Published On:Sunday, January 4, 2015
Posted by Unknown
न्यायाधीश बमको हत्याका योजनाकार थापा भन्छन्-बल्ल आनन्द भो
२१ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि दुईपटक पक्राउ परेर छुटेका घटनाका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापा हत्याको पछुतोले निकै तड्पेका रहेछन्, साथै उनलाई हत्या अभियोगमा फेरि पक्राउ पर्छु भन्ने विश्वास पनि रहेछ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा थापाको बयान यस्तो छ, ‘पहिला प्रतिशोधले हत्या गरियो, घटनापछि न राम्ररी खान रुच्थ्यो, खाली त्यही घटना झल्झली आउँथ्यो, धेरै दिन मनमनै तड्पिएँ, प्रहरीले समात्यो अब आनन्द भो।
२०६९ जेठ १८ मा बिहान ११ बजे ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकै बममाथि गोली प्रहार गरी हत्या गरेको अढाइ महिनापछि पक्राउ परेका थापा सामान्य केरकारपछि छुटेका थिए। प्रहरीले घटनामा प्रयोग भएको पेस्तोलबारे नख्खु कारागारमा रहेका मिलन भनिने ज्ञानु लामासँग सोधपुछ गर्दा लामाले उक्त हतियार थापाले दिएको बयान दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
ललितपुर प्रहरीले पुनस् थापालाई पक्राउ गरेर हतियाबारे सोधपुछ गर्दा उनले अस्वीकार गरेका थिए। त्यसपछि सार्वजनिक मुद्दाकम थापा मुक्त भएका थिए। ‘दुईपटकसम्म प्रहरीले पक्राउ गर्यो। तर झूटो बोल्दा म बाहिर निस्कन सफल भएँ।
अहिले फेरि पक्राउ परेपछि अब राजनीतिक यात्रा यति नै रहेछ भन्ने सम्झिएको छु’, थापालाई उद्धृत गर्दै सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले भने। ‘जतिबेला मेरो राजनीति माथि उठ्न लाग्दै थियो, बमको अन्तरिम आदेशपछि तल गिर्यो, मैले रिस थाम्न सकिनँ र मार्ने योजना बनाएकै हुँ, अहिले पश्चात्ताप छ’, थापाले बयानमा भनेका छन्।