Published On:Wednesday, December 31, 2014
Posted by Unknown
महोत्सव समापन गर्न प्रचण्ड आज धादिङ आउने
पौष ७ गते पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाघाटन गरि सुरु भएको महोत्सवमा धादिङ बासीको उत्साहजनक सहभागिता रहेको छ ।महोत्सवमा बिशेषगरी जिल्लाको कृषि जन्य उत्पादनलाई प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषि क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुले महोत्सव स्थल भित्र छुट्टै प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि आयोजना गरेका छन् । यस पालिको महत्सवको प्रमुख आकर्षण मिनि चिडिया घर, बाल उध्यान, चलचित्र प्रदर्शनी रहेको छ ।यसपाली मेलाका दर्शकहरु विशेष गरि राष्ट्रय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीमै बढिमात्रमा केन्द्रित भएको पाउन सकिन्छ ।