Published On:Thursday, January 1, 2015
Posted by dadad

सभामुखको प्रस्ताव ठिकः काँग्रेस

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसले सभामुख सुभासचन्द्र नेम्वाङको प्रस्ताव मान्ने निष्कर्ष निकालेको छ ।

यसअघि नयाँ संविधानको मस्यौदा बनाउने जिम्मा आफूलाई दिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रस्ताव गरेका थिए ।

काँग्रेसले सभामुखको प्रस्तावमा सहमती जनाउन प्रतिपक्षी एकीकृत नेकपा माओवादी र मधेशकेन्द्रीत दलहरुलाई समेत आग्रह गरेको छ ।

शुक्रबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले नेम्वाङको प्रस्ताव सही भएको औपचारिक निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले माघ ८ मै संविधान जारी गर्नुपर्ने भएकाले सहमतिमा आउन विपक्षी एमाओवादी, मधेसी मोर्चा लगायत दललाई आग्रह गरेको छ ।

यसबारे शुक्रबार नै एमालेसँग छलफल गर्ने र साझा धारणा बनाउने काँग्रेसले जनाएको छ । सत्ता साझेदार दलहरुको साझा धारणा बनाएर अपरान्ह एमाओवादी र मोर्चासँग छलफल गर्ने कांग्रेसको तयारी छ ।

नेम्वाङले मस्यौदा तयार बनाउनका लागि कालकूट विष पीउन पनि तयार रहेको बताएका छन् ।

0 comments for "सभामुखको प्रस्ताव ठिकः काँग्रेस "

Leave a reply

    Popular Posts

    Blog Archive