Published On:Tuesday, December 30, 2014
Posted by Unknown
ओली प्रधानमन्त्री बन्ने ज्योतिषको भविष्यवाणी

ज्यातिष तान्त्रिक विहङमराज तिमिल्सिनाले स्व. कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेलको भविष्यवाणी गरेर विगतमा चर्चा कमाईसकेका छन् । १७ वर्ष नेपाली सेनाको पण्डितसमेत भइसकेका उनले ८ माघमा संविधान आउने या नआउने दोधार भएको र एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्री बन्ने चर्चा चलिरहेको बेला यस्तो भविष्यवाणी गरेका हुन् ।
ज्योतिष तिमिल्सिनाले भने,‘नेताहरु एकै ठाउँमा बसेर दश महाविद्या जगाउनुका साथै नेताहरुको योग मिल्यो भने तोकिएकै मितिमा संविधान आउने छ । तर त्यसका लागि नेताहरु तयार हुनुपर्यो ,म जतिबेला पनि त्यो कार्य गराउन तयारै छु ।’
नेपालमा जेजस्तो व्यवस्था आए पनि गुरु वृहस्पति बलवान् रहेकाले हिंसा तथा काटमार नहुने ज्योतिषको तर्क रहेको छ,आजको राजधानी दैनिकमा खबर छ ।