Published On:Sunday, January 4, 2015
Posted by Unknown

घस्रिएर हिँड्ने बालकको फुटबल खेल्ने सपना

२१ पुस, काठमाडौं । गोरखा नागेश्वरमा १३ वर्षका बालक रामशरण उपरकेाटीको सात वर्षको अवधिमा आठपटक हात र खुट्टा भाँटिए । दुवै खुट्टा तीन-तीनपटक भाँचिएपछि घस्रिएर उनको दैनिकी वितिरहेको थियो । घसि्रएर हिँड्दा हि्वलचियरमा हिँड्ने सपना बोकेका उनको सपना फेरिएको छ ।
हि्वल चियरमा हिँड्ने उनको समाचार छापेपछि हि्वलचियर पाएका उनको उपचाकार लागि काभ्रेस्थित अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्रमा जान लागेका उनको सपना फेरिएको र डाक्टर बन्ने लक्ष्य राखेको नयाँ पत्रिकामा खबर छ ।
अस्पतालमा पुगेका उनले डाक्टरलाई आफूलाई राम्ररी हिँड्न सक्ने बनाइदिन आग्रह गरेका थिए । हिँड्न सक्ने भएपछि फुटबल खेल्ने सपना बोकेका उनले पछि राम्ररी पढेर डाक्टर हुने बताए ।@onlinekhabar

0 comments for "घस्रिएर हिँड्ने बालकको फुटबल खेल्ने सपना"

Leave a reply

    Popular Posts

    Blog Archive