ओलीको भनाइप्रति भट्टराईको टिप्पणीः कागले आफ्नो नाम आफैं काढ्यो

Posted by Unknown | Saturday, January 31, 2015 | Posted in ,

एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले १० अर्ब दिए माओवादीले आन्दोलन रोक्न सक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार लगाएको आरोपको प्रतिवाद गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा दिँदै भट्टराईले प्रतिवाद गरेका हुन्।

'संसारमा सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने कुख्यात सिद्धान्त ओलीको मौलिक आविस्कार नभएर दलाल तथा नोकरशाही पूँजीपति वर्गको पुरानै जानेमाने सिद्धान्तको भद्दा सुगा रटाइ मात्र हो,' डा. भट्टराईले भनेका छन, ‘कागले आफ्नो नाउँ आफैं काढेर सार्वसाधारणलाई काग चिन्न बेलैमा मद्दत गरेकोमा ओली महोदयलाई सबैले धन्यवाद दिनैपर्छ कि ?’

भट्टराईले ओलीको नेतृत्वमा पार्टी कसरी तीव्र गतिमा प्रतिगमनको मतियार बन्दैछ भन्ने बेलैमा बुझ्न एमाले नेताहरुलाई आग्रहसमेत गरेका छन्।
एमाले अध्यक्ष ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाओवादीलाई पैसामा बिक्ने पार्टी भन्दै १० अर्ब दिए आन्दोलन रोक्ने दाबी गरेका थिए।@setopati

एमाओवादीलाई १० अर्ब दिए संविधानसभा खुल्छ : ओली

Posted by Unknown | | Posted in ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई १० अर्ब दिए संविधान बन्ने र उसले आन्दोलन पनि नगर्ने दाबी गरेका छन्।
एमाले पार्टी मुख्यालय बल्खुमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, 'व्यवस्थापिका संसद रोकिएको थियो, त्यो खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुल्यो।’ उनले अघि थपे-‘५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ, बाहिर उफ्रन बन्द हुन्छ।’
'राजनीति होइन, तमासा हो, संविधान बनाउने होइन, बनाउने भए नबनाउनेसँग बाहिर तोडफोड किन मच्चाउने?' ओलीले भने,' एमाओवादीले संविधान बनाउन नचाहेको र राजनीतिका नाममा तमासा गरिरहेको छ,' @setopati

५ रुपैयाँ संंकलन अभियानबाट पुस्तकालय स्थापना

Posted by Tekman Shakya | | Posted in

घनश्याम श्रेष्ठ,
माघ १७, काठमाडौँ । ५ रुपैयाँ संकलन अभियानको १४ औं कार्यक्रम अन्तर्गत बाग्लुङ जिल्लाको मुन्द्री देब निम्न माध्यमिक बिद्यालयमा एक विशेष कार्यक्रम गरि पुस्तकालय स्थापना गरिएको छ । 

सामाजिक सन्जाल टुइटर प्रयोगकर्ताहरु बाट संकलन भएको नयाँ तथा पुराना विभिन्न स्तरका करिब २ हजार पुस्तक सहित त्यहाँ पुस्तकालय स्थापना गरिएको छ ।

कार्यक्रममा विद्यार्थी ,अभिभावक ,शिक्षक ,बुद्धिजीवी गरि करिब ३०० जना सहभागी थिए । 

बिद्यालय र स्थानीयहरु पुस्तकालय निर्माण कार्यबाट उत्साहित हुँदै रु ५ संकलन अभियानलार्इ स्कुलका प्राध्यापकले हार्दिक धन्यवाद व्यक्त गर्दै रु ५ अभियन्ता भरत सापकोटा लार्इ सम्मान पनि गरेका थिए ।

 कार्यक्रममा प्राध्यापकले अबका दिनमा पुस्तकालय प्रभाबकारी रूपमा संचालन हुने  जानकारी दिए । 

कार्यक्रम भब्य र सभ्य रुपले सम्पन्न भएको हामीलाई रु ५ अभियन्ता भरत सापकोटाले जानकारी दिए ।

सात किसिमका पत्‍नीहरु

Posted by Unknown | Friday, January 30, 2015 | Posted in

तपाईँलाई थाहा छ पत्‍नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्‍नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्‍नीहरुको बारेमा बयान गरेका हुन्।
buddha
कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए। सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्‍नी बारे उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छ-
१) बधक पत्‍नी
जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्‍नी बधक पत्‍नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।
२)चोरीसम (चोर) पत्‍नी
पतिले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।
३) आयासम (स्वामिनी) पत्‍नी
केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।
४) मातुसम (आमा जस्ती) पत्‍नी
आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे। यस्ती पत्‍नी सदाचारयुक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।
५) भगिनीसम (बहिनी जस्ती) पत्‍नी
पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।
६)सखीभरिया (साथी जस्ती) पत्‍नी
पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।
७) दासीसम (दासी जस्ती) पत्‍नी
कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।
सात प्रकारका पत्‍नीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका पत्‍नीहरु छन्। यी मध्ये तिमी आफूलाई कुन प्रकारकी पत्‍नी मान्छौ ? (बौद्ध ग्रन्थ Anguttara Nikaya(7:59; IV 91-94) मा यसको वर्णन पाइन्छ

महिलाले जित्ने १० चिज

Posted by Unknown | | Posted in


 १. दिमागी क्षमता अर्थात् आइक्यू : क अध्ययनले के देखाएको छ भने महिलाहरुमा पुरुषमा भन्दा आइक्यू क्षमता बढि हुन्छ । स्मरण शक्ति तथा तर्कशीलताको मामिलामा महिलाहरु पुरुषभन्दा अगाडि हुने कुरा अमेरिकी अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ ।

२. सरसफाइ : सरसफाइको मामिलामा पनि महिलाहरु पुरुषभन्दा अब्बल हुन्छन् । अमेरिकाको सानडियागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कार्यालयमा पुरुष कर्मचारीको टेबल महिला कर्मचारीको भन्दा फोहोर हुने गर्छ । उनीहरुका अनुसार पुरुषले काम गर्ने ठाउँमा महिलाले काम गर्ने ठाउँमा भन्दा २० प्रतिशत बढि ब्याक्टेरिया हुन्छन् ।

३.तनावको सामना : तनावको सामना गर्ने र महत्वपूर्ण कामका लागि राम्रो तयारी गरेर उक्त कामकुरामा आफ्नो क्षमता मज्जाले देखाउने मामिलामा महिलाहरु पुरुषभन्दा अब्बल मानिन्छन् । शोधकर्ताहरुका अनुसार यहीँ क्षमताका कारण प्राय नयाँ जागिर खान जाने मामिलामा अन्तरवार्ताको क्रममा महिलाको प्रस्तुती पुरुष प्रतिस्पर्धीको भन्दा राम्रो हुन्छ ।

४.सुन्दरता : सुन्दरताको मामिलामा त महिलाहरु पुरुषभन्दा दश कदम अगाडि हुन्छन् नै । अध्ययनले पनि के देखाएको छ भने जैविक क्रम विकाशकै सिलसिलामा महिलाहरु आफ्ना पुर्खा भन्दा सुन्दर बन्दै गएका छन् । अझ रोचक कुरा त के भने सुन्दर महिलाहरुले अरु सामान्य महिलाले भन्दा बढि बच्चा जन्माउँछन् र सुन्दर महिलाको पहिलो बच्चाको रुपमा अक्सर छोरी जन्मिन्छ ।

५.दुर्घटनामा जोगिने : अध्ययनले के देखाउँछ भने विभिन्न खालका सडक दुर्घटनामा महिलाहरु भन्दा पुरुषहरुको मृत्यु धेरै हुनेगर्छ । अझ रोचक कुरा त के भने कुनै गाडि दुर्घटना हुँदा त्यसका महिला यात्रु भन्दा पुरुष यात्रुको मृत्युको दर बढि हुन्छ । अध्ययनले कार दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको जोखिम ७७ प्रतिशत बढि हुने देखाएको छ ।

