Published On:Saturday, May 16, 2015
Posted by dadad

बन्ने भयो उस्तै धरहरा तर भूकम्पप्रतिरोधी

काठमाडौं, ३ जेठ । भूकम्पका कारण तेस्रो पटक ढलेको धरहरालाई आधुनिक निर्माण सामाग्री प्रयोग गरी पुनः निर्माण गरिने भएको छ। अन्य धार्मिक तथा ऐतिहासिक सम्पदा परम्परागत निर्माण सामाग्री प्रयोग गरी निर्माण हुनेछ।

पुरातत्व विभागले पुरानै स्वरूपमा धरहरालाई जीवन दिने भएको छ। तर नयाँ निर्माण हुने धरहरा भूकम्प प्रतिरोधात्मक हुनेछ। विभागका महानिर्देशक भेषनारायण दाहालले भने,‘धरहरा पक्कै बन्छ, अहिलेकै ठाउँमा बन्छ तर १९९० सालको जत्रो भूकम्प आयो भने पनि त्यसलाई कुनै असर नपर्ने खालको निकै बलियो बनाउँछौ।’

विभागले नेपाल वास्तुविद् समाजको सहयोगमा भूकम्पका कारण भत्किएका सम्पूर्ण सम्पदाको डिजाइनलगायतका कार्यलाई अगाडि बढाएको छ। गोरखापत्र दैनिकमा खबर छ ।

0 comments for "बन्ने भयो उस्तै धरहरा तर भूकम्पप्रतिरोधी"

Leave a reply

    Popular Posts

    Blog Archive