Published On:Monday, June 1, 2015
Posted by dadad

यस्ता पनि श्रीमान् !

लहान, १८ जेठ । घरायसी विवाद बढेपछि मिर्चैया नगरपालिका– २ मलहनिया खोरीका प्रमोद साहले सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । 

तीस वर्षीया श्रीमती अमिरदेवी साहको घाँटी थिचेर हत्या गरेपछि आत्महत्याको प्रयासमा पूर्व–पश्चिम राजमार्गमा दौडिएका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार घाइते भएका उनलाई उपचारका लागि विराटनगर लैजाँदा बाटोमा मृत्यु भएको छ । मृतक दम्पतीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पु¥याइएको छ । 

यसैबीच सप्तरीको पोर्ताहा गाविस– ५ का ३५ वर्षीय अनिलकुमार खिडहरि यादवले आज कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेका छन् । 

घटनास्थालबाट प्रहरीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस 

0 comments for "यस्ता पनि श्रीमान् !"

Leave a reply

    Popular Posts

    Blog Archive