६.मनको बह पोख्नमा अब्बल : आफ्नो मनको बह, समस्या वा पीडा साथीसँगीसँग बिसाएर समस्याको समाधान खोज्ने मामिलामा पनि महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

७. महिलाहरु पुरुषको तुलनामा स्वस्थ भोजनका पारखी हुन्छन् । पुरुषहरु मासुका परिकार तथा ड्राइ फुड बढि मन पराउँछन् भने महिलाहरु सादा खानामा रुची राख्छन् ।

८.महिलाहरुमा रोग प्रतिरोधी क्षमता पुरुषमा भन्दा बढि हुन्छ । यो इस्ट्रोजेन हर्मोनका कारण भएको हो ।

९.महिलाको आयू बढि : तथ्यांकले के देखाउँछ भने विश्वमा भएका १ सय वर्ष भन्दा बढि उमेरका मानिसमध्ये १ सय मा ८५ जना महिला नै छन् । यसको अर्थ के भने महिला पुरुषभनदा औषतमा १० वर्ष बढि बाँच्छन् ।

१०.महिला हाकिम भएको कार्यालयमा कामदारको कार्यसम्पादन उच्च हुनेमात्र होइन महिलाले गरेको लगानीले दिने प्रतिफल पुरुषको लगानीको तुलनामा बढि हुन्छ ।

लोकसेवा आयोगको परीक्षामा भाषाको भूमिका

Posted by Unknown | Thursday, January 29, 2015 | Posted in

 श्यामकुमार सिंह

लोकसेवा आयोगको परीक्षामा सफलता प्राप्त गर्न भाषाको महत्त्वपूर्ण भूमिका हुन्छ । यो परीक्षा तीन चरण- प्रारम्भिक, मुख्य परीक्षा र अन्तर्वार्ताका रूपमा सम्पन्न हुन्छ । यीमध्ये अन्तिम चरण अन्तर्वार्तालाई छाडेर पहिलो दुवै परीक्षामा कुनै पनि परीक्षार्थीको छनौट धेरै हदसम्म उसको लिखित तथा मौलिक भाषा क्षमतामै निर्भर हुन्छ । त्यसो त अन्तर्वार्तामा पनि अभिव्यक्तिको भाषाको महत्व कम छैन । लोकसेवा आयोगको तयारी गर्ने उम्मेदवारहरू पढ्न र ज्ञान आर्जन गर्न पर्याप्त ध्यान दिन्छन्, तर आफ्नो भाषाशैली र अभिव्यक्तिमाथि त्यति ध्यान दिंदैनन् । 

भाषामाथिको राम्रो पकडले लोकसेवा आयोगको परीक्षामा मात्र होइन, जीवनका प्रत्येक क्षेत्रमा अहं भूमिका निर्वाह गर्छ । भाषा हाम्राे सोचलाई अभिव्यक्त गर्ने एउटा माध्यम हो । जब हामी कुनै विषयमा बोल्छौं वा लेख्छौं भने उक्त विषयविशेषका साथै भाषाको शब्द छनोट, वाक्य संरचना, व्याकरण आदिमाथि पनि विशेष ध्यान दिनुपर्छ । भाषाको महत्व लोकसेवा आयोगको परीक्षामा मात्र होइन कि जीवनका अन्य क्षेत्रमा पनि उत्तिकै छ । बैंकिङ तथा वित्तीय, शिक्षक सेवा, रक्षा सेवा, प्रशासनिक सेवा, बहुराष्ट्रिय कम्पनी आदि सबै सेवा एवं क्षेत्रको परीक्षामा भाषाको विशिष्ट महत्व रहँदै आएको छ । 

भाषाको प्रयोग

भाषाको प्रयोग प्रत्येक व्यक्तिले गर्छ, तर सामान्य मानिसको भाषा र शिक्षित व्यक्तिको भाषामा अन्तर हुन्छ । सामान्य बोलचालको भाषा र विषयविशेषको भाषामा पनि पर्याप्त अन्तर हुन्छ । सामान्य भाषाले व्याकरणको नियम अथवा वाक्य संरचनाको ख्याल गर्दैन जब कि विषयविशेषको भाषाको आफ्नै अनुशासन र आशय हुन्छ । जस्तो इतिहास, भूगोल, अर्थशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, विज्ञान आदि विषयको आ-आफ्नै विशेष शब्दावली छन् । यी विषयको धेरैजसो शब्द आममानिसद्वारा प्रयोगमा ल्याइँदैन । यसैप्रकार चिकित्सा, इन्जिनियरिङ, रक्षा सेवा आदिसँग सम्बन्धित विशेष शब्द हुन्छन् जसको प्रयोग सम्बन्धित व्यक्तिले मात्र गर्छन् । यिनै शब्दलाई विशेष भाषा भनिन्छ । लोकसेवा आयोगको परीक्षाका लागि यो विशेष भाषाको स्तरीय ज्ञान अति आवश्यक छ । भाषा क्षमतालाई समृद्ध गर्न ज्ञानका विविध विषय र त्यसको शब्दावलीप्रतिको सजगता आवश्यक छ ।

भाषा-क्षमताको आशय

भाषा-क्षमताको अर्थ हामी जे भन्न वा लेख्न चाहन्छौं, त्यसलाई बिना कुनै गल्ती अभिव्यक्त गर्नु नै हो । व्याकरणको बुझाइ, पर्याप्त शब्द-सम्पदा र शब्द प्रयोग आदि केही यस्ता गुण छन् जसका आधारमा आफ्नो अभिव्यक्तिलाई बलियो र प्रभावशाली बनाउन सकिन्छ । भाषा क्षमताको अर्थ कुनै भाषाको प्रयोग हामी कति साधिकार गर्छौं अथवा हामी जे कुरा बोल्न वा लेख्न चाहन्छौं त्यसलाई पूर्ण रूपमा व्यक्त गर्न कति सक्षम छांै भन्ने पनि हो । प्राय: हामी भाषाको प्रयोग त गर्छौं तर हाम्रो भाषा क्षमता कस्तो छ त्यसको आँकलन कमै गर्छौं । भाषा क्षमताको अभिप्राय अलंकृत भाषाको प्रयोग होइन । पहिले अलंकारिक भाषाको प्रयोगलाई विद्वताको पर्याय मानिन्थ्यो, तर आज आधुनिक लेखनमा सहज र सम्प्रेषणीय भाषाको प्रयोगलाई महत्त्व दिइन्छ, त्यसैले आज नेपाली मात्र होइन कि संसारका सबै भाषा सरलता र सहजतातर्फ बढिरहेका छन् । केही परीक्षार्थी कठिन शब्दमा विश्वास गर्छन् । यिनले केही कठिन शब्दलाई संग्रह गर्छन् र तिनै शब्दलाई आफ्नो लेखनमा यथासम्भव प्रयोग गर्छन्, तर बिना सन्दर्भको कठिन र अप्रत्याशित शब्दको प्रयोगले वाक्य रचनामा अनेकौं अशुद्धि देखा पर्छ, जसले परीक्षकमाथि प्रतिकूल असर पार्छ ।

भाषाको भूमिका

लोकसेवा आयोगको परीक्षाको तीनवटै चरणमा भाषाको अहं भूमिका रहिआएको छ । यद्यपि प्रारम्भिक परीक्षामा लेख्ने आवश्यकता पर्दैन, किनभने त्यहाँ सबै प्रश्न बहुवैकल्पिक हुन्छन् जसमध्ये कुनै एउटा सही उत्तरको छनौट गर्नुपर्छ, तर पनि बहुवैकल्पिक प्रश्न यस्ता हुन्छन् जसलाई बुझ्न सकिएन भने उत्तर गलत हुने सम्भावना हुन्छ । तार्किक योग्यतासँग सम्बन्धित बढीभन्दा बढी प्रश्नको उत्तर दिन त्यसलाई पूर्ण रूपमा बुझ्नुपर्ने हुन्छ । यस्ता प्रश्नहरू हल गर्दा सतर्क रहनुपर्छ । यदि भाषामाथि राम्रो पकड छ भने यस्ता प्रश्नलाई सजिलै हल गर्न सकिन्छ । 

