Published On:Saturday, December 27, 2014
Posted by Unknown

एलपी ग्यासमा दोहोरो मूल्य प्रणाली लागू गरिने,

१३ पुस, काठमाडौं । पेट्रोलियम आपूर्तिमा एकाधिकार पाएको सरकारी स्वामित्वको नेपाल आयल निगमले केही साताभित्रै एलपी ग्यासमा दोहोरो मूल्य प्रणाली लागू गर्ने भएको छ। रातो र निलो सिलिन्डर प्रयोगसम्बन्धी आदेश–२०६९ मन्त्रिपरिषदले पारित गरेपछि निगमलाई दोहोरो मूल्य प्रणाली लागू गर्ने बाटो खुलेको हो। ‘हामी छिट्टै दोहोरो मूल्य प्रणाली कार्यान्वयन गर्छौं,’ निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘त्यसका लागि गृहकार्य भइरहेको छ । कार्यकारी निर्देशक भट्टले दोहोरो मूल्य कार्यान्वयन गर्ने मिति भने तय हुन बाँकी रहेको जानकारी दिए । जतिसक्दो छिलो कार्यान्वयनमा ल्याउने गरी काम गरिरहेका छौं, उनले भने । मिति नै तोक्दा व्यवसायीले रातो सिलिन्डरलाई निलो बनाएर बिक्री गर्ने सम्भावना रहने निगम स्रोतको भनाइ छ । अहिले नै मिति तोक्नु उचित हुँदैन, निगमको भनाइ छ । रातो सिलिन्डरलाई निलो बनाएर बेच्दा व्यवसायीलाई धेरै नाफा हुन्छ, नागरिक दैनिकमा खबर छ । 

0 comments for "एलपी ग्यासमा दोहोरो मूल्य प्रणाली लागू गरिने,"

Leave a reply

    Popular Posts

    Blog Archive