Published On:Thursday, January 1, 2015
Posted by Unknown
विदेशी नागरिकले दिन थाले अनलाइनबाटै भिसा आवेदन

अहिले नेपाल प्रवेशका लागि दिइएका भिसा आवेदनमध्ये ७० प्रतिशत अनलाईनबाट प्राप्त हुने गरेको विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिए, अभियान दैनिकमा खबर छ ।
ढकालका अनुसार अनलाइन आवेदनमा अभ्यस्त नभएका, त्यसको प्रक्रिया थाहा नपाएका र हतारमा आउनेहरुले मात्र हस्तलिखित आवेदन पेश गर्ने गरेका छन् । अनलाइन आवेदनको प्रयोगबाट विभाग र पर्यटक दुवैको समय र खर्च बचत हुने उनले बताए ।
विभागले हाल हवाई मार्ग प्रयोग गरी नेपाल भित्रने पर्यटकका लागि मात्र अनलाइन आवेदनको सुविधा उपलब्ध गराएको छ । सो कार्यका लागि पहिलो चरणमा काठमाडौस्थित विभागको केन्द्रीय कार्यालयमा एउटा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पाँच वटा मेशिनमार्फत भिसा उपलब्ध गराइरहेको छ । घरमा बसीबसी आवेदन दिन सकिने भएपछि यसको उपयोग बढी हुने गरेको विभागको भनाइ छ ।
अनलाइनमार्फत दिइएको आवेदन नम्बर ‘इन्ट्री’ गर्नासाथ प्राप्त हुने विवरणका आधारमा पर्यटकलाई भिसा उपलब्ध गराइन्छ ।
अनलाइन खबरबाट