Published On:Sunday, January 4, 2015
Posted by Unknown

वैद्यलाई रक्सी छाड्न चिकित्सकको सुझाव


२१ पुस, काठमाडौ । माओवादी जनयुद्धका बेला मोहन वैद्य किरणले आफ्ना कमाण्डरहरुलाई दिने निर्देशनलाई माओवादीहरु कासन भन्थे । अहिले तिनै वैद्यलाई डाक्टरले कासन दिएका छन् । नेकपा-माओवादीका अध्यक्ष वैद्यलाई नर्भिक अस्पतालका डाक्टरहरुले मदिरा सेवन त्याग्न वा नियन्त्रण गर्न सुझाव दिएका छन् ।



नर्भिक स्रोतका अनुसार वैद्य दोस्रो पटक विरामी परेर नर्भिक अस्पताल पुगेपछि उनको अध्याधिक मदिरा पिउने बानी रहेको थाहा भएको साँघु साप्ताहिकमा ख
बर छ । वैद्यलाई उमेरका कारण पनि मदिरा नियन्त्रण गर्न र सकेसम्म अब पिउनै बन्द गर्न चिकित्सकले सुझाव दिएका छन् ।
वैद्य माओवादीको विस्तारित भेलामा पनि वैद्यको मदिरा सेवनबारे कार्यकर्ताहरुले अनौपचारिक चर्चा गरेका थिए । तर भेलामा यसलाई औपचारिक रुपमा कसैले नउठाएको स्रोतले बतायो ।
भूमिगतकालमै वैद्यले तुम्लेटमा लोकल रक्सी बोकेर हिड्ने गरेको विषयले पार्टीमा ठूलै बहसको रुप लिएको थियो । प्रचण्ड, किरण र बादल बसेर मदिरा पिउन थालेपछि बोत्तलहरु रित्तिएको पत्तै नहुने माओवादी नेताहरु बताउँछन् । मदिरा पिउन वैद्यले प्रचण्डलाई पनि माथ गर्छन् ।

0 comments for "वैद्यलाई रक्सी छाड्न चिकित्सकको सुझाव"

Leave a reply

    Popular Posts

    Blog Archive