Published On:Thursday, January 1, 2015
Posted by Unknown

चार दिन भित्रमा सहमति हुन सके माघ ८ मा संविधान आउछ, प्रचण्ड

तस्विर केशव अधिकारी  
१७ पुष, धादिङ, चार दिन भित्रमा सहमति हुन सके माघ ८ मा संविधान आउने एकिकृत नेकपा माओवादिका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।


शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन आफुहरुले धेरै हदसम्म लचकता अपनाएको र अव ठुला दलको हैसियतले कांग्रेस,एमालेका नेताहरुले संविधान निर्माणमा सहमतिको लागि उदारता देखाउने बेला  आएको बताए । सहमतिको आधारमा फास्ट रुटबाट गएर संविधान बनाउन सकिने सम्भावना जिबितै रहेको बताउदै यदि सहमति बिना संविधान आए त्यसले माघ ९ बाट देशमा दोन्द्ध निम्तने चेतावनी समेत उनले दिए ।  विश्वको ध्यान नेपालमा केन्द्रित रहेको भन्दै सबैको हक अधिकार सुनिश्चित हुने नमुना संविधान जारी गरेर विश्वमा उदारणीय बन्न समेत उनले सम्पूर्ण राजनैतिक दलका नेताहरुलाईे आग्रह समेत गरे । फरक प्रसंगमा बोल्दै उनले कृषि क्रान्तिको नेतृत्व धादिङले गर्नु पर्नेमा जोड दिए । जलविद्युत र पर्यटनले देश विकाशमा आमुल परिवर्तन ल्याउने भन्दै बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने आफुहरुको प्रमुख उद्देश्य  रहेको उनको भनाई थियो । यस योजनाले धादिङलाई मात्र नभई देशलाई नै आर्थिक समृद्धि तर्फ अगाडि बढाउने उनको तर्क थियो । 

धादिङबेसीमा जारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको समापन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दहालले यस्तो बताएका हुन् । धादिङ उद्योग वाणिज्य संघको आयोजना भएको महोत्सवको समापन कार्यक्रमलाई सभासद गुरुप्रसाद बुर्लाकोटी, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, पूर्व विज्ञान तथा प्रविधि मन्त्रि कल्पना धमला, एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी ,एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, पूर्व जि.वि.स सभापति खेम लोहोनी, टानका अध्यक्ष रमेश धमला, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगाएतले सम्बोधन गरेका थिए ।   पुस ७ गते पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाबाट उदघाटन गरीएको महोत्सवको विहीवार दाहालले समापन गरेका हुन् । ११ दिन सम्म चलेको महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्नुका साथै १० करोड वरावरको कारोवार भएको आयोजकले बताएको छ ।

0 comments for "चार दिन भित्रमा सहमति हुन सके माघ ८ मा संविधान आउछ, प्रचण्ड "

Leave a reply

    Popular Posts

    Blog Archive