Published On:Monday, December 22, 2014
Posted by Unknown
धनी हुनका लागि केही उपायहरु छ
धनी हुने इच्छा सबैमा हुन्छ । तर सबै मानिसहरु चाहेर पनि धनी हुन सक्दैनन् । धनी हुनका लागि केही उपायहरु छन् । जसलाई पछ्याउदै जाँदा धनी बन्न असम्भव छैन ।
१. आफ्नो आम्दानी बढाउनुस् आफ्नो आम्दानीलाई वृद्धि गर्दै जानुस् । यो कामलाई निरन्तर अघि बढाउँदै जानुस् ।
२. देखावटी बन्न छोड्नुस तपाईको लागि एकदमै जरुरी नभएको कुनै पनि सामान खरिद नगर्नुस् । तपाईले खरिद गरेको कुनै आभुषणबाट आफू परिचित हुनुभन्दा तपाईको कामबाट आफ्नो पहिचान दिनुस् ।
३. बचतमा ध्यान केन्द्रित गर्नुस्आफ्नो कमाईलाई बचत गर्नुस् र लगानी गर्नुस् । अत्यन्तै जरुरी काम पर्दा पनि पैसा खर्च नगर्नुस् । जसले तपाईलाई बढी भन्दा बढी पैसा कमाउने बाटो देखाउँछ ।
४. आम्दानी बढाउन ऋण लिनुस्तपाईका लागि आम्दानी नहुने कुनै पनि कामका लागि ऋण नलिनुस् । त्यस्तो कामका लागि ऋण लिनुहोला जसले तपाईलाई नाफा दिन्छ ।
५. पैसालाई माया गर्नुस्पैसालाई माया गर्नुस् । पैसाले पनि तपाईलाई माया गर्छ । तर यदि तपाईले पैसालाई उपेक्षा गर्नुभयो भने पैसाले पनि तपाईलाई उपेक्षा गर्छ ।
६. कडा परिश्रम गर्नुस्
कडा परिश्रम गर्नुस् । बिदाका दिनहरुमा पनि काम गर्नुस् । काम धेरै गर्ने परिश्रमीहरुको हातमा पैसा आउँछ ।
७. अतृप्त बन्नुस्
एउटा चर्चित भनाई छ, “यदि तपाई गरिब परिवारमा जन्मनु भएको छ भने दोष तपाईको होइन तर गरिबै भएर मर्नुचाहिँ तपाईको दोष हो ।” त्यसैले तपाईसँग भएको पैसाबाट कहिले पनि सन्तुष्ट नहुनुस् । पैसाको लागि सँधै अतृप्त बन्नुस् ।

८. सफल व्यक्तिहरुको सिको गर्नुस् सफल व्यक्तिहरुको पथलाई पछ्याउनुस् । उनीहरुको जीवनशैली, सोच र विचारधारा अध्ययन गर्नुस् । र त्यसै अनुरुप अघि बढ्ने कोशिस गर्नुस् ।
९. लगानी गर्नुस्आफ्नो पैसालाई लगानी गर्नुस् । जसले गर्दा तपाईको पैसाले तपाईका लागि काम गर्न थाल्छ । पैसाले पैसा तान्छ भन्ने कुरालाई नबिर्सनुहोला । त्यसैले पैसालाई आफ्नो लागि काम गर्न दिनुस् ।
१०. सोचाई ठूलो राख्नुस्
आफ्नो सोचाईको दायरालाई फराकिलो बनाउनुस् । यदि तपाईले आफ्नो सोचाईलाई ठूलो बनाउदै त्यहिअनुसार काम गर्नुभयो भने त्यसले नतिजा पनि ठूलै ल्याउनेछ ।
आफ्नो सोचाईको दायरालाई फराकिलो बनाउनुस् । यदि तपाईले आफ्नो सोचाईलाई ठूलो बनाउदै त्यहिअनुसार काम गर्नुभयो भने त्यसले नतिजा पनि ठूलै ल्याउनेछ ।