Published On:Monday, December 22, 2014
Posted by Unknown
के छ त एघार रोचक कुरा फेसबुकमा ?
फेसबुक विश्वमा सबैभन्दा बढी प्रयोग गरिने सोसल नेटवर्किङ साइट हो । सन् २००४ देखि सुरु गरिएको फेसबुक विश्मै गुगल पछि धेरै हेरिने साइटमा पर्छ ।
तपाईँले सधैँजसो हेर्ने फेसबुकका एघार रोचक कुरा यस्ता छन् ।
१, यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन् ।
२, एक प्रयोगकर्ताका सरदरमा १३० जना साथी छन् । एक प्रयोग कर्ता सरदरमा ८० ओटा कम्युनिटी पेज, ग्रुप वा इभेन्टस्मा संलग्न भएका छन् ।
३, फेसबुकमा एक दिनमा कम्तिमा २५ करोड तस्बीर अपलोड हुन्छन् ।
४, फेसबुक ७० भन्दा धेरै भाषामा उपलब्ध छ । भाषाका कारण ३ लाख भन्दा धेरै प्रयोगकर्ताले कुनै न कुनै ट्रान्सलेटरको प्रयोग गरेर फेसबुक चलाउँछन् ।
५, ७५ प्रतिशत भन्दा धेरै प्रयोगकर्ता संयुक्त राज्य अमेरिका भन्दा बाहिरका छन् ।
६, फेसबुकमा ७० लाख भन्दा धेरै एप्लिकेसनहरु उपलब्ध छन् ।
७, ३५ करोड फेसबुकका प्रयोगकर्ताले मोबाइलबाट फेसबुक चलाउँछन् ।
८,यदी फेसबुकलाई देश मान्ने हो र प्रयोगकर्तालाई यसका नागरिक, यो चीन र भारत पछि जनसंख्याका हिसाबले सबैभन्दा ठुलो देश हुन्थ्यो ।
९, एक दिनमा एक जना फेसबुक प्रयोगकर्ताले ५५ मिनेट फेसबुक चलाउँछन् ।
१०, फेसबुकले सन् २०१० मा मात्र झण्डै १ खर्ब ६० अर्ब रुपैँया अर्थात २००० मिलियन डलर कमाएको थियो ।
११, फेसबुक चीन, भियतनाम, ईरान, उज्बेकिस्तान, पाकिस्तान र सिरियामा प्रतिबन्धित छ । बंगलादेशमा पनि यसमा अपलोड गर्ने सामाग्रीमा निकै निगरानी राख्ने गरिन्छ ।
(एजेन्सी)