Published On:Saturday, January 17, 2015
Posted by Unknown

भर्जिन भन्दा अनुभवी श्रीमान चाहन्छन् युवतीहरु ?

एजेन्सी । परिवर्तनको लहर विश्वभर फैलिरहेको छ । यसबाट सबैभन्दा बढी प्रभावित युवा–युवती नै छन् ।
यसैक्रममा गरिएको एक सर्भेका अनुसार युवतीहरुमा भर्जिन श्रीमान पाउने चाहना कम हुँदै गएको पाइएको छ । भारतको अलग–अलग शहरका युवतीहरुमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य सार्वजनिक भएको हो ।
यसक्रममा प्रश्न सोधिएकामध्ये केही युवतीले सेक्सको कुनै अनुभव नभएको पति चाहेको बताए भने, कतिपयको जवाफ एकदमै आश्चर्यमा पार्ने खालको आयो ।
अधिकांशले भने, ‘म भर्जिन श्रीमानको बारेमा खासै सोच्दिनँ, आज समाज कतातिर गइरहेको छ, त्यो कुरा राम्ररी थाहा छ । विवाहसम्म कुर्नेहरु निकै कम हुन्छन् । लिभइन रिलेसनको जमानामा भर्जिन श्रीमानको बारेमा सोचिरहनु आवश्यक छैन ।’
साथै उनीहरुले श्रीमान भर्जिन हो कि होइन भन्ने कुराले आफूहरुलाई कुनै फरक नपर्ने जवाफ दिए ।

0 comments for "भर्जिन भन्दा अनुभवी श्रीमान चाहन्छन् युवतीहरु ?"

Leave a reply

    Popular Posts

    Blog Archive