लिखित परीक्षाको प्रारम्भ निबन्ध-लेखनबाट हुन्छ । यसमा भाषा ज्ञानलाई नै परीक्षण गरिन्छ । लिखित परीक्षामा नाम निकाल्न निबन्धात्मक प्रश्नको अंक धेरै सहयोगी सावित हुनसक्छ । विषय विशेषको जानकारी त सबै परीक्षार्थीलाई हुन्छ नै, तर त्यसको प्रस्तुतीकरणले अंक प्राप्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले प्रस्तुतिमा भाषाको भूमिका अहं हुन्छ । कतिपय अवस्थामा विषयवस्तुको ज्ञान हुँदाहुँदै पनि भाषा प्रस्तुतीकरणको अभावमा अपेक्षित सफलता प्राप्त हुन सक्दैन ।

अन्तर्वार्तामा पनि भाषाको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । यदि कसैको मौखिक भाषाशैली विशिष्ट छ भने उसले प्रभावशाली तरिकाले आफ्नो भावना व्यक्त गर्न सक्छ । अन्तर्वार्तामा सोधिएको प्रश्नको उत्तर राम्रोसँग जान्दा-जान्दै पनि यदि कसैले त्यसलाई राम्रोसँग अभिव्यक्त गर्न सकेन भने उसले निराश हुनुपर्ने हुनसक्छ । वस्तुत: अन्तर्वार्ता ज्ञानको परीक्षा नभएर उम्मेदवारको बुझाइ र अभिव्यक्तिको मूल्यांकन हो ।

भाषाकौशलको विकास

यदि कोही लेखनकलामा निपुर्ण छ भने उसको लेख सधैं प्रभावशाली हुन्छ चाहे उसले लोकसेवा आयोगको परीक्षामा लेखिरहेको होस् वा जीवनको अन्य क्षेत्रमा, तर लेखन कलामा उक्त निपुर्णताको विकास अचानक वा केही दिनमै प्राप्त गर्न सकिँदैन । यसका लागि निरन्तर अभ्यासका साथै केही यस्ता उपाय छन् जसको मद्दतले भाषाशैलीलाई बढीभन्दा बढी प्रभावशाली बनाउन सकिन्छ । 

१.     प्रत्येक दिन नयाँ शब्द सिक्नुपर्छ ।

२.     गहन अध्ययन गर्न र त्यसलाई बुझ्न व्याकरणमा विशेष ध्यान दिनुपर्छ ।

३.     भाषाको माध्यमबाट अवलोकन क्षमताको विकास गर्नुपर्छ ।

४.     कुनै तथ्य र सूचनालाई विश्लेषण गर्न तथा त्यसबाट निष्कर्ष निकाल्ने क्षमताको विकास गर्नुपर्छ ।

६.     भाषा संरचना, शब्दावली र त्यसको व्यावहारिक पक्षको ज्ञान आवश्यक छ ।

७.     लेखनमा शब्दसीमा उल्लंघन गर्नु हुँदैन ।

८.     न्यूनतम शब्दमा अधिकतम भाव व्यक्त गर्दा बिन्दु शैली अपनाउनुपर्छ ।

९.     प्रस्तावना र उपसंहारमा बढी समय खेर फाल्नु हुँदैन ।

अन्तर्वार्ताको माध्यम

अन्तर्वार्ताको माध्यम नेपाली भाषा हो तर आजभोलि अंग्रेजीको प्रयोग पनि हुन थालेको छ । विश्व्यापीकरणको प्रभावले अंग्रेजी भाषा अहिले सबैको भाषा बन्दै गएको छ । भाषा चाहे नेपाली होस् वा अंग्रेजी राम्रो संवाद कुन भाषामा हुन्छ त्यही भाषा उम्मेदवारले छनोट गर्नु उपयुक्त हुन्छ ।

तनावबिना परीक्षाको तयारी 

परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरूमा एक किसिमको तनाव उत्पन्न हुन्छ । के पढ्ने, के नपढ्ने द्विविधा हुन्छ । सोचेजस्तो नतिजा आएन भने के गर्ने ? भन्ने कुराले पनि उत्तिकै चिन्ता बढाइरहेको हुन्छ । यद्यपि यस किसिमको तर्क-वितर्कले तनाव बढाउनेबाहेक केही गर्दैन । त्यसैले यतिबेला सही ढंगले अभ्यास गरियो भने नतिजा सोचेजस्तै आउन सक्छ । 

उपयुक्त वातावरण 

अध्ययन प्रारम्भ गर्नुअघि सुनिश्चित गरौं कि के पढ्ने कोठाको वातावरण सही छ ? ओछ्यानमा बसेर पढ्नु राम्रो होइन । पढाइका लागि स्टडी टेबल नै उपयुक्त हुन्छ । कोठामा पढाइमा बाधा पुग्ने किसिमका सामग्रीहरू राख्नु हुँदैन । सकेसम्म खुला, उज्यालो र हावा सहज रूपमा आवत-जावत गर्ने कोठा उपयुक्त हुन्छ । 

निद्रा पूरा भएन भने पढेको कुरा ग्रहण गर्न गाह्रो हुन्छ, त्यसैले हरेक रात कम्तीमा ७ घण्टा राम्रोसँग निदाउनुपर्छ । अध्ययनका क्रममा मोबाइल चलाउन, टिभी हेर्न एवं संगीत सुन्न बन्द गरौं । उक्त अवधिमा फेसबुक प्रयोग नगरौं । यसले अध्ययनमा एकग्रता हुन दिँदैन । 

अभ्यासले बढ्छ एकाग्रता

एकैपटक धेरै च्याप्टर पढ्दा पाठ याद गर्न गाह्रो हुनुका साथै तनाव पनि बढ्छ । त्यसैले सरल ढंगले अभ्यास गरौं । दैनिक एक वा दुई च्याप्टर पढौं तर, पढिएको पाठ राम्रोसँग याद हुनुपर्छ ।

पढ्ने प्रभावकारी उपाय 

नोटबुक एवं पुस्तकको महत्त्वपूर्ण वाक्य/शब्दलाई हाइलाइटरले मार्क गरौं । यसले मस्तिष्कमा भिजुअल मेमोरी बनाउन मद्दत गर्छ । पढिसकेको पाठबाट महत्वपूर्ण वाक्य छनौट गरेर छुट्टै कपीमा लेखौं । 

थाकेको मस्तिष्कलाई आराम दिन बेला-बेला ब्रेक लिनुपर्छ । त्यतिबेला गहिरो सास लिनुपर्छ । यस्तो ब्रेकमा मनपर्ने संगीत सुन्न सकिन्छ, हल्का स्न्याक्स खान तथा १० मिनेटजति बाहिर हिँड्न सकिन्छ । त्यसपछि नयाँ ऊर्जाका साथ पढाइ सुरु गर्नुपर्छ । यद्यपि ब्रेकका क्रममा टिभी हेर्नु, भिडियो गेम खेल्नु वा मोबाइलमा कुराकानी गर्नु हुँदैन, किनभने त्यसले तनाव वढ्न सक्छ । 

रिभिजन आवश्यक 

मनोवैज्ञानिकहरूले गरेको शोधअनुसार पढेको २४ घन्टा पछि हामी त्यसलाई बिर्सन थाल्छौं । केहि दिन वा हप्ता बितेपछि भुल्ने क्रम अझ बढ्छ । त्यसैले विद्यार्थीले १, २, ७, १५ वा ३० दिनपछि पढिएको च्याप्टर रिभिजन गर्नुपर्छ । यस क्रममा पुरै पाठ छिचोल्नुपर्छ भन्ने छैन । बरु नोट एवं च्याप्टरमा हाइलाइट गरिएको कुरा दोहोर्‍याउनु पर्छ । 

