Published On:Wednesday, December 3, 2014
Posted by Tekman Shakya
“सक्छौ भने भुल प्रिया” भिडियोमा पनि

चर्चित गीतहरुमा मोडलिङ्ग गरेका कलाकारहरुलाई साथ लिएर गायक भट्टले गीतको छायांकन गरेका हुन ।
वरीष्ठ क्यामेराम्यान रविन्द्र बरालको निर्देशनमा छायांकन भएको गीतमा मुक्तककार निशा केसीको शब्द रहेको छ । क्यामराम्यानका रुपमा सालिकराम दुलाल रहेका छन् । गीताको छायांकन काठमाडौं फर्पिङ क्षेत्रका रमाईला ठाउँहरुमा गरिएको छ ।
गीतमा फिचरिङ चर्चित मोडल सनम कठायत सँगै सिर्जु बराल, अमर खड्का र ममता धामी लगायत कलाकारहरुले गरेका छन् । यसको बजार व्यवस्थापन भिजन नेपाल फिल्म प्रा.लि.ले गरेको छ ।