Published On:Saturday, January 3, 2015
Posted by Unknown

२०१५ मा जन्मिने सबै बच्चालाई सरकारी स्वागत र उपहार

यो वर्ष सन् २०१५ मा जन्मिने सबै बच्चा साँच्चिकै भाग्यमानी हुनेछन्, किनकी उनीहरुले जन्मिने बित्तिकै सरकारबाट विशेष उपहार पाउनेछन् । सरकारले सन् २०१५ मा जन्मिने सबै बच्चालाई उपहार सहित स्वागत गर्ने भएको छ ।

समाचार सुनेर कतै दंग पर्नुभएको त छैन ?
दंग परिहाल्नुपर्ने कारण चाहिँ छैन । किनकी हाम्रो देशको सरकारले नयाँ जन्मिने बच्चालाई स्वागत गर्न लागेको होइन । यो त सिंगापुर सरकारको योजना हो ।
यो वर्ष आफ्नो स्थापनाको स्वर्णजयन्ती मनाउन लागेको सिंगापुरले आफ्नो देशका नयाँ नागरिकलाई उपहार सहित स्वागत गर्दै फरक ढंगबाट देशको स्वर्णजन्ती मनाउने योजना बनाएको छ ।
समाचार अनुसार वर्षभरिमा जन्मिने हरेक बच्चालाई एउटा उपहारको बाकसले स्वागत गरिनेछ । उक्त बाकसमा जनताले छनोट गरेका व्यवहारिक तथा औचित्यपूर्ण उपहारका चिज हुनेछन् ।
सरकारले दिने उपहारको झोलाभित्र बच्चाका कपडा, झोला तथा बच्चा बोक्ने बेबी स्लिङ समेत हुनेछ । ती सबै चिजमा ‘स्वर्णउत्सव बच्चा हुँ’ भन्ने वाक्य लेखिएको हुनेछ ।

सरकारले नयाँ बच्चालाई दिने त्यस्ता उपहारहरु सिँगापुरे जनताले स्वतस्फूर्त रुपमा प्रदान गरेका चिजहरु नै हुनेछन् ।सिंगापुरभित्र जन्मिने मात्र होइन सिंगापुरे नागरिकहरुले अरु देशमा गएर जन्माएका बच्चाहरुलाई समेत उपहार दिइनेछ ।सिंगापुरमा जन्मदर निकै कम हुँदा देशको जनसंख्यामै असन्तुलन उत्पन्न हुने डर बढिरहेको बेला अभिभावकलाई प्रोत्साहन स्वरुप सरकारले विभिन्न नीति अख्तियार गर्दै आएको छ । उता विभिन्न निजि बैंकले समेत नयाँ वर्षमा जन्मिने बच्चाका लागि सेल्फी लौरो तथा मनी बक्स लगायतका उपहार सम्मिलित विशेष गिफ्ट बक्स दिने घोषणा गरेको छ ।
सिंगापुरमा जन्मिएका बच्चालाई उपहार दिने कार्यक्रम यो वर्षमात्र ल्याइएको हो । तर फिनल्याण्डमा सन् १९३० देखि नै गर्भवती महिलालाई बच्चाका कपडा, न्याप्पीज तथा स साना गुन्द्रीहरु सरकारले नै प्रदान गर्ने गरेको छ ।

0 comments for "२०१५ मा जन्मिने सबै बच्चालाई सरकारी स्वागत र उपहार"

Leave a reply

    Popular Posts

    Blog Archive