Published On:Sunday, May 17, 2015
Posted by dadad
दुई बहिनीको एउटै प्रेमी, उस्तै देखिन यत्रो खर्च ?
एजेन्सी । लूसी र एन्ना डीसिन्क्वी आफ्नो जीवनका हरेक क्षणसँगै बिताउँछन् । हरेक कुरा उनीहरुको साझा हुन्छ । यहाँसम्मकी प्रेमी पनि एउटै । उनीहरु प्रेमीसँग एउटै बेडमा सुत्छन् । साथै भोजन पनि बराबर नै ।
यतिमात्रै कहाँ होर ! उस्तै देखिन उनीहरुले २ लाख ५० हजार डलर प्लास्टिक सर्जरीमा खर्चिएका छन् । उनीहरुले उस्तै ओठ, आँखीभौं तथा ब्रेस्ट बनाएका छन् । उनीहरु कहिल्यै एकअर्काबाट टाढा रहन्नन् ।
पश्चिम अष्ट्रेलियाको पर्थ निवासी यी जुम्ल्याहा एक मिनेटको अन्तरमा जन्मिएका थिए । जापानका एक टिभी शोका निर्माताले उनीहरुलाई युट्युवमा देखेर उनीहरुलाई आफ्नो शोमा बोलाएका थिए ।
मानिस त परको कुरा कम्प्युटरले समेत उनीहरुलाई छुट्याउन सक्दैन । सोहीकारण उनीहरुलाई वर्ल्डस् मोस्ट आइडेन्टिकल ट्विन्सको उपाधि दिइएको छ ।