चौतारा, जेठ ४, महाभूकम्पले सबैभन्दा प्रभावित सिन्धुपाल्चोकमा ६३ हजार घर ध्वस्त भएको प्रारम्भिक अनुमान छ । कान्तिपुर दैनिकमा समाचार छ ।बचेका छन् करिव ५ हजार घर मात्रै । पहिरोको जोखिमले उत्तरी भेकका बस्तीहरु धमाधम रित्तिदैँ गएका छन् ।
सबैजसो विकास संरचना ब्वस्त छन् । सदरमुकामका सबै कार्यालय भत्केपछि सरकारी सेवा अवरुद्ध छ । प्रहरी, स्वास्थ्थ चौकी र अस्पताल पाल मुनीबाट संचालनमा आएका छन् ।विद्यालयका सबै ५ सय ५७ भवन ध्वस्त भएका छन् ।