आफ्नो परीक्षा आफै लिने 

स्व-मूल्यांकनले आफ्नो गल्ती सुधार्ने मौका मिल्छ । त्यसैले हप्तामा एकपटक आफैले आफ्नो परीक्षा लिनुपर्छ । यस किसिमको अभ्यासले लेखन शैली सुधार हुनुका साथै आत्मविश्वास पनि बढ्छ । 

परीक्षा हलमा के गर्ने 

प्रश्नपत्र ध्यानपूर्वक पढिसकेपछि मात्र जवाफ दिन थाल्नुपर्छ । यदि कुनै प्रश्न कठिन लागेको अवस्थामा त्यसलाई छाडेर दोस्रो प्रश्न हल गर्नुपर्छ । सहपाठीहरूको गतिविधिप्रति ध्यान दिनु हँुदैन । उनीहरूले कति कपी थपे भन्ने कुराको गणना गर्नु हुँदैन । मौलिक जवाफ लेख्नुपर्छ । 

तनावरहित हुने 

परीक्षा दिइसकेपछि साथीसँग प्रश्नपत्रका बारेमा चर्चा नगरौ । परीक्षा केवल मूल्यांकन गर्ने एउटा विधि मात्र हो, जसवाट वर्षभर विद्यार्थीले कति कुरा जानेको छ भन्ने थाहा हुन्छ । प्राप्त अंक थोरै भयो भनेर पनि चिन्ता लिनु आवश्यक छैन । बरु, शिक्षक एवं अभिभावकसँग आग्रह गरौं कि, सही ढंगले पढ्न उनीहरूले सहयोग गरून् । 
 @ekantipur

रंगियो गरिमाको सिउँदो

Posted by Unknown | | Posted in

बन्दिपुरमा छायांकन भैरहेको फिल्म 'तीन घुम्ती’मा इन्द्रमाया बनेकी अभिनेत्री गरिमा पन्तको लुक्स बाहिरिएको छ । निर्देशक बाबुराम ढकालले आफ्नो फेसबुक मार्फत गरिमाको लुक्स सार्वजनिक गरेका हुन् ।
 
 
चर्चित साहित्यकार एवं राजनेता स्वर्गिय विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृती 'तीन घुम्ती'मा आधारित रहेर यो फिल्म बनिरहेको छ । फिल्ममा पिताम्बरको भूमिकामा भने कलाकार ध्रुब दत्त देखिएका छन् ।
 
 
अविवाहित गरिमाको सिउँदोमा सिन्दुर देखिएको छ । बाबुराम ढकालको निर्देशनमा यो फिल्मको छायांकन बन्दीपुरमा भैरहेको छ । बन्दीपुरमा करिब एक महिना बसेर ८० प्रतिशत छायांकन सक्ने योजना रहेको निर्देशक ढकालको छ ।@filmykhabar

अर्जुनको नयाँ छलाङ

Posted by Unknown | | Posted in

नेपाली फिल्म तथा आधुनिक गीतमा संगीत भरेर चर्चामा आएका संगीतकार अर्जुन पोख्रेल मुम्बई लागेका छन् । ‘छुट्छ कि साथ', 'सररर बेगमारी', 'सुन्छु तिमीले मलाई', 'तिम्रो आँखामा आँशु हेरी’ लगायतका थुप्रै चर्चित गीतका हिट संगीतकार मिक्सिङको तालिमका लागि मुम्बई लागेका हुन् ।
 
यो समयमा उनले बलिउड फिल्मका चर्चित पाश्र्व गायकहरुको आवाजमा केही गीत रेकर्ड गर्ने तयारी पनि गरेका छन् । उनले अर्जित सिंह, मिल्खा सिंह, अतिफ अस्लम लगायतका गायकसँग काम गर्न लागेको जानकारी दिएका छन् । उनले एक हिन्दी गीतमा पनि संगीत भर्नेछन् ।
 
भारतबाट नै सार्वजनिक गर्ने ‘क्या कुछ नही होता प्यारमे सनम’ बोलको गीतमा आफूले संगीत भर्न लागेको अर्जुनले जानकारी गराएका छन् । अहिलेका व्यस्त संगीतकार पोख्रेलले छविराज ओझा, सुदर्शन थापा, ज्ञानेन्द्र देउजा, गोपिकृष्ण मुभिज, सुशिल पोखरेल लगायतका चर्चित फिल्मकर्मीको फिल्ममा संगीत गरिरहेका छन् ।

लोक गायक पशुपती शर्मा अब चलचित्रमा

Posted by Unknown | | Posted in



धेरैको रोजाइमा पर्न सफल लोकगायक पशुपती शर्मा नेपाली कथानक चलचित्र ‘ब्रास्लेट’मा आवद्ध भएका छन् । यो चलचित्रमा उनले अभिनय गर्ने भने छैनन् । गायिका टिका पुनसँग उनले गीत गाउँने छन । केशव भट्टराईको निर्माणमा तयार हुन लागेको यो चलचित्रको निर्मल शर्मा ‘गैडा’ले निर्देशन गर्ने छन् । नायक जीवन लुईंटेलको मुख्य भूमिका रहेको यस चलचित्रमा कथाबस्तुले लोक भाका मागेको हुनाले पशुपती र टिकाको पाश्र्व गायन समावेश गर्न लागिएको हो । फागुन महिनाको अन्त्यतिर सुटिङ शुरु हुने भनिएको यो चलचित्रमा जीवन लुईटेलका साथमा पर्दामा राजनी केसी देखिने बताईएको छ । फिल्मको कथा जया ओझाले लेखेकी हुन् ।     

पूर्वाधारबिनै नेपाल प्रहरीमा १० हजार जनशक्ति थप्ने

Posted by Unknown | | Posted in

१६ माघ, काठमाण्डौ, सरकारले आवश्यक पूर्वाधारबिनै नेपाल प्रहरीमा १० हजार जनशक्ति थप्ने तयारी गरेको छ । कारोबार दैनिकमा समाचार छ ।
भएका जनशक्तिलाई चाहिने भौतिक पूर्वाधार ब्यवस्थित नगरी सरकारले मुलुकलाई दीर्घकालिन आर्थिक भार पर्ने गरी ठूलो संख्यामा जनशक्ति थप्न लागेको हो । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जनशक्ति थप्ने विषयमा समान्य प्रशासन र अर्थ मन्त्रालयसँग छलफल चलिरहेको छ ।

आज सहिद दिवस

Posted by Unknown | | Posted in

हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए । सहिदहरुको सम्झनामा हेटौडा स्थित सहिद पार्कमा कुदिएका विर नेपाली छोराहरुको तस्विर।

नातिको भूमिका तयार गर्दै पूर्वराजा

Posted by Unknown | | Posted in

१६ माघ, काठमाण्डौ, आफ्नो निजी बगानमा राजतन्त्रलाई फर्काउन सकिने वा नससकिने डिजाइन बुन्दै पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं आउँदैछन् । बालखसा प्रभुशमशेर जवरा, पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंह, पूर्वसैनिक सचिव शान्तकुमार मल्ल, रेणु राणा, करुणा राणा र प्रभुशमशेर पत्नी राज्य राणा लगायतका अति निकटसँग उनी बसेका छन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको स्रोतले बतायो । बसाइका क्रममा पूर्वराजाले आफ्नो निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाक्टर फणीराज पाठकलाई पनि राख्नुभएको थियो ।
नयाँ संविधान बन्न नसकेको अवस्थामा र प्रतिपक्षी दलले आन्दोलन घोषणा गरी सडक सर्घषमा गएको अवस्थामा पूर्वराजाले अति निकट मानिएकाहरुसँग  अति महत्वपूर्ण छलफल गरेका हुन् ।
छोरा पारस थाइल्याण्डमा बस्न थालेपछि नाति ह्रदयेन्द्रलाई सँगै लग्न थालेका पूर्वराजाले आफ्नो भूमिका नातिका लागि तयार गरिरहेका छन् । स्रोतका अनुसार निकटसँग भएको छलफलमा अबको राजतन्त्रको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल भएको थियो ।  नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
 

