Published On:Monday, January 12, 2015
Posted by Unknown

बन्दका कारण जनजीवन प्रभावित

२९ पौष, काठमाण्डौ-एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको बन्दको कारण मध्यमान्चलको जीवन प्रभावित भएको छ । ३० दलीय मोर्चाले आज नेवा र ताम्सालिङ क्षेत्र बन्द आब्हान गरेको छ भने  बैद्य माओवादीले मध्यमान्चल बन्द गरेको छ ।

बन्दका कारण राजधानीमा मोटरसाइकल र केही निजी सवारी साधन संचालनमा आएका छन् । जसका कारण सर्वसाधारण मारमा परेका छन् । बन्दको कारण शैक्षिक संस्थाहरु पनि प्रभावित छ । सडकका चोक चोकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

0 comments for "बन्दका कारण जनजीवन प्रभावित"

Leave a reply

    Popular Posts

    Blog Archive