मर्यादा उलङ्घन गरेर अख्तियार मुख्यालयलाई आफ्नी छोरीको विवाह घर बनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित मुख्य कार्यालयमा बिहीबार उनले आफ्नी छोरीको विवाह गरेका हुन् । सरकारी कार्यालयलाई व्यक्तिगत प्रयोजनका लागि उपयोग गर्दै उनले विवाह कार्यक्रम आयोजना गरेका थिए ।


उनले अख्तियार प्रमुखको गरिमा र महत्व कुल्चँदै सुरक्षाकर्मी र केही कर्मचारीलाई समेत विवाहमा खटाएको बुझिएको छ । विवाह समारोहमा विहीवार विहानै सुरक्षाकर्मीहरु चटारोमा देखिन्थे भने केही कर्मचारीहरु विवाहको तारतम्य मिलाउन व्यस्त देखिन्थे ।
त्यहाँ कार्यरत कर्मचारीलाई अन्य गेटबाट प्रवेश गराएर मुख्य गेटबाट विवाहमा आएका जन्तीहरुलाई प्रवेशको व्यवस्था मिलाइएको अख्तियारका एक कर्मचारीले  जानकारी दिए । त्यसका लागि अख्तियारको मूलद्वार नजिकैको गल्लीमा समेत कसैलाई प्रवेश गर्न दिइएको थिएन । सिभिल ड्रेसका प्रहरी र ट्राफिकहरु परिचालन गरिएको थियो ।

भ्रष्टाचार दुरुपयोग गर्नेलाई कारवाहीको राग अलापेर नथाक्ने तथा ठूला माछा समाउने भन्दै सुशासनको वकालत गर्ने कार्कीले पदीय मर्यादाको चरम सिमा नाघेर अख्तियार प्राङ्गणमै छोरी अन्माउने हर्कत गरेका छन् । उनले छोरी डा. आध्याश्री कार्कीको बिह अख्तियार मुख्यालयबाट गरेका हुन् । कार्कीको बिहे स्कटल्यान्ड पढेर आएका सुभाशिष थपलियासँग भएको हो ।

थपलिया परिवार बिहान १० बज्नु अगावै तीन वटा गाडीमा जन्ती लिएर अख्तियारको मूल गेट भित्र छिरेका थिए । सुरुमा एउटा बसमा पन्चै बाजासहितको टोली अख्तियारभित्र प्रवेश ग¥यो । लगत्तै एउटा पर्यटक नम्बर प्लेट भएको गाडीमा जन्ती पनि प्रवेश ग¥यो । पछाडि बग्गीमा सवार दुलहा थपलिया थिए ।
 

    Popular Posts

    Blog Archive