सभासद् गृहजिल्लामाः सिंहदरबार सुनसान

Posted by Tekman Shakya | | Posted in

१५ माघ, काठमाडौ । आफ्ना फरक फरक उद्देश्यका साथ सत्तारुढ र विपक्षी दलका सभासद्  गृहजिल्ला जाने क्रम बढेपछि यतिखेर सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिनन थालेको छ । साथै संसदीय समितिका गतिविधि प्रभावित हुन पुगेका छन् । 

एकीकृत नेकपा (माओवादी)को संविधानसभा र व्यवस्थापिका–संसद्का समिति बहिष्कारको घोषणा गर्दै आफ्ना कुरा लिएर जनतामा जाने नीति र प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस एवम् नेकपा (एमाले) ले संविधान निर्माणका बारेमा जनतालाई यथार्थ जानकारी गराउने निर्णय गरेपछि सभासद् जिल्ला गएका हुन् ।
  
व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डलेलाई आमन्त्रण गरेर आज महत्वपूर्ण विषयमाथि छलफलका लागि बैठक बोलाए पनि बैठक गणपूरक सङ्ख्या नपुगेपछि केही ढिला सुरु भएको थियो ।

समितिमा गणपूरक सङ्ख्या नपुगेकाका सम्बन्धमा  समितिका सभापति सुशीलकुमार श्रेष्ठ आआफ्ना पार्टीका निर्देशन र जिल्लाका योजना छनोटका लागि सभासद् जिल्लामा गएका कारण त्यस्तो अवस्था आएको बताउछन् ।
सभापति श्रेष्ठले सभासद्ले आवश्यक छलफलका लागि वैधानिक थलो संविधासभा हुँदा हँुदै जिल्लामा जानु उचित नभएको बताए ।

संविधानसभामा यही माघ ५ गते एमाओवादी र मधेसी मोर्चा आबद्ध सभासद्द्वारा तोडफोड र माघ ११ गते विपक्षीको अवरोध भए पनि  सभाध्यक्षद्वारा प्रस्ताव समिति गठनपछि दुई ध्रुवमा विभाजित सभासद् आआफ्ना उद्देश्यका साथ जिल्ला गएपछि सिंहदरबार यतिखेर सुनसान देखिएको हो ।

सभाध्यक्षको कदमको विरोध गर्दै प्रमुख प्रतिपक्षी एमाओवादीले सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुसार संविधानसभा र व्यवस्थापिका–संसद्का सबै समितिमा उपस्थित नहुने तथा संविधानसभामा भएका गतिविधिका बारेमा जनतालाई जानकारी गराउन जिल्ला जाने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले बताए ।

यस्तै प्रमुख सत्ता घटक काँग्रेस र एमालेले पनि संविधानसभामा भएको यथार्थ जानकारी जनतालाई गराउन जिल्ला जान निर्देशन दिएपछि अधिकांश सभासद् जिल्ला गएका छन् । 

एमालेका प्रमुख सचेतक अग्नि खरेलले संसदीय दलको बैठकले संविधानसभामा भएको यथार्थ जानकारी जनतालाई गराउनका लागि जिल्ला जान निर्देशन दिएपछि सभासद् ११ दिनका लागि आआफ्ना गृहजिल्ला गएको बताए ।
नेता खरेलले संविधानसभा,  प्रस्ताव समितिमा रहेका सभासद् भने आगामी शनिबार बस्ने बैठकमा उपस्थित हुन आइपुग्ने जानकारी दिए ।

यसै अवधिमा माघ मसान्तसम्म जिल्ला, नगर तथा वडाबाट योजना तर्जुमा गर्ने अन्तिम समय भएकाले पनि अधिकांश सभासद् आआफ्ना जिल्लामा व्यस्त छन् । 

सिंहदरबार परिषरमा आज भेटिनुभएका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफू शुक्रबार नै जिल्ला जाने अवगत गराउँदै पार्टीले जिल्लामा जान निर्देशन दिएका कारण सभासद् जिल्लामा गएको बताए ।
यसरी विभिन्न उद्देश्यले सभासद् जिल्लामा गएपछि सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिनाका साथै संसदीय समितिका गतिविधि प्रभावित भएका छन् ।

माटोका भाँडोमा जीवन खोज्छन् गुल्मी अमरपुरका कुमाल समुदाय

Posted by Tekman Shakya | | Posted in ,

संगम महत,
गुल्मी । गुल्मीको अमरपुर गाविस वडा नं. १ र २ वुल्मका स्थानियले माटाको भाडा बनाएर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा माटाको भाडा वनाउँदै आएका स्थानिलयले सरकारी सहयोगमा अहिले व्यवसायिक उत्पादन गर्न थालेका छन् । 

माटोका घैटा, हाँडी जस्ता भाँडा बनाउँदै आएका स्थानियहरुले अहिले सेरामिक्स स्थापना भएपछि आफुहरुको सिप र क्षमतालाई आर्थीक आम्दानीमा परिणत गर्न सफल भएको बताएका छन् । विषेश गरि कुमाल समुदायको वस्ति रहेको त्यस क्षेत्रमा पहिले गाउँघरको प्रयोगका लागि मात्रै उत्पादन गरिन्थ्यिो भने अहिले त्याँहाको उत्पादन सहर वजारसम्म पुग्न थालेको छ । 

स्थानिय धने कुमालले भने  पहिले बाटो थिएन राम्रो भाडा पनि वनाउन आँउदैन थ्यो तर अहिलेत राम्रो राम्रो भाँडा वनाउन सक्छु । वजार पु¥याउन पनि गाह्रो छैन आम्दानी पनि राम्रै हुन थालेको छ । तर उनिहरुले  भाडा वनाउने कच्च पदार्थको सहज उपलब्धता नहुँदा आफ्नो पेशालाई चाहेजस्तो विस्तार गर्न नसकेको गुनासो गरेका छन् । 






महिलाका स्तन बारे ७ रोचक तथ्य

Posted by Unknown | | Posted in


महिलाप्रति पुरूषहरूको आकर्षण प्राकृतिक हो । महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थल अर्थात् स्तनबाट पुरूषहरु झनै आकर्षित हुन्छन् । विभिन्न संस्थाहरुले गरेको अध्ययनमा प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ । स्तन महिलाको सौन्दर्यको एक अभिन्न अंग नै हो यसमा दुईमत नहोला । पुरूषलाई सहजै आकर्षित गर्ने आफ्नो स्तनको सुरक्षा तथा स्तनसम्बन्धी रोगहरूबाट बच्नु महिलाहरूका लागी एउटा चुनौतीकै विषय हो । पुरूषहरूलाई आकर्षित गर्ने स्तनका केही तथ्यहरू बेला-बेलामा सार्वजनिक हुने गरेका छन् । यस्तै केही तथ्यहरू भर्खरै पनि सार्वजनिक भएका छन् ।
ती मध्ये केही तथय्हरू यस्ता छन्...

