Published On:Sunday, May 17, 2015
Posted by my storry
भूकम्प पछि मनोसामाजिक परामर्श निःशुल्क

वैशाख ४ गते काठमाण्डौ,
वैशाख १२ पछिको अवस्थालाई दृष्टीगत गर्दा लाग्छ नेपालका केही जिल्लाको भौतिक संरचना निमार्णका लागि लामो समय लाग्ने छ । भौतिक संरचना त केही समय पछि निमार्ण होला तर भत्किएका मनको पूर्नःनिमार्ण कहिलेसम्म गर्न सकिएला ? यसै मेलोमा वैशाख ३ गते दिउँसो अनामनगरको मण्डला थिएटरमा मनोविद्हरु कपिलदेव उपाध्यय, करुण कुँवर, मधुविलास खनाल र पशुपति महत विपद पछिको मानसिक अवस्था र त्यसबाट उन्मुक्ति दिन मनोवैज्ञानिक रुपमा के गर्न सकिन्छ भन्ने वारे वोलीरहेका थिए ।
मनोविदहरुको एउटा कुरामा एक मत थियो उनिहरु भन्दै थिए यो समयमा भूकम्पबाट यदी कसैमा समान्य असर देखिएन भने त्यो समस्या हो । यसलाई हामीले स्वभाविक रुपमा लिएका छौ र सवैले यसलाई स्वाभाविक रुपमा लिन उनिहरुको आग्रह छ । मनोविदहरुले अहिले अलि बढिनै डराउने अवस्था देखिएपनि मनोवैज्ञानिक समस्या ६० देखि ९० दिन भित्र सामान्य वन्दै जाने दावी गरेका छन् । त्यसपछि पनि २० प्रशित प्रभावितमा मनोवैज्ञानिक समस्या देखिने छ । त्यो समस्या समाधानका लागि मनोवैज्ञानिक परामर्श आवश्यक पर्ने छ । मनोवैज्ञानिक समस्याको समाधानका लागि परामर्शबाट शत प्रतिशत समाधान नभएपनि धेरै मात्रामा कम गर्न सकिने विदहरुको भनाई छ ।
मनोवैज्ञानिक रोग विभिन्न कारणले हुने गर्दछ जसको उपचार परामर्श पहिलो हो भने केही हद सम्म औषधीको प्रयोग गर्ने गरिएको छ ।
औषधीको प्रयोगका वारेमा मनोविदहरु सहमत छैनन् । उनिहरुले सकेसम्म औषधी प्रयोग नगर्न सुझाएका छन् । औषधी प्रयोगले लामो समयसम्म नकरात्मक असर पार्ने भएकाले कोही आफन्त मनोवैज्ञानिक रोगी भए परामर्शलाई मुख्य विकल्पका रुपमा लिन आग्रह गरेका छन् ।
जति डरलाग्दा कुरा गरिन्छ त्यतीनै अवस्थामा मनमा डर त्रास बढ्ने भएकाले अफावहमा आउने कुनै कुरा नगर्न, डरलाग्दा कुराहरुलाई कम गर्ने, समान्य अवस्थामा फर्कन सहयोग पुग्ने कुरा गर्ने, वाँचेकाहरुलाई वाँकी जीवनलाई परिष्कृत र उत्कृष्ट वनाउन हरेस हैन हिम्मतका साथ अगाडी बढ्न सुझाव दिने जस्ता कार्य गर्न उनिहरुको सुझवा छ ।
यस्तै वालवालीकामा देखिने समस्या समाधानका लागि उनिहरुका कुरालाई ध्यान दिएर गम्भिरताका साथ सुन्ने गर्नुपर्छ । वालवालीकाको चाहना र आवश्यकतालाई अभिभावकले बढि ध्यान दिनुपर्छ । प्रभावितले वालवालीकालाई कम समय दिने गरेको पाईएको भन्दै उनिहरुले अभिभावकलाई आप्mना वालवच्चालाई उचित समय दिखन आग्रह गरेका छन् ।
मनोसामाजिक परामर्श निःशुल्क
मानिसक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी नेपाल) ले भूकम्प प्रभावितहरुका लागि निःशुल्क मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।
सी.एम.सीले समुदायको आग्रह र अनुरोधमा अवस्था हेरेर परामर्श सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ ।
तपाईको गाउँमा मनोसामाजिक परामर्श सेवा आवश्यक परे खवर गर्नुस
सी.एम.सी. नेपालका प्रवन्धक रामलाल श्रेष्ठले मनोसामाजिक परामर्श आवश्यक परे आफुहरुलाई खवर गर्न आग्रह गर्नुभएको छ ।
परामर्श सेवा आवश्यक परे सी.एम.सी नेपालको कार्यलय पो.ब.नं. ५२९५५, थापाथली, काठमाण्डौ ।
फोन नं. ०१४२२६०४१, ४१०२०३७ वा
इमेल : cmcnepal@wlink.com.np
मा जानकारी गराउन सकिने छ ।