Published On:Sunday, January 4, 2015
Posted by Unknown
पति-पत्नीमा प्रेम सम्बन्ध सुमधुर राख्न नियमित रूपमा यौन सम्बन्ध आवश्यक,

— यसमा महिलासँग सम्बन्धित यस्तो तथ्य वाहिर आएको छ, जसका बारेमा हामीबीच विपरीत धारणा थियो।
– सर्वेक्षणअनुसार यदि लामो आयु चाहने हो भने, विवाह गर्नुपर्छ। विवाहपश्चात् नियमित रूपले यौनसम्बन्ध स्थापित गरेपछि मन शान्त हुन्छ, साथै यसले शारीरिक स्वास्थ्य पनि कायम राख्छ। जसले गर्दा आयु बढ्छ।
– यौनसम्बन्ध स्थापित गर्नुअघि एवं पछि कामको बोझ दिमागबाट हटाउनुपर्ने सोधमा उल्लेख छ। यसका लागि एक ग्लास वाइन पिउन सकिने सुझाव छ।
– जुन स्त्री-पुरुष कहिल्यै विवाह गर्दैनन्, उनीहरूको मृत्यु क्यान्सरबाट हुने सम्भावना प्रबल हुन्छ। अविवाहितहरूमा स्तन तथा प्रोटेस्ट क्यान्सरको जोखिम हुन्छ।
– यौनमा सक्रिय ७२ प्रतिशतले बिना सुरक्षा नयाँ साथीसँग यौनसम्बन्ध राखेको पाइन्छ।
– मृत्युका बारेमा सोच्ने पुरुषहरू धेरैभन्दा धेरै सन्तान जन्माउने इच्छा राख्छन्।
– गर्भनिरोधक गोलीले महिलाको पिसाब निकाल्ने ‘एस्ट्रोजेन’ खाद्य श्रृंखला तथा पेयजल दूषित गर्न सक्छ। यो हार्मोनले नै क्यान्सर निम्त्याउन सक्छ।
– गर्भनिरोधक गोली सबैभन्दा बढी १५ देखि २५ वर्ष उमेर समूहका महिलाले प्रयोग गर्छन्। किनभने यो उमेरमा असुरक्षित यौन सम्बन्ध बढी हुन्छ।

– पति-पत्नीमा प्रेम सम्बन्ध सुमधुर राख्न दुवैबीच नियमित रूपमा यौन सम्बन्ध आवश्यक छ। यसले दुवैवीच राम्रो सम्वन्ध स्थापित गर्छ।
– पति-पत्नीमध्ये कसैमा यदि यौनसम्बन्धी समस्या भए, पत्नीले तुरुन्तै पतिलाई बताउँछन्। जबकि यस्ता कुरा पतिले खुलाउँदैनन्। – कुमारहरू विवाहितको तुलनामा बढी चिन्ताग्रस्त हुन्छन्। उनीहरू चाँडै बिरामी पनि पर्ने गरेका छन्।
– नियमित यौनसम्बन्ध स्थापित गर्नाले हृदयरोग, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको जोखिम कम हुन्छ।
– समाजमा यौनका सम्बन्धमा नकारात्मक धारणा छ। यद्यपि वयस्कका निम्ति यौनसम्पर्क अपरिहार्य छ।
– महिलाहरू यौनक्रियाका क्रममा धेरै मुस्किलले चरम सीमासम्म पुग्छन्, जबकि पुरुषले चाँडै त्यो आनन्द प्राप्त गर्न सक्छन्।
– कम से कम ४० प्रतिशत युवतीलाई जव गर्भनिरोधकको आवश्यकता हुन्छ, त्यतिबेला उनीहरूले सहजै प्राप्त गर्न सक्दैनन्।
– धेरैजसो मानिस के सोच्छन् भने कन्डमको प्रयोगले यौन सम्बन्धमा चरमोत्कर्ष प्राप्ति हुँदैन। त्यसैले विर्य स्खलनअघि मात्र कन्डम लगाउँछन्। यद्यपि वीर्य स्खलन अघि पुरुष लिङ्गबाट पानी जस्तो पदार्थ निस्कन्छ र त्यसमा पनि सुक्राणु हुन्छ जुन महिलाको अन्डाशयसम्म पुग्ने सम्भावना धेरै हुन्छ।
– कतिपय पुरुषको लिङ्ग केही टेढो हुन्छ। उनीहरूलाई के लाग्छ भने यो कुनै विकार हो। यद्यपि विकारको स्थिति त्यतिबेला उत्पन्न हुन्छ, जब टेढो हुनुका साथै त्यसमा पीडा र सुन्निने समस्या हुन्छ।