१. बायाँ स्तन ठूलो हुन्छ: महिलाहरुको दुई स्तन मध्ये बायाँको स्तन दायाँको भन्दा केही ठूलो हुने बताइएको छ । दुई स्तन कहिल्यै पनि एउटै साइजको नहुने अध्ययनको दावी छ । यस्तै, निप्पलको आकार पनि फरक फरक हुने गर्छ भने दिशा समेत फरक-फरक हुने गर्छ ।

२. स्तनको वरिपरी रौ हुन्छ: महिलाको स्तनको वरीपरीरौहरू हुने पनि अध्ययनले बताएको छ । महिलाको शरिरको रंग अनुसार नै स्तन वरपरको रंग फरक हुने बताइएको छ ।

३. तौल ०.५ किलोग्राम: महिलाहरूको स्तनको तौल औसत ०.५ किलो ग्राम हुन्छ । अध्ययनका अनुसार महिलाहरुको स्तनमा उनीहरुको शरिरमा हुने चिल्लो पदार्थको ४-५ प्रतिशत बोसो रहेको हुन्छ । महिलाको स्तन उमेर बढ्दै जाँदा बढ्दै जान्छ र बोसोको मात्रा पनि बढ्दै जान्छ ।

४. ठुलो बनाउन स्तनको सल्यक्रिया: महिलाहरुले आफूलाई आकर्षक देखाउनका लागि अहिले स्तनको शल्यक्रिया गर्ने गरेका छन् । विश्वका करिब २० लाख महिलाले आफ्नो स्तनको शल्यक्रिया गरी स्तनको आकारलाई ठुलो बनाएका छन् । आफूलाई आकर्षक बनाउन या अरूलाई आफूतिर आकर्षित गर्नका लागि महिलाहरुले स्तनको शल्यक्रिया गर्ने गरेको बताइन्छ ।

५. रिसाउँदा ठूलो: महिलाहरूको स्तन सामान्य अवस्थामा भन्दा रिसाएको बेला ठुलो हुने अध्ययनकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार महिलाहरू रिसाएको बेला महिलाको स्तन समेत फुक्ने गर्छ ।

६. स्तन उफ्रने समस्या: हिड्दा होस् या जगिङ गर्दा या त कुनै काम गर्दा महिलाहरुको स्तन बढी नै उफ्रने गर्छ । यसले महिलाहरुलाई थप स्वास्थ्य समस्या उत्पन्न गराउन सक्ने बताइएको छ । यसले महिलालाई स्तन दुखाई समस्या बढाउने हुनाले महिलाले भित्रि वस्त्र ठिकसँग प्रयोग गर्नु उपयुक्त हुने सल्लाह चिकित्सकहरुको रहेको छ। उनीहरूले यदी भित्री वस्त्र मिलाएर लगाउने हो भने स्तनको दुखाईबाट बच्न सकिन्छ ।

७. स्तनको आकार बिग्रिने: महिलाको स्तनको आकार बिग्रिन पनि सक्छ अर्थात् अनावश्यक थेप्चिने तथा आकारमा फरक किसिमको परिवर्तन आउने हुन सक?छ , यसका लागि महिलाले विषेश गरी सुत्ने बेलामा ध्यान दिनुपर्छ । सुतेको बेलामा निरन्तर एकै तरिकाले स्तन थिचिने र बारम्बार एकै तरिकाले सुत्दा स्तन एकैठाऊँमा थिचिने हुँदा पनि स्तनको आकार सोही थिचाइका कारण बिग्रिन सक्छ । त्यसका लागि महिलाले सकेसम्म कोल्टे परेर सुत्ने र सकेसम्म स्तनको तल लचिलो खाले सिरानीको प्रयोग गर्नु राम्रो मानिन्छ ।

ब्लु फिल्म तथा पोर्न सामाग्री हेर्ने मन पराउने चिम्पाञ्जी

Posted by Unknown | | Posted in


आम मानिसहरु भन्ने गर्छन युवायुवतीहरु पोर्न सामाग्री हेर्न शैखिन हुन्छन । तर जनावरमा भने सायद यो कुरा अलि नमिल्ला तर स्पेनको एक चिडियाखानामा रहेको गिना नामको चिम्पाञ्जीले टेलिभिजनमा ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने मन पराउछ ।

रिपोर्टका अनुसार स्पेनका एकजना बाँदरविज्ञ पाब्लो हेरेओसले भनेका छन् सेभिली चिडियाखानाको उक्त पोथी चिम्पाञ्जी चिडियाघरमा राखिएको टेलिभिजनमा पोर्न सामाग्री प्रशारण हुने टेलिभिजन च्यानल हेर्न मन पराउँछ । अझ अचम्मको कुरा त के भने उसको नजिकै रिमोट राखिदियो भने चिम्पाञ्जीले आफै रिमोट चलाएर पोर्न च्यानल टयुन गरेर मज्जाले हेर्नेगर्छ । चिडियाघरको त्यस चिम्पाञ्जी मानिसको अश्लील सामाग्री हेर्ने लतमा फसेको छ ।चिडियाखानाको आफ्नो अध्ययनका क्रममा उनले त्यहाँ रहेका जिवजन्तुहरुको आनीबानीको सर्भे गरेका थिए ।

महिलाले कस्ता पुरुषबाट बढी यौनसुख पाउँछन् ?

Posted by Unknown | | Posted in


बेइजिङ– आफ्नो सुखद भविष्यका लागि प्रायःजसो महिलाको सपना धनी पुरुषसँग विवाह गर्ने हुन्छ । यो मान्यता हाल करिब–करिब विश्वभर नै लागू हुन थालेको छ । तर, वैज्ञानिकहरुले भने अर्को नयाँ कुराको खुलासा गरेका छन् । पुरुष जति धनी हुन्छ उसको यौनसाथीले पनि उत्तिक्कै चरम यौनसुख प्राप्त गर्छ । ‘ महिलाको चरम सुःख उनका यौनसाथीको आम्दानीमा भर पर्छ,’ युक्यासल युनिभर्सिटीका मनोविज्ञ डा. थोमस पोलेट भन्छन् ।  धनवान् पुरुषका कारण महिलामा चरम सुःख हुने प्रक्रियालाई ‘इभोलुसनरी एडप्सन’ बताउँदै विज्ञले सो प्रक्रिया महिलाको जिनमा विकसित हुने बताएका छन् ।

‘इभोलुसनरी एडप्सन अर्थात् प्रगति ग्रहण प्रक्रियाले महिलालाई उच्च गुणको पुरुष साथी छनोट गर्न अभिप्रेरण दिन्छ,’ अध्ययनका सह–लेखक डेनियल नेटल भन्छन् । सो विश्वास परीक्षण गर्न विश्वकै सबैभन्दा ठूलो जीवनशैली अध्ययनमा संग्रह गरिएका तथ्यांकलाई विज्ञले प्रयोग गरेका थिए । चाइनिज हेल्थ एन्ड फेमिली लाइफ सर्भेले चीनभरबाट ५ हजार मानिसको छनोट गरी उनीहरुको व्यक्तिगत जीवनबारेमा विस्तृत अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ताका क्रममा उनीहरुको आम्दानी, यौन जीवन र अन्य विषयलाई पनि समावेश गरिएको थियो  । तीमध्ये १५ सय ३४ पुरुष साथी भएका महिलाको जवाफलाई अध्ययनको प्रमुख आधार बनाइएको थियो । विश्लेषणबाट १ सय २१ महिलाले यौन सम्पर्क गर्दा सधैं चरम सुःख पाएको बताए भने ४ सय ८ जनाले प्रायः यस्तो सुःख पाउने बताएका थिए ।

यसैगरी, बाँकीमध्ये ७ सय ६२ जना महिलाले कहिलेकाँही चरम सुःख पाउने बताएका थिए । त्यस्तै, छनोटमा रहेका २ सय ४३ ले कहिल्यै पनि नपाएको वा मुिस्कलले कहिलेकाहीं पाएको बताएका थिए । यो तथ्यांक पश्चिमेली मुलुकको तथ्यांकसँग मेल खाएको अध्ययनमा बताइएको थियो ।  यौन चरम सुःखमा यस्तो भिन्नता देखिनुमा विभिन्न तत्व जिम्मेवार रहे पनि डा. पोलेटले पैसा प्रमुख कारक तत्व रहेको बताए । महिलाको चरम सुःख अनुभूति गर्ने आवृत्तिलाई यौनसाथीको आयले प्रभाव पारेको थियो । धनी यौनसाथीले महिलालाई बढी चरम सुःख दिएका थिए ।

