Published On:Thursday, December 25, 2014
Posted by Unknown

पूजा बोहराले लगाएको आरोप काल्पनिक हो-सुबोधराज प्याकुरेल

काठमाडौं, पुस १०– पूजा बोहरा बलात्कारका अभियुक्तद्वय सागर भट्ट र अमर अवस्थी दुबै निर्दोष रहेको र उनीहरुलाई पुजा बोहराले नियोजित तरिकाले फसाइएको भनि मानअधिकारबादी संस्था इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल टिप्पणी गरेका छन् । 


दुइ दिन अघि रातोपाटीले एक टेलिभिजनमा पुजाले दिएको अन्तर्वार्तालाई आधार बनाउँदै ‘पुजा बोहरा भन्छिन् मलाई बलात्कार गर्ने एमालेका कार्यकर्ता हुन्’ भन्ने समाचार शिर्षकमा अनलाइन समाचार प्रशार गरेको थियो । सोही समाचारको कमेन्ट बक्समा आएर मानवअधिकारकर्मी प्याकुरेलले सो बलात्कारीहरु निर्दोष रहेको र पुजाले फसाइन् भन्ने आशयको टिप्पणी गरेका हुन् ।



कमेन्ट बक्समा प्याकुरेल लेख्छन् –‘बलात्कारीहरु पनि त्रिकालदर्शी रहेछन् । फलानो दिन, फलानो समयमा पूजा बोहरा पुस्तक किन्न आउँनेछिन, उनलाई बेतोड प्यास लाग्नेछ भनेर पुरा था पाएका । सायद पुर्वतयारी थियो , मात लाग्ने झोल पदार्थ को । सोडा पिउनासाथ पिसाब लाग्छ भन्ने थाहा पाउनु के ठूलै कुरा भयो रु  तर पसलका दुबै जना, त्यत्रो भीड भाडको बिक्री काल छोडेर बलात्कार को कुकर्म गर्नमा ब्यस्त भए । पुस्तक किन्न ठेलमठेल भीड लागेका कसैले चासो राखेनछन कि उनीहरूको सामुन्ने बिक्रेता र केटी गएका, त्यत्रो बेर कहाँ गए रु बलात्कारी पनि ज्याद्रै रहेछन । दुई जना मिलेर बलात्कार गरे, पीडितलाई पर कान्लामा फाले, त्यत्रो जघन्य अपराध गरेर आनन्दले, बिना पश्चाताप, बिना हतासा पसलमा वापस आए र ठेलमठेल पर्खिरहेका बिद्यार्थीलाई पुस्तक बिक्री गर्ने काममा निर्लिप्त भए । यस्तो अकल्पनीय आङै सिरिङ्ग हुने चर्तिकला ।

उनले माथि लेखेको उल्लेखित कमेन्टले पुजा बलात्कार प्रकरणलाई थप सन्देह पैदा गरेको मात्रै छैन अभियुक्क्त स्थानीय स्तरमा एमाले समर्थक हुनु, फैसलाकर्ता न्यायधीशद्वयमध्ये एक रमेशप्रसाद राजभण्डारी पनि एमालेकै पूर्व नेता हुनु र प्याकुरेलले पूजा बोहराका बारेमा यो अभिव्यक्ति सार्वजनिक हुनु, संयोग मात्रै हो कि एउटा ठूलो षड्यन्त्रको जालो रु त्यो भोलिका दिनमा खुल्दै जानेछ ।     प्याकुरेल मानअधिकारबादी संस्था इन्सेकका अध्यक्ष हुन् । इन्सेक मानवअधिकारको क्षेत्रमा काम गर्छ । बलात्कार जस्तो जघन्य अपराध मानवअधिकारबादी संस्थाको कार्यक्षेत्रभित्र नपर्ने कुरै भएन । सायद इन्सेकले पनि पुजा बोहरा बलात्कारका बारेमा घटना बिवरण संकलन गरेको होला । यसरी हेर्दा पुजा बोहराको मुद्धा स्वंयम इन्सेकले लडिदिनुपर्ने देखिन्छ ।   


इन्सेक राजनितिक रुपमा नेकपा एमालेसँग नजिक छ र उसका सबै जिल्लाका जिल्ला शाखाहरुमा एमालेका नेता कार्यकर्ता मात्रै रहने गर्दछन् । प्याकुरेल स्वंयम पनि एमालेका सकृय नेता हुन् । नेकपा एमालेको अघिल्लो बुटवल महाधिबेशनमा प्याकुरेल अध्यक्षका उम्मेदवार पनि हुन् ।  झलनाथ खनाल, हालका एमाले अध्यक्ष केपी ओली र प्याकुरेल गरी तिन जनाको उम्मेदवारी परेको थियो । २४ घण्टा पछि प्याकुरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएर केपी ओलीलाई समर्थन गरेका थिए । उनी एमालेभित्र ओली पक्षधरका रुपमा चिनिन्छन् ।   


साथै उनलाई बेलाबेलामा बिदेशबाट संस्थाको नाममा डलर ल्याएर एक्लै खाने गरेको आरोप समेत लाग्दै आएको छ । उनी देशले पछिल्लो चरण प्रबेश गरेको राजनीतिक कोर्सको समेत चर्को आलोचक हुन् । एमाले अध्यक्ष केपी ओलीको जस्तै  उनी ०६२,०६३ को जनआन्दोलनमा गणतन्त्र कुनै हालतमा पनि आउन नसक्ने बताउँथे ।     परिक्षाको पुस्तक खरिदका लागि एक पुस्तक पसलमा पुगेकी १४ वर्षीय छात्रा पूजा बोहरामाथि जवर्जस्ती करणीको अभियोग लागेका सागर भट्ट र अमर अवस्थीलाई बैतडी जिल्ला अदालतले ०६९ फागुन २२ गते १३ वर्ष कैद र ५० हजार जरिवानासहितको फैसला गरेको थियो । उक्त फैसला उल्ट्याउँदै न्यायधीशद्वयले गत आसार २ गते दुवै अभियुक्तलाई सफाइ दिएका थिए ।   रातो पाटी अनलाइनबाट साभार



0 comments for "पूजा बोहराले लगाएको आरोप काल्पनिक हो-सुबोधराज प्याकुरेल"

Leave a reply

    Popular Posts

    Blog Archive