Published On:Monday, January 5, 2015
Posted by Unknown

माघ ८ मा संविधान आउने सम्भावना करिब करिब टर्‍याे


२२ पौष, काठमाण्डौ - प्रमुख राजनीतिक दलहरू संविधानसभा अध्यक्ष सुवास नेम्बाङले सहमतिका लागि दिएको सोमबारसम्मको म्याद बेवास्ता गर्दै अघि बढ्ने भएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रधानमन्त्री निवास बालुवाटामार सोमबार बसेको कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको बैठकमा सहमति जुट्न नसकेपछि सभाध्यक्षले दिएको सोमबारसम्मको म्याद गुज्रिएको हो।

सभाध्यक्षले सहमतिका लागि दिएको म्यादबारे आफूहरूको कुनै टिप्पणी नभएको भन्दै दलहरूले उनको निर्देशन इग्नाेर गरेका हुन्।

संविधानसभा अध्यक्षलाई म्याद तोक्ने अधिकार कहाँ छ ?
 चार दलको बैठकमा सहभागी मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  भने, त्यस विषयमा सभाअध्यक्षलाई नै सोध्नुस्।

नेम्बाङले बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरूलाई भनेका थिए, सोमबारसम्म विवादित विषयमा सहमति गर्नुस्। यसो भए प्रक्रिया छोट्ट्याई नियम निलम्बन गरेर माघ ८ गते संविधान जारी गर्न सकिन्छ।

मेरो प्राथमिकता यसैमा छ। यसो गर्न सक्नुभएन भने ब्याक अफ दी माइन्ड एउटा बिन्दुसम्मका नियम निलम्बन गरेर संविधानको प्रारम्भिक मस्यौदा पेस गर्ने अधिकार मलाई दिनुस्।

सभाध्यक्षले दिएका दुई विकल्पमा दलहरूले कुनै निर्णय लिन नसकेपछि माघ ८ मा नयाँ संविधान आउने सम्भावना करिबकरिब टरेको छ।

0 comments for "माघ ८ मा संविधान आउने सम्भावना करिब करिब टर्‍याे"

Leave a reply

    Popular Posts

    Blog Archive