प्रधानमन्त्रीले फोन गर्दा प्रचण्डले यसो भने

Posted by Unknown | Wednesday, January 28, 2015 | Posted in

१५ माघ, काठमाण्डौ- प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वार्ता र संवादमा र्फकन बुधवार आग्रह गरेका छन् । दाहाललाई टेलिफोन गरी प्रधानमन्त्री कोइरालाले आफूले सहमतिको अधिकतम प्रयास गर्ने भन्दै आन्दोलनतिर नलाग्न भनेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

दाहालले आफूहरु वार्ता विरोधी नभएको भन्दै सत्तापक्षले यसअघि वार्तामा नबस्ने निर्णय गरी भडाएको प्रत्युत्तर दिएका थिए ।

'पहिला तपाइहरुले नै अब वार्ता हुदैन भन्नुभयो । र, सभाध्यक्ष मार्फत प्रश्नावली समिति पनि बनाउनुभयो', दाहालको प्रत्युत्तर उद्धृत गर्दै उनका स्वकीय सचिव चुडामणि खडकाले भने-'सत्तापक्षबाट सहमतिका स्पष्ट खाका नआउन्जेल वार्तामा बस्नुको औचित्य छैन ।'

मेरो लुगा अरुले तोक्ने होइन - ज्योति मगर

Posted by Unknown | | Posted in ,

१५ माघ, काठमाण्डौ -लोकगायिका ज्योति मगरका उही मूलाको सिन्की, पिरतीमा दम छ, जिम्वाल बाउकी छोरी, लगायतका गीत चर्चित छन् । आँफै गीत लेख्ने र कम्पोज गर्ने मात्रै होइन, आफ्ना गीतमा आफै मोडलिङ गर्छिन उनी । उत्तेजक भावभंगी र पहिरन शैलीका कारण ज्योति बेलाबेलामा चर्चामा आइरहन्छिन् ।
उनले शुक्रबार साप्ताहिकमा अन्तर्वाता दिदै आफूले लगाएको कपडा अरुले तोक्ने होइन भनेकी छिन् । उनले लोकगायिक भएर साडी चोलो लगाउनुपर्छ भन्ने मान्यता आफूले नराखेको वताएकी छिन् ।
उस्तै पहिरन लगाएर तस्विर लिनुहुन्छ भने प्रश्नमा उनले मान्छे जस्तो बाहिर देखिन्छ त्यस्तो हुदैन भनिन । उनले भनिन् 'मैले एक्सपोज गर्ने भनेको छुनलाई होइन हेर्न चाहि पाइन्छ भन्या हो ।'

सुरज र साहना फेरि पक्राउ

Posted by Unknown | | Posted in ,


 




























१५ माघ, काठमाण्डौ -फोन गरेर अश्लिल गाली गरेको आरोपमा प्रहरीले भिजे सुरज गिरी र मोडल साहना बज्राचार्यलाई पक्रेको छ। नागरिक दैनिकमा समाचार छ ।
फोन गरेर तथानाम गालीगर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षबर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेपछि प्रहरीले बुधबार यी दुबैलाई पक्राउ गरेको हो।
अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार उजुरीका आधारमा सोधपुछका लागि दुबैलाई नियन्त्रणमा लिएको बताए। प्रारम्भिक अनुसन्धानमा पिडितको दाबी अनुसारको गतिविधिमा दुबैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्धा प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको उनले जानकारी दिए।














यातना दिने आमाविरुद्ध छोरीको उजुरी, आमासहित तीनजना पक्राउ

Posted by Tekman Shakya | | Posted in

चितवन । चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन् । तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आज उजुरी दिएकी छिन् । 

उजुरीका आधारमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । तल्लो जातको केटासँग गएको भन्दै विगत तीन वर्षदेखि यातना खप्दै आएकी जुटपानी–७ सूर्यपुरकी २१ वर्षीया सङ्गीता लामालाई आमाले कुटपिट गरी घाइते नै बनाएपछि उनले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताइन् । 

सङ्गीतालाई आमा धनमायाँ तामाङ, दिदी शर्मिला र गाउँकी अर्की एक महिलाले सामूहिक रूपमा सोमबार साँझ कुटपिट गरेको पीडित युवती सङ्गीताले दुखेसो गरिन् । त्यसपछि मङ्गलबार उनलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याइएको थियो ।

चिकित्सकले उनको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आराम गर्नुपर्ने बताएका छन् । उनको टाउकोमा समेत चोट लागेको छ । आफूलाई चिर्पटले हानेको पीडित युवतीले बताइन् । न्यायका लागि भरतपुर आइपुगेकी सङ्गीताले आज प्रहरीमा उजुरी दिएकी छिन् ।

चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले उजुरी दर्ता भएको र घटनामा संलग्न भनिएका तीनजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले कानुनअनुसार कारबाही हुने बताउनुभयो । पक्राउ पर्नेमा आमा धनमायाँ लोप्चनसहित आइतीमायाँ तामाङ र अर्का एकजना छन् ।

तल्लो जातसँग बिहे गरेको भन्दै यसअघि पटकपटक दुव्र्यवहार गर्ने गरेकामा सोमबार साँझ भने इनारमा एक्लै भएको मौका पारेर कुटपिट गरेको पीडित सङ्गीताले बताइन् ।

चार वर्षअघि पदमपुर–४ की सङ्गीताले जुटपानी–७ का मनोज परियारसँग प्रेमविवाह गरेकी थिइन् । त्यसपछि माइतीपक्षले पटकपटक मानसिक दुव्र्यवहार गर्दै आएका थिए । रासस 

कुनै पनि संसदीय समितिमा एकीकृत नेकपा माओवादी उपस्थित नहुने

Posted by Tekman Shakya | | Posted in ,

१४ माघ, काठमाडौँ । एकीकृत नेकपा (माओवादी)ले आफ्ना सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको छ । 

एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अहिलेको परिस्थितिका बारेमा समीक्षा हुनुका साथै सत्तापक्ष दल, सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुरुप कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको हो ।

एमाओवादीले थालेको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन सबै सभासद् आ–आफ्नो क्षेत्रका जनतामा जाने र संधिवानसभा भएका गतिविधिका बारेमा सत्ता पक्षले फैलाएका भ्रम चिर्ने निर्णय भएको एमाओवादी नेता अग्निप्रसाद सापकोटाले बताए ।

बैठकले संविधानसभाका समेत कुनै पनि समितिमा उपस्थित नहुने निर्णय गर्दै तत्काल फागुन १६ गतेसम्म काठमाडौँमा हुने जनप्रदर्शनको कार्यक्रम भए पनि सरकारी रबैया हेरेर थप आन्दोलन घोषणा हुने निर्णय गरेको छ । 

पर्यटकीय नगरी तानसेनमा प्याराग्लाइडिङ सेवा सुरु हुने

Posted by Tekman Shakya | | Posted in ,

पाल्पा । पाल्पाको तानसेन कैलाशनगरको सुकुम्बासी टोल नजिकैको प्रतिक्षालय रहेको स्थानबाट फागुनको पहिलो हप्तादेखि प्याराग्लाइडिङ सेवा सुरु हुने भएको छ ।

जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने प्रमुख लक्ष्यका साथ प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ ।
यसबाट जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । कैलाशनगरको सुकुम्बासी टोलदेखि प्याराग्लाइडिङको उडान हुनेछ । 

पाल्पा एड्भेन्चर प्रालिले तानसेनको प्रभाषस्थित खेल मैदानमा प्याराग्लाइडिङलाई अवतरण गर्ने व्यवस्था मिलाएको छ । तर प्यारा पाइलटले आकस्मिक रूपमा जुनसुकै स्थानमा पनि झर्न सक्नेछन् ।   

