Published On:Monday, December 22, 2014
Posted by Unknown

‘एक मधेश अलग देश’ बाहेक अन्य कुनै पनि शर्त मान्दैनौंः सिके राउत ,

  • राधेश्याम विश्वकर्मा
भैरहवा, पुस ७– देश टुक्र्याउने अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा केहि महिनाअघि पक्राउ परेर धरौटीमा छुटेका सिके राउतले फेरि मधेसलाई टुक्र्याउनुपर्ने भन्दै खुलेआम अभिव्यक्ति दिँदै हिँड्न थालेका छन् । जेलबाट छुटेलगत्तै मधेश दौडाहामा रहेका राउतले ‘ एक मधेश अलग देश’ बाहेक अन्य कुनै पनि शर्त अब मधेशी जनता नमान्ने अभिव्यक्ति दिएका छन् ।ck raut
सोमबार स्वतन्त्र मधेश गठबन्धन र मधेशी राष्ट्रिय नागरिक समाज रुपन्देहीले लुम्बिनीको पडरियामा आयोजना गरेको आम सभालाई सम्बोधित गर्दै राउतले अहिले सम्मको लडाई मधेशी जनताले अरुको लागी लडे पनि अहिले आफ्नै अधिकारको लड्ने बताए ।
मधेशीको हरण भएको जल, जङ्गल र जमिन फिर्ता लिनको लागी मधेशीलाई आफै अगाडी आउनु पर्ने कुरामा समेत उनले जोड दिए ।
सभामा बोल्दै उनले मधेशलाई स्वतन्त्र र सार्वभौम सम्पन्न मधेशको घोषणा गर्नु पर्ने र नेपाली उपनिवेशको अन्त्य हुनु पर्ने पनि बताए । उनले कार्यक्रममा मधेशबाट नेपाल सरकारले तत्काल सम्पूर्ण कर र राजस्व असुली बन्द गरि मधेश सरकारलाई जिम्मा दिनु पर्ने, मधेशमा रहेका शसस्त्र प्रहरी, सेना र प्रहरी हटाई मधेश प्रहरीको गठन गर्नु पर्ने लगायतका माग सहित ९ सुत्रिय माग रहेको पर्चा समेत बितरण गर्न लगाएका थिए ।
नेपाल सरकारले मधेशबाट कर र राजस्व असुली गरि मधेशी जनतालाई त्यसबाट केही लाभ नदिई उल्टै समयमा मल, बिउ र सिंचाई लगायत किसानलाई अति आवश्यक समान उपलब्ध नगराई गरिब बनाउने गम्भिर षणयन्त्रमा लागेको आरोप लगाए ।
यिनै बिषयको बारेमा आवाज उठाउदा राज्यले आफुलाई राज्य विप्लवको मुद्दा लगाएर जेल हालेको उनले आरोप लगाए । आफु जेलमै रहेर आन्दोलन गर्ने मनसाय रहे पनि मधेशी जनताले एक÷एक रुपैया उठाएर आफुलाई रिहा गराउने प्रयास गरे पछि जनमतको कदर गर्दै आफु जेलबाट बाहिर आएर सुतेको मधेशी जनतालाई ब्युझाउन पहल मात्र गरेको दाबी गरे । जेल बसाईले आफ्नो मधेश प्रतिको मोह झन बढेको उनले बताए ।
भुमिहिन र सुकुम्बासीको नाममा नेपाली सरकारले पहाडीया जनतालाई भूमि उपलब्ध गराई मधेशको भूमिको वास्तविक मालिक मधेशी लाई यहाबाट धपाउने राजइले षडयन्त्र गरेको समेत उनले आरोप लगाए ।
गठबन्धनका जिल्ला संयोजक भोपेन्द्र यादवको अध्यक्षतमा सम्पन्न आमसभामा गठबन्धनका केन्द्रिय सदस्य कैलाश महतो, प्रवक्ता अब्दुल खान, नवलपरासी संयोजक मदन यादव, बिरगंज संयोजक दिपेन्द्र संयोजक लगायतले बोलेका थिए ।
कार्यक्रममा जिल्लाका मधेशी बाहुल्य क्षेत्रबाट आएका करिब ५ हजार दर्शकको उपस्थिति रहेको आयोजकले बताए ।
                            रातो पाटी अनलाईनबाट साभार

0 comments for "‘एक मधेश अलग देश’ बाहेक अन्य कुनै पनि शर्त मान्दैनौंः सिके राउत ,"

Leave a reply

    Popular Posts

    Blog Archive