Published On:Tuesday, December 23, 2014
Posted by Unknown

धादिङ महोत्सवको आज दोस्रो दिन विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न ,प्रमुख आकषर्ण चिडिया घर

पौष,८ धादिङ –घरेलु उद्योग कृषी पर्यटन प्रबद्र्धन,
आर्थिक संमृद्धी हाम्रो अभियान भन्ने मुल नाराको साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको आज दोस्रो दिन विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । आज चर्चित लोक गायक पशुपति शर्मा, राधिका हमाल, गायक हेमन्त शर्मा, सुनिल खतिवडा, अजय रेग्मी लगायत स्थानिय कलाकारहरुको प्रहसन रहेको थियो । ११ दिन सम्म चल्ने मेलामा भोली पुर्णकला बिसी, आस्था राउत, बद्री पंगेनी,जीवन शर्मा, लगायत स्थानिय कलाकारहरुको प्रहसन रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा जिल्लाबासीहरुको उत्साहजनक सहभागिता रहेको छ भने यसपालिको महोत्सवको प्रमुख आकषर्ण चिडिया घर बनेको छ । चिडियाघर भित्र देखीने पंक्षि तथा जनावरहरु महोत्सव स्थलमै देखीएपछि दर्शक बिशेषत बालबालिकाहरु उत्साहित बनेका छन् । मेलामा प्रदर्शनको लागि अस्ट्रिज, अजिङ्गर, गोही, लगायत अन्य जनवारहरु राखिएको छ ।

0 comments for "धादिङ महोत्सवको आज दोस्रो दिन विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न ,प्रमुख आकषर्ण चिडिया घर"

Leave a reply

    Popular Posts

    Blog Archive