Published On:Monday, June 1, 2015
Posted by dadad

जस्तापाता प्रकरणः त्रिशूली–छहरे–काठमाडौ सडक वन्द

जेठ १८, नुवाकोट । जस्तापाता प्रकरणमा दुई जना स्थानीय कुटपिट भएको विरोधमा सोमवार देखि नुवाकोटको त्रिशूली–छहरे–काठमाडौ सडक वन्द भएको छ ।

जस्ता पाताका सम्वन्धमा आइतवार भएको पत्रकार सम्मेलनमा आयोजक पक्षवाट दुई जना कुटिएको विरोधमा स्थानीयवासीे दोषीमाथि कारवाहीको माग गर्दै त्रिशूली–छहरे–काठमाडौ सडक वन्द गराएको स्थानीयवासी मधु कोइरालाले जानकारी दिए । 

सडक वन्द भएपछि नुवाकोटको पुर्वी क्षेत्रमा रहेका ३० भन्दा वढि गाविसका स्थानीय प्रभावित भएका छन् । शुक्रवार स्थानीयले नियन्त्रणमा लिएको एक ट्रिपर जस्तापाताको विषयमा निकै विवाद आएपछि सम्वन्धित निकायले तत्काल छानविन गरिनु पर्ने, स्थानीय कृष्ण वोहरा र शिव वोहरामाथि हातपात गर्नेलाई कारवाही गरिनुपर्ने, ट्रिपर चालकलाई अनुसन्धान गर्नु पर्ने माग गर्दे सडक मार्ग वन्द गरिएको स्थानयिले वताएका छन् । 

विहानैदेखि कविलास, थानसिह, भद्रुटारलगायत सात गाविसका स्थानीयले सडकमा टायर वालेर सडक अवरुद्ध गराएका छन् । सडकमार्ग वन्द भएपछि यातायात खुलाउन र जस्तापाताको विषयमा छानविन गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले अग्रसरता देखाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले बा ३ ख ३८४४ नम्वरको ट्रिपरलाई चालकसहित जस्तापाता छानविन नभएसम्मका लागी सेनाको मैथलिस्थित तालिम केन्द्रमा राखेको छ । 

0 comments for "जस्तापाता प्रकरणः त्रिशूली–छहरे–काठमाडौ सडक वन्द"

Leave a reply

    Popular Posts

    Blog Archive