Published On:Tuesday, December 30, 2014
Posted by Unknown
सबैका लागि क्यानडा खुल्यो
आगामी सन् २०१५ जनवरी देखि प्रारम्भ हुन लागेको क्यानडा सरकारको Express Entry प्रणालीमा जुनसुकै व्यवशायमा कार्य गरेको र कुनैपनि विषयमा अध्ययन भएका व्यक्तिहरुले आवेदन गर्न पाउने भएका छन् ।
हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन ।
कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry मार्फत स्थायी भिसा आवेदन गर्न क्यानडा सरकारले जानकारी दिएको छ ।
क्यानडाको अध्यागमन विभागबाट प्राप्त जानकारीअनुसार Express Entry प्रणालीमा निम्न तरिकाले अगाडी बढ्न सकिने छ ।
१. सबैभन्दा पहिले इच्छुक व्यक्तिहरुले क्यानडा सरकारको Express Entry Pool इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत बिबरण पेश गरी क्यानडामा बसोवास गर्न इच्छा जाहेर गर्नुपर्दछ ।
२. तत्पश्चात उक्त व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति मानिएमा Express Entry Pool आवेदकको बिबरण प्रकाशित गरिनेछ३. त्यसरी Express Entry Pool राख्नका लागि योग्य मानिएका आवेदकहरुको बिवरणलाई क्यानडाका कम्पनीहरुले आफ्नो आवश्यकता बमोजिम छनौट गरी क्यानडामा कामको अफर Job Offer प्रदान गर्नेछ ।
आवेदकले आफै ती कम्पनीहरुमा क्यानडाको Job Bank मार्फत Job Offer का लागि आवेदन गर्नुपर्नेहुन्छ । त्यसका लागि आवेदकले Job Bank http M//www.jobbank.gov मा खाता खोली आफ्नो बिबरण प्रकाशित गर्नुपर्ने र कम्पनीहरुसग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
क्यानडामा एक्सप्रेस इन्ट्रीकोलागि कुन कुन जब अफर छन् त ?
४. यसरी कामको अफर Job Offer प्राप्त व्यक्तिहरुलाई क्यानडाको अध्यागमन बिभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । उक्त आमन्त्रण प्राप्त भएको दुई महिनाभित्रमा आवेदन गरीसक्नुपर्ने हुन्छ ।
५. कामको अफर नपाएका व्यक्तिहरु यदी धेरै मागभएको व्यवशायमा काम गरेका र सोही प्रकारका सीप भएको पाइएमा क्यानडा सरकारले सिँधा स्थायी भिसाको लागि आवेदन समेत गर्न सक्नेछ । यस बारेमा भने वृस्तीत विवरण पछि आउने छ ।
६. क्यानडाको स्थायी भिसा आवेदन गरेपश्चात ६ महिना भित्रमा भिसा पाउन सकिनेछ ।
क्यानडा सरकारले Express Entry मार्फत निम्न उल्लेखित क्याटेगोरीमा आवेदन लिने जनाइएको छः
Federal Skilled Worker
Federal Skilled Trade
Canada Experience Class
Provincial Nominee Program
Express Entry मार्फत स्थायी भिसाको लागि आवेदन प्राप्त भए पश्चात माथि उल्लेखित कुनै पनि क्याटेगोरीमा आवेदन गर्न सकिने जनाइएको छ ।
त्यसैगरी माथि उल्लेखित क्याटेगोरीहरुमा यही डिसेम्बर २०१४ सम्ममात्र आवेदन लिइने र तत्पश्चात सबै आवेदन हरु Express Entry मार्फत लिइने छ ।
क्यानडाले बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने गर्दछ ।
क्यानडामा हाल करिब २०,००० नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको अनुमान गरिएको छ । (nepalsandesh साभार)