Published On:Monday, December 22, 2014
Posted by Unknown
सेमेस्टर प्रणालीमा विद्यार्थी पाउन मुस्किल
काठमाडौं,पुस ८ – त्रिभुवन विश्वविद्यालयले उत्साहका साथ अघिल्लो वर्षदेखि सेमेस्टर प्रणाली सुरु गरे पनि आधा दर्जन केन्द्रीय विभागमा विद्यार्थी पाउन मुस्किल परेको छ । शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र संकायका केही विषयमा विद्यार्थीको संख्या दयनीय छ । शिक्षाशास्त्र संकायको सहायक डिन नेत्र धितालका अनुसार राजनीतिशास्त्रमा विद्यार्थी नै भर्ना भएनन् भने शिक्षाशास्त्र संकायको इतिहास विषयमा तीन विद्यार्थी भर्ना भएका छन् । तर,तीनै जनाले परीक्षा दिएनन् । अन्य केही विषयमा समेत विद्यार्थी न्युन छन् । शिक्षाशास्त्र संकायका गणित,नेपाली तथा अंग्रेजी विषयमा भने विद्यार्थी संख्या धेरै हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।