Published On:Thursday, January 1, 2015
Posted by Unknown
कोरियाका नेपालीको तलव एक लाख नाघ्यो
१८ पुस, काठमाडौ । ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीको न्यूनतम पारिश्रमिक एक लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ बाट लागू हुने गरी जुनमै न्यूनतम ज्याला ७.१ प्रतिशत बढाइएको थियो ।

न्यूनतम ज्याला वृद्धिसँगै अतिरिक्त समय गरी अधिकांश नेपालीले मासिक एक लाख ५० हजार भन्दाबढी आर्जन गर्नेछन् । कतिपयले भने न्यूनतम पनि नपाएको बताउँछन् ।
नयाँ पारिश्रमिक अनुसार सातामा ४० घण्टा काम गर्नेले न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन अर्थात एक लाख पाँच हजार सात सय ४१ रुपैयाँ पाउने छ ।
त्यस्तै, ४४ घण्टा काम गर्नेले १२ लाख ६१ हजार ८० वन अर्थात एक लाख १४ हजार ३२० रुपैयाँ बुझ्नेछन् । कोरियन वन एक सयबराबर नेपाली ९.४५ रुपैयाँ हुन्छ ।
अनलाइन खबरबाट