Published On:Saturday, January 3, 2015
Posted by Tekman Shakya

रहरले मात्र कलाकार भइदैनः सेन्चुरी

कृष्ण आचार्य,
कलाकारीता बाहीरबाट हेर्दा एकदमै राम्रो र सबैको सम्मान पाउने पेशा जस्तो देखिन्छ । जब व्यक्तिले कलाकारीतालाई पेशाको रुपमा अंगाल्छ अनि थाहा हुन्छ, यो भित्रका अफ्ट्यारा पाटाहरुको बारेमा । 
गीत गाउने र आफ्नो सिर्जना सबैलाई सुनाउने रहर सबैमा हुन्छ तर सबैले  नाम र दाम कलाकारीताबाट कमाउन भने सक्दैनन् । धेरैलाई यो पेशा फापिरहको छैन भने कसैकसैलाई नाम र दाम दुवै दिएको छ कलाकारीताले ।
नयाँ अनुहार त्यस माथी गीत संगित सिक्दै गरेका विद्यार्थीहरु मध्ये एउटा नाम हो खेम सेन्चुरी ।
बुटवल रुद्रपुर बाट गित संगितमा लाग्ने सपना बोकेर काठमाण्डौ आएका सेन्चुरीले २०६५ सालमा ‘भन्छेउ अझ साथी मात्र हो’ गिती एल्वमबाट कलाकारीतामा लागेका हुन ।
 खेमलाई मेहनत गर्न सके जुनसुकै पेशाले पनि मानिसलाई सफल बनाउछ भन्ने विश्वास रहेको छ र त्यहि विश्वास लिएर आफुले लोकदोहोरी क्षेत्रको लागि सक्दो मेहनत गरिरहेको उनको धारण छ ।

भविश्यमा कलाकारीतामै केहि गर्न सक्ने प्रतिभा भएका खेमको स्वर पनि निकै निखारीएका कलाकारको जस्तो छ । आज सम्म उनले ‘ए हावा जाउ’, ‘पागल प्रेमी किन हुन्थेर’, ‘सोल्टीनी तिम्ले आँखा मारेउ’, ‘बम बम भोले’, ‘नाच्छु बुरुक बुरुक’ जस्ता गित स्रोता माझ ल्याइसकेका छन ।

नयाँ अनुहार त्यस माथी अहिलेको अबस्थामा यो क्षेत्रमा सफलता हासिल गर्न फलामको चिउरा चपाउनु जस्तो भएको बताउने सेन्चुरीले आज सम्म सय भन्दा बढि गित कम्पोज समेत गरिसकेका छन । भने धेरै गीत सिर्जनामा लागि परेका छन ।

कलाकारीतामा यौन शोषणको विषयमा खेमलाई जिज्ञाशा राख्दा उनले भन्छन् सबैलाई एउटै तुलोमा तुलना गर्न मिल्दैन ।
 कोहि साथीहरु त्यस्तो पनि होलान तर आफु भने सधै कसरी राम्रो सिर्जना गर्ने भन्ने तर्फ लाग्ने र त्यहि बारेमा मात्र सोचे हुँदा त्यस तर्फ कहिलै पनि ध्यान नदिएको बताउछन ।

आफुले कालाकारीताको लोभ देखाएर त्यस्तो काम कहिलै पनि नगर्ने उनको भनाइ छ । सेन्चुरीले अहिलको अबस्थामा गित संगितको लागि सबै मिलेर केहि गर्नु पर्ने अबस्था आएको बताउछन ।

साथै उनले यो क्षेत्रमा अझ मेहनत गरि राम्रो कलाकारी बनेर देखाउने तर्फ आँफु लागि परिरहने सोच छ । खेम सेन्चुरीको सागितिक सफलताको कामना नेपाली माटो परिवार पनि गर्दछ ।
खेम सेन्चुरीले सिर्जना गरेको र स्वर दिएको गितको म्युजिक भिडियो ।

0 comments for "रहरले मात्र कलाकार भइदैनः सेन्चुरी"

Leave a reply

    Popular Posts

    Blog Archive