Published On:Saturday, May 16, 2015
Posted by my storry
लिची खाँदा ध्यान दिनुस ज्यान जान सक्छ
दमक, २ जेठ ।
लिचीको दाना अड्किएर झापा दमकका एक काखे बालकको आज मृत्यु भएको छ ।
दमक–१ घर भएका मनमाया मगरका दुई वर्षीय बालक रिदम मगरको मृत्यु भएको हो ।
लिची खाँदा अचानक घाँटीमा लिचीको दाना अड्किएको उनको दमकस्थित लाइफ लाइन अस्पतालमा ल्याउनाका साथ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर सूर्यनारायण शाहले बताउनुभयो । लिचीको दाना घाँटीमा अड्किएर श्वासप्रश्वास रोकिन गएपछि बालकको मृत्यु भएको डा शाहले बताउनुभयो । रासस