पाल्पा एड्भेन्चर प्रालिले प्याराग्लाइडिङको सम्भाव्यता भएका क्षेत्रको अध्ययनबाट तानसेनको श्रीनगर होटल नजिकै प्रतिक्षालय रहेको स्थान हालका लागि बढी उपयुक्त रहेकाले रु डेढ करोड लगानीमा प्याराग्लाइडिङको सेवा सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेको सञ्चालक यादवसिंह कार्कीले बताउनुभएको छ । 

यसबाट पाल्पाका विभिन्न पर्यटकीय गन्तव्यमा प्याराग्लाइडिङमार्फत चरा जस्तै उडेर मान्छेहरूले अवलोकन गर्न सक्ने भएका छन् । तानसेनको बतासेडाँडा रहेको मुस्लिमडाँडा, गोरखेकोटाको डाँडा पनि प्याराग्लाइडिङका लागि सम्भाव्यता रहे पनि विद्युत् लाइनका कारण हाल कैलाशनगरबाट प्याराग्लाइडिङको उडान हुनेछ । 

पाल्पा एड्भेन्चर प्रालिद्वारा पाल्पामा साहसिक खेल प्याराग्लाइडिङगका सम्भाव्य क्षेत्रको अध्ययन गरी नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीको प्रतिवेदनका आधारमा मन्त्रालयले  सञ्चालनका लागि अनुमति दिनेछ । 

उसिनेको अण्डालाई फेरि काँचो बनाउन सकिने !

Posted by Unknown | Tuesday, January 27, 2015 | Posted in

यसरी पाइएको प्रोटिनले क्यान्सरको निकै सस्तोमा उपचार हुने



लण्डन– उसिनेको अण्डालाई फेरि त्यसको पूर्व अवस्थामा अर्थात् काँचो बनाउनका लागि वैज्ञानिकहरु सफल भएका छन् । यो प्रक्रियाले क्यान्सरको उपचार, बायोटेक्नोलोजी, थुप्रै मात्रामा खाद्यपदार्थ उत्पादनमा सहयोग पुर्याउने बताइएको छ ।   अमेरिका तथा अष्ट्रेलिया सरकारले लगानी गरेको सो अध्ययनका मुख्य लेखक ग्रेगरी वीसको तर्फबाट समाचार पत्र ‘द इन्डिपेन्डेन्ट’ ले भन्यो, ‘हो, हामीले कुखुराको अण्डालाई त्यसको पूर्व स्थितीमा ल्याउने तरिकाको विकास गरेका छौँ ।’   उमालेको अण्डाको सेतो भाग प्रोटिन हुने गर्दछ जसलाई कुनै पनि हालतमा त्यसको पूर्व स्थितीमा ल्याउन नसकिने पूर्व मान्यता रहिआएको थियो । पत्रिकाका अनुसार, वैज्ञानिकहरुले अण्डालाई पूर्व स्थितीमा ल्याउने र प्रोटिनलाई अलग गर्ने तरिका पत्ता लगाएको छ । उमालेको अण्डालाई फुटाउनका लागि यूरियाको प्रयोग गरियो र त्यसपछि त्यसमाथि उच्च क्षमता भएको मेसिन ‘वोर्टेक्स फ्लुड’ उपकरणको प्रयोग गरियो फलस्वरुपः प्रोटिनलाई आफ्नो पूर्व अवस्थामा ल्याउन सफल भएको बताइन्छ ।   यो प्रक्रियाबाट प्राप्त प्रोटिनको प्रयोगले विभिन्न वैज्ञानिक एवं निर्माण प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने वैज्ञानिकहरुको ठहर छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, यस्तो प्रक्रियाबाट प्राप्त प्रोटिनले क्यान्सर जस्तो गम्भीर रोगका लागि ‘एन्टीबडी’ को निर्माण गर्न सकिनेछ, जुन निकै सस्तो हुने बताइएको छ । यो अध्ययनको प्रायोजन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ जनरल मेडिकल साइन्सेज तथा अमेरिकाको रिसर्च काउन्सिलद्वारा गरिएको हो । यो अध्ययन पत्रिका ‘केमबायोकेम’ मा प्रकाशित भएको थियो ।@ratopati

बसन्तको पञ्चेवाजा (भिडियो सहित)

Posted by Tekman Shakya | | Posted in

कृष्ण आचार्य,
पञ्चेवाजाका गीतको गायन तथा संकलन बाट आफुलाई चर्चाको शिखरमा पुराएका धौलागिरीका होनाहार प्रतिभा बसन्त थापाको ‘वारी घुम्टे पारी गाजा’ गीतको म्युजिक भिडियो निमार्ण पश्चात गीतले दर्शक माझ चर्चा कमाउन सफल भएको छ ।

धौलागिरीको पर्यटकीय स्थल ‘घुन्टे’ र ‘गाजा’ क्षेत्रको समेत बयान गरिएको गीतको दृश्य निमार्ण गर्नु पुर्व नै धौलागिरीमा स्रोताले अत्यधिक मन पराएका थिए ।

डाँडै फुर्के सल्लो, रुमाल हल्लाई हल्लाइ, नजाउ है सानु पँधेरीमा, अझै कन्य हो लागाएत धेरै चर्चा कमाउन सफल गीतमा लय संकलन गरेका बसन्तले धेरैलाई यो क्षेत्रमा स्थापीत गर्न मद्धत गरिसकेका छन ।

उनको यो गीत जिवन दर्शन सँग सम्बन्धीत रहेको र जिन्दगीको महत्वको समेत कल्पना गरिएको छ । साथै गीतको माध्यमबाट धौलागिरीका पर्यटकीय स्थलको समेत बयान गरिएको सर्जन थापाले बताएका ।

बसन्त थापाको लय तथा शव्द सिर्जना रहेको उनको पछिल्लो गीतमा स्वर स्वयम बसन्त थापा र जुना श्रीस मगरले दिएका छन । 

अभ्यास डिजिटले बजारमा ल्याएको गीतमा म्युजिक भिडियोको निर्देशन भने कुमार के.सी ले गरेका हुन । म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका धेरै कलाकार तथा गायक र निर्देशक हरुलाई समेत देखाइएको छ ।

बसन्स थापाको चर्चित गीतको म्युजिक भिडियो

के धेरै सेक्स गर्दा महिलाको यौनाङ्ग खुकुलो हुन्छ ? जानी राखौ

Posted by Unknown | | Posted in

मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । 




के तपाईंलाई थाहा छ, यस्तो सोचाई केवल भ्रम मात्र हो । महिलाको गुप्तांग यौन सम्पर्कपछि पहिलाकै अवस्थामा फर्कन्छ । यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनांग पहिलाकै अवस्थामा फर्कन्छ ।


, ‘जीवनमा केवल दुईपटक यस्तो हुन्छ जतिबेला यौनांगको आकार लामो समयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि । एक अध्ययनका अनुसार, बच्चालाई जन्म दिएपछि योनीको मांशापेसी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’



दोस्रो पटक योनीले आकार उमेर ढल्किएसँगै बदलिन्छ । वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ । मतलब, उमेर बढ्दै जाँदा यौनांगको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि । यसले गर्दा यौनांगको मसल्स खुकुलो हुनजान्छ । उचित अभ्यासबाट मांशापेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईंको शरीरमा चामत्कारित परिवर्तन ल्याउन सकिन्छ, जसबाट मानिसहरुले तपाईंको उमेर के हो भनेर पत्तै पाउँदैनन् ।



यस अध्ययनको क्रममा पत्ता लागेको अर्को महत्वपूर्ण कुरा के हो भने यौन सम्पर्कको बेला यदि यौनांग कसिलो पाइयो भने यसको अर्थ एउटै हुन्छ, तपाईंको पार्टनर यौन सम्पर्कको लागि तयार छैनन् । यसको मतलब उन यौनांग कि सुख्खा छ, कि उनी आवश्यक उत्तेजित भइसकेकी छैनन् । यस्तो अवस्थामा तपाईंले धेरैभन्दा धेरै प्राककिंडा फोरप्ले गर्न आवश्यक छ ।

    Popular Posts

    Blog Archive