Published On:Sunday, January 18, 2015
Posted by Unknown

नेपाल संसारकै दोस्रो सस्तो मुलुक

स्विट्जरल्यान्ड सबैभन्दा महंगो

५ माघ, काठमाण्डौ-बन्द,हड्ताल र राजनीतिक अस्थिरताजस्ता कारणले अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार भइरहेको बेला पर्यटन क्षेत्रमा आशा जगाउने समाचार सार्वजनिक भएको छ।
 
छिमेकी भारतसँगै नेपाल संसारकै सस्तो गन्तव्यका रुपमा दरिएको छ। 
 
विश्व पर्यटन जगतलाई नै आश्चर्यचकित बनाउने गरी भारत सबैभन्दा सस्तो मुलुक बनेको छ। नेपाल दोस्रोमा छ।
 
खाद्यान्न, यातायात, रेस्टुराँ र उपयोगीताका अन्य औजारको मूल्यका आधारमा निर्धारण हुने उपभोक्ता मूल्य सूचांक(सीपीआई)अनुसार ‘मुभ हब’नामक अन्तर्राष्ट्रिय संस्थाले यो सूची सार्वजनिक गरेको हो।
 
आजको कारोबार दैनिकमा समाचार छ, अमेरिकाको न्यूयोर्क सहरको तुलनामा हुने जीवनयापन लागतका आधारमा सस्तो र महंगो मुलुकको वर्गीकरण गरिएको छ।  सर्वाधिक महंगो मुलुकको सूचीमा भने स्विट्जरल्यान्ड पहिलो सूचीमा छ। 

0 comments for "नेपाल संसारकै दोस्रो सस्तो मुलुक"

Leave a reply

    Popular Posts

    Blog Archive