Published On:Sunday, May 17, 2015
Posted by dadad
यो वर्षदेखिकै आन्तरिक ऋण पुननिर्माणमा
४ जेठ, काठमाण्डौ । भूकम्पपछि पुननिर्माणमा अत्यधिक रकम आवश्यक पर्ने हुँदा सरकारले चालू आर्थिक वर्षको आन्तरिक ऋणसमेत नयाँ वर्षको बजेटमार्फत खर्चिने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
एकै वर्ष धेरै आन्तरिक ऋण उठाउँदा अर्थतन्त्रमा नकरात्मक असर पर्ने भएकाले सरकार यस्तो उपायमा लागेको हो । एकै वर्ष ठूलो आन्तरिक ऋण उठाउन सम्भव नहुने भएकाले यसपालि उठाएर नयाँ बजेटमा खर्च गर्ने योजना बनाएको अर्थमन्त्री रामशरण महतले जानकार दिए ।