Published On:Saturday, January 3, 2015
Posted by Unknown

अमिताभले भने- मलाई मोदी सरकारको बिज्ञापन गर्नु छैन्


मुम्बई । बलिउड सुपरस्टार अमिताभ बच्चनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको कुनै पनि बिज्ञापन नेखेल्ने घोषणा गरेका छन् । मोदीले अमिताभलाई बिज्ञापनमा अभिनय गर्न आग्रह गरेको खवर आइरहेका बेला अमिताभले ट्वीट गर्दै भने  ‘म नरेन्द्र मोदी सरकारको कुनै विज्ञापन गर्दिन ।’ अमिताभले ट्वीटरमा लेखेका छन् ‘प्रधानमन्त्री कार्यालय (पीएमओ) या खुद प्रधानमन्त्रीले मलाई सरकारको कुनै विज्ञापनमा जोडिन भनेका छैनन् । विज्ञापन निर्माण हुने खबर पुरै गलत हो ।’ पछिल्लो केही दिन यता मिडियामा भारत सरकारले निर्माण गर्ने विज्ञापनमा अभिताभ बच्चनले अभिनय गर्ने खवर आइरहेका छन् । केही मिडियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमिताभ बच्चन विच यस विषयमा कुरा भएको समेत भनेर लेखेका थिए । यस अघि अमिताभ ‘पोलियो उन्मुलन’ र ‘स्वाच्छ भारत अभियान’ जस्ता सरकारी कार्यक्रमका सद्भावना दूत थिए । पछिल्लो दिन दिल्ली आएका अमिताभको मोदीसँग भेट भए लगत्तै विज्ञापनसँग जोडिएको कुरा चर्चामा आएका थिए । 

0 comments for "अमिताभले भने- मलाई मोदी सरकारको बिज्ञापन गर्नु छैन् "

Leave a reply

    Popular Posts

